जागरण मिडिया सेन्टर

Home » समाचार » दलित अधिकारकर्मीमाथि भएको दमनविरुद्ध ३० जना बौद्धिक

दलित अधिकारकर्मीमाथि भएको दमनविरुद्ध ३० जना बौद्धिक

२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।

नेपालका जनजाति, मधेशी र दलित समुदायका साथै सबै सीमान्तकृत समुदाय र वर्गको अधिकारका लागि क्रियाशील ३० जना बौद्धिक व्यक्तित्वहरुले दलित आन्दोलनमाथि राज्यबाट भएको हिंस्रक दमनको भत्सर्ना गरेका छन् ।

उनीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै दमनकारीहरुमाथि कानुनी कारबाही, गिरफ्तार गरिएका आन्दोलनकारीहरुको रिहाइ, घाइतेहरुको निःशुल्क उपचार र शान्तिपूर्ण प्रदर्शनको प्रत्याभूतिको मागसँगै दलित अधिकारकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रेस विज्ञप्तिको पूर्ण पाठ 

नयाँ संविधानबाट दलित समुदायसँगै सबै सीमान्तकृत समुदायका अधिकारको न्यायोचित सम्बोधनका लागि सडकमा उत्रिएका सभासदलगायत दलित अधिकारकर्मीहरुमाथि भएको हिंस्रक प्रहरी दमनको हामी भत्सर्ना गर्दछौं । हामी दमनकारीहरुमाथि कानुनी कारबाही, गिरफ्तार गरिएका आन्दोलनकारीहरुको रिहाइ, घाइतेहरुको निःशुल्क उपचार र शान्तिपूर्ण प्रदर्शनको प्रत्याभूतिको मागसँगै दलित अधिकारकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन चाहन्छौं ।

हामी नेपालका सबैभन्दा उत्पीडित र बहिष्कृत समुदायका रुपमा रहेको दलित समुदायसँगै सबै सीमान्तकृत समुदायका मागलाई नयाँ संविधानबाट सम्बोधन होस् भन्ने चाहन्छौं, विशेषतः अन्तरिम संविधानले व्यवस्था गरेका अधिकारको निरन्तरतासँगै नयाँ संविधानले समानुपातिक र क्षतिपूर्तिसहितको समावेशीकरणलाई सुनिश्चित गरोस् भन्ने माग गर्दछौं ।

दलित आन्दोलनले सात दशकदेखि उठाउँदै आएको मानव कलंकको रुपमा रहेको जातीय छुवाछूत र भेदभावलाई सामाजिक अपराध मानी दण्डनीय बनाउने, प्रशासनका हरेक अंगमा दलित समुदायलाई समानुपातिक आधारमा रोजगार दिने तथा संघीय राज्यका सबै तहमा दलितलगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व र पहुँचको ग्यारेन्टी गर्नुपर्ने मागप्रति हामी ऐक्यबद्धता जनाउँछौं ।

शंकर लिम्बु, सचिव, लाहुर्निप
शान्तिकुमारी राई, अध्यक्ष लाहुर्निप
डण्ड गुरुङ, अध्यक्ष आदिवासी जनजाति पत्रकार महासंघ
डा. जनक राई,
डम्बर चेम्जोङ,
यशोदा राई, अध्यक्ष किरात राई यायोक्खा
पदम सुन्दास
सचिदानन्द मिश्र
डा. रवीन्द्र राय
पार्वती थापा
डा. कृष्ण भट्टचन
डा. महेन्द्र लावती
आङकाजी शेर्पा
रेशम गुरुङ
सरिता परियार
युवराज राई
डा. गणेश योञ्जन
सोनाम लामा
दिलबहादुर लावती
जितपाल किरात
विजयकान्त कर्ण
चन्द्रकिशोर
सुरेन्द्र महतो
दीपेन्द्र झा
गोपाल ठाकुर
रिता साह
सीताराम अग्रहरि
धीरेन्द्र प्रेमर्षि
डा. रामकेबल साह
तुलानारायण साह
मधेसी पत्रकार संघ

:ource editor esamata.com
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: