जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलजितले प्रहरीलाई भने, ‘हामीलाई होइन, सुशील र बामदेवलाई गोली हान’

दलजितले प्रहरीलाई भने, ‘हामीलाई होइन, सुशील र बामदेवलाई गोली हान’

२०७२ साउन २१, जागरण मिडिया सेन्टर ।

dal jit sipali

काठमाण्डु, २० साउन– एकीकृत माओवादी सभासद् दलजित श्रीपालीले दलित समुदायले संविधानमा अधिकार माग्दा दमन भए शासक जातिले महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

संयुक्त दलित राजनीतिक संघर्ष समितिले बुधबार बानेश्वरमा गरेको विरोध सभामा उनले दलित समुदाय अरिंगाल र बाघ भएकाले नस्किाउन आग्रह गरे ।
‘दलजितको हात भाँच्दैमा हाम्रो क्रान्ति रोकिँदैन’, उनले भने, ‘अरिंगालको गोलोमा ढुंगा हान्ने र बाघलाई जिस्काउने काम नगर । अरिंगाल र बाघले कहिल्यै आत्मसमर्पर्ण गर्दैैन ।’

दलित समुदायले मंगलबार राजधानीमा गरेको प्रदर्शनका क्रममा प्रहरी कुटाइबाट श्रीपालीको हात भाँचिएको थियो ।

श्रीपालीले प्रहरी लगाएर दमन नगर्न बरु हिम्मत भए आफैं लड्न आउन प्रधानमन्त्री सुशील कोइराला र उपप्रधान चतथा गृहमन्त्री बामदेव गौतमलाई चुनौती दिए ।

‘बर्दीका प्रहरीलाई आफ्नै वर्गविरुद्ध लाठी बर्साउन नलगाउनुस्’, उनले भने, ‘भिड्ने भए टोपी खोलेर बानेश्वरको सडमा आउनुस् ।’
उनले दलित समुदायमाथि लाठी र बन्दुक हान्न आदेश दिनेतिरै बन्दु सोझ्उन पनि प्रहरीलाई आग्रह गरे । उनले प्रहरीहरुसँग दलित समुदायको कुनै दुश्मनी नरहेको पनि उल्लेख गरे ।

– See more at: http://kathmandutoday.com/2015/08/123797.html#sthash.6irMBbRL.dpuf


Leave a comment

Top Clicks