जागरण मिडिया सेन्टर

Home » दलित समाचार » सुरक्षा घेराभित्र दलित आन्दोलन : सिट्टी जुलुश

सुरक्षा घेराभित्र दलित आन्दोलन : सिट्टी जुलुश

सुनिता सुन्दास
२०७२ साउन २६, जागरण मिडिया सेन्टर

IMG_3015

दलितहरुले आज काठमाण्डौमा सिट्टी जुलुश निकालेका छन् ।
मंगलबार राजधानीमा चौतर्फी सुरक्षा घेराबीच संयुक्त राजनीतिक दलित संघर्ष समिती, दलित सभासद समन्वय समिती, दलित नागरिक समाज तथा दलित अधिकार संघर्ष समितीले संयुक्त रुपमा सिटी जुलुश सहित दुई घण्टा चक्काजाम कार्यक्रम गरेको हो । पहिलो र दोस्रो संविधानसभाले सर्वसहमतिबाट पारित गरेका दलितका मुद्दा नयाँ संविधानको प्रारम्भिक मस्यौदबाट हटाइएपछि दलितहरुले देशव्यापी आन्दोलन गरेका हुन् । पहिलो चरणका कार्यक्रमबाट दवाव नपुगेपछि दलित आन्दोलनले संयुक्त रुपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आज सिट्टी जुलुश निकालिएको थियो ।

IMG_3040

सिट्टी जुलुश पछि दलित अधिकारकर्मीहरुले, नयाँ वानेश्वरमा कोण सभा गरी आफ्ना हक अधिकार सुनिश्चित नगरिएको संविधान ल्याए, कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । साथै दलित अधिकारकर्मीहरुले, आफुहरुले उठाएका अधिकारका मुद्दा नयाँ संविधानमा सुनिश्चित नभए संविधान जलाउने समेत चेतावनी दिएका छन् ।
दलित नेता तथा पूर्व सभासद विनोद पहाडीले राजनीतिक दलहरुले बेमाइनी गरेर ल्याएकोे संविधान दलितहरुका लागि घातक हुने बताउनुभयो । राजनीतिक दलहरुले बेमाइनी गर्दै छन्, दलितहरुको हक अधिकार खोसिएको संविधान हामीलाई चाहिदैनन्, नेता पहाडीले भन्नुभयो ।
उहाँले आफुहरुले उठाएको मुद्दालाई सम्बोधन नगरे राजनीतिक दलहरुले ठूलो मूल्य चुकाउन पर्नेछ, भन्नुभयो ।
पुर्व सभासद गोविन्द नेपालीले दलित समुदायले उठाएका नौ बुँदे मागलाई राजनीतिक दलहरुले सामान्य रुपमा लिए आफ्नो अधिकार सुनिश्चित गराउन जस्तो सुकै कदम चाल्न पनि पछि नपर्ने बताउनुभयो । हामी अब पछि हट्ने पक्षमा छनौऊ , शीर्ष नेताहरु होसियार रहनुहोला, उहाँले खवरदारी गर्नुभयो ।

IMG_3119
नेपाली काँग्रेसका पुर्व सभासद शम्भुहजारा पासवानले चार दलका शीर्ष नेताहरु नै दलितका मुद्दामा विरोधी भएकाले सडकबाटै आफ्नो हक अधिकार सुनिश्चित गर्ने दाबी गर्नुभयो । यदि राजनीतिक दलहरुले हामीले उठाएका मुद्दा बेवस्ता गरे उनीहरु विरुद्ध लड्न् तयार छौं, उहाँले भन्नुभयो ।
दलित अधिकारकर्मी मोतीलाल नेपालीले राजनीतिक दलहरुभित्र अझै पनि सामन्ती सोच र चिन्तन भएकाहरुले दलित समुदायलाई हेर्ने दृष्टिकोण पुरेतहरुको जस्तो भएको वताउनुभयो । उहाँले दलितमाथि शोषण र दमन गर्ने परिपाटी पुरानै भएकाले संविधान वनाउन जुटेका ४ दलका शिर्ष नेताहरु पनि त्यसकै नविकरण गर्न चाहेका छन् भन्नुुभयो ।
आन्दोलनका घोषित कार्यक्रम मध्ये भोली, दलित अधिकारकर्मीहरुले सेतो कपडा टाउको वाँधेर कफन जुलुश निकाल्ने भएका छन् ।

IMG_3131

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: