जागरण मिडिया सेन्टर

Home » दलित समाचार » बामदेवले काइते जवाफ दिए हामी देखाइदिन्छौः विश्वकर्मा

बामदेवले काइते जवाफ दिए हामी देखाइदिन्छौः विश्वकर्मा

२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।

अधिकारको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले प्रहरी प्रशासनको भरमा दमन गरेको भन्दै संयुक्त दलित संघर्ष समितिले विरोध प्रर्दशन गरेको छ ।

समितिले अब बन्ने संविधानमा दलितका अधिकारको माग गर्दा गृहप्रशासनले लाठी प्रहार गरेर दमन गरेको भन्दै कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।

समितिले नयाँ बानेश्वरमा गरेको कोणसभामा अधिकारकर्मीहरुले संविधानमा आफ्नो अधिकारका लागि कडा संघर्ष नगरे दलितहरुले फेरि पनि वर्षौसम्म दमन सहनुपर्ने बताए ।

बिरोधसभालाई सम्बोधन गर्दै कांग्रेस सभासद मीन विश्वकर्माले दलितमाथि भएको कुटपीट र आक्रमणबारे गृहमन्त्रीले सदनमा माफी माग्नुपर्ने बताए ।

उनले गैर दलितले खुकुरी खुँडा र विभिन्न घरेलु हतियारसहित प्रर्दशन गर्दा केही नगर्ने प्रहरीले आफूहरुलाई शान्तिपूर्ण विरोध गर्दा आक्रमण गरेर विभेद गरेको आरोप लगाए ।
उनले गृहमन्त्रीले स्पष्ट जवाफ दिएर माफ नमागे थप संघर्षका कार्यक्रम गर्ने बताए ।

विश्वकर्माले भने, ‘गृहमन्त्री गौतमले काइते जवाफ दिएर विषय मोड्न खोजे भने हामी पनि देखाइदिन्छौं ।’

उनले गाउँ गाउँबाट पेश व्यवसाय छाडेर अधिकारका लागि लड्न दलितहरुलाई काठमाण्डुमा आउन आग्रहसमेत गरे ।

सभासद विश्वकर्माले भने, ‘तपाईहरु छोराछोरीका लागि सम्पति कमाउने र घर बनाउने काम छोडेर आन्दोलनमा आउनुभएन भने फेरि पनि हामी वर्षौसम्म थिचोमिचोमा पर्छौ ।’
दलित अधिकारकर्मीहरुले घाइतेहरुको उपचारका लागि सरकारले उचित व्यवस्था गर्नुपर्ने माग गरे ।

संविधानमा दलितको अधिकार स्पष्ट रुपमा उल्लेख गर्न माग गर्दै काठमाण्डुको बबरमहलमा शान्तिपूर्ण प्रर्दशन गरीरहेका दलित अधिकारकर्मीहरुको जुलुसलाई मंगलबार प्रहरीले हस्तक्षेप गर्दा करिव तीन दर्जन घाइते भएका थिए ।

– See more at: http://kathmandutoday.com/2015/08/123795.html#sthash.t14U8B4s.lU71efXX.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: