जागरण मिडिया सेन्टर

Home » अन्य » “नयाँ संविधानमा दलित अधिकार सुनिश्चितताका लागि प्रमुख राजनीतिक दलहरुका शिर्ष नेतृत्वसंग विशेष अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रम” उपस्थितिको लागि हार्दिक अनुरोध

“नयाँ संविधानमा दलित अधिकार सुनिश्चितताका लागि प्रमुख राजनीतिक दलहरुका शिर्ष नेतृत्वसंग विशेष अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रम” उपस्थितिको लागि हार्दिक अनुरोध

२०७२ साउन २७, जागरण मिडिया सेन्टर

संयुक्त दलित आन्दोलन, नेपाल
श्री सम्पादक ज्यू

विषय : विशेष निमन्त्रणा ।

महोदय,
उपरोक्त सम्बन्धमा संयुक्त दलित आन्दोलन नेपालका प्रमुख राजनीतिक दलहरुसंग आबद्ध दलित राजनीतिक संगठनहरु, संविधानसभामा रहनु भएका सबै दलहरुका माननीय सभासदहरु र दलित नागरिक समाज लगायतका संगठनहरुको साझा र एकीकृत आन्दोलन भएको सहर्ष अवगत गराउन चाहन्छौं । नयाँ संविधानमा दलित समुदायका संवैधानिक हक सुनिश्चितताका लागि संयुक्त दलित आन्दोलन अहिले संविधानसभाभित्र र सडकमा घोषित संघर्षका कार्यक्रमकासाथ आन्दोलनमा रहेको विदितै छ । संयुक्त आन्दोलनको दोस्रो चरणको कार्यक्रम अन्तरगत निम्न मिति, स्थान र समयमा “नयाँ संविधानमा दलित अधिकार सुनिश्चितताका लागि प्रमुख राजनीतिक दलहरुका शिर्ष नेतृत्वसंग विशेष अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रम” को आयोजना गरिएको हुनाले समाचार संकलनको लागि यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

कार्यक्रम ः
मिति ः २०७२ श्रावण २८ गते ।
स्थान ः अनमोल क्याटरिंग, नयाँ बानेश्वर, काठमाडौं ।
समय ः ठीक ११ बजे ।

प्रमुख बक्ताहरु ः
१. माननीय शेरबहादुर देउवा ः पूर्वप्रधानमंत्री तथा बरिष्ठ नेता नेपाली काँग्रेस
२. माननीय झलनाथ खनाल ः पूर्वप्रधानमंत्री तथा बरिष्ठ नेता नेकपा (एमाले)
३. माननीय पुष्पकमल दाहाल प्रचण्ड ः पूर्वप्रधानमंत्री तथा अध्यक्ष एनेकपा (माओवादी)
४. साथमा अन्य दलित आन्दोलनका नेताहरु ।
संयुक्त दलित आन्देलन नेपालकातर्फबाट

परशुराम रम्तेल
संयोजक

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: