जागरण मिडिया सेन्टर

Home » विचार » विरक्तिएको माओवादी आन्दोलन–४ : विचार र संस्कृतिबाट चुँडिएको यात्रा !

विरक्तिएको माओवादी आन्दोलन–४ : विचार र संस्कृतिबाट चुँडिएको यात्रा !

अाहुति विचार/बहस

२०७२ साउन २८, जागरण मिडिया सेन्टर ।

aahuti_article

१. नेपाल एउटा त्यस्तो अपवादको देश हो जहाँको राजधानीका जनताले सत्तासीन हुने संभावना नदेखिएका बेला पनि कम्युनिष्टलाई साथ दिँदै आए । त्यस्तो राजधानी भएका देश संसारमा कहीँ पनि थिएन । नेपाली समाजमा पुँजीवादी काँग्रेस कार्यकर्ताले पनि बोलीचालीमा कम्युनिष्ट भनेको विचार र अग्रगामी संस्कृतिमा अगाडि हुन्छ भन्ने स्वीकार गर्दै बिग्रेको कम्युनिस्टलाई भन्ने गर्थ्यो,’धत् कम्युनिस्ट नि यस्तो हुन्छ ?’ यसरी नेपालमा वैचारिक प्रतिपक्षले समेत कम्युनिस्टको विचार र सांस्कृतिक अग्रगामीपनलाई स्वीकार गरिएको अवस्था थियो र  कम्युनिस्टहरु नेपाली आम जनताको नजरमा सधैँभरी एउटा आशाको केन्द्र रहिआएका थिए ।

पटक पटक कम्युनिस्ट नेतृत्व डफ्फामा विचलन आउँदा अर्को नयाँ पंक्ति सतहमा उपस्थित हुन्थ्यो र समाजको त्यो आशा त्यो नयाँ डफ्फाले जीवित राख्दै आएको थियो । रायमाझीको पतनपछि पुष्पलाल र तुल्सीलालमा, तुल्सीलालको अकर्मन्यता एवं पुष्पलाल दोछायाँमा परेपछि कतै रोहित- रुपलालहरु, कतै मोदनाथ जीवराजहरु, कतै मोहनचन्द्रहरु, कतै जयगोविन्द शाहहरु र कतै श्यामप्रसादहरुको वरपर आशा छरिने गर्यो । त्यसपछि पूर्वको पुरै आशा झापा विद्रोहीहरुमा केन्द्रित भयो, मध्यको पुरै आशा मोहनविक्रम, निर्मल लामाहरुमा केन्द्रित भयो ।

पद्धति प्रकृयाको अवसानपछि समिति होइन व्यक्तिहरु हावी हुनु अनिवार्य थियो, त्यसै भयो । त्यसपछि व्यक्तिहरुलाई जे मन लाग्यो विचार र संस्कृतिका क्षेत्रमा त्यहि हुने स्थिती बनेको छ । नेताले टाई बाधेर विदेश गयो , कार्यकर्ताको भिडले पनि टाई नै लाएर विदेश गयो । के त्यो लाउनै पर्ने हो ? किन हो ? कसैले प्रश्नै नगर्ने स्थिति बन्यो । लारक्याललाई सभासद् नेताले बनायो, किन बनायो ? नबनाए के घाटा हो ? बहुसंख्यक कार्यकर्ता हेरेको  हेर्यौ गर्ने परिस्थीति बन्यो।

अनि बारादेखि जुम्ला दैलेखसम्मको आशा रोहित- रुपलालहरुमा कन्द्रित भयो । झापाली विद्रोह बहुदलीय जनवादमा पतन भएपछि आशाको केन्द्र २०४६ पछि आजको माओवादीमा केन्द्रित हुन आइपुग्यो । जनयुद्ध र त्यसको वरपर  जनआन्दोलनमा केन्द्रित माओवादी आन्दोलनसँगै नेपालको आम जनताको विचार र संस्कृतिको अग्रगामी आशा माओवादी आन्दोलनमा केन्द्रित हुन आइपुग्यो । तर आज माओवादी आन्दोलनको सांगठनिक विसर्जन र विजातीय कामको तीव्रतापछि विकल्पको आशाको केन्द्रहीन अवस्थातिर समाज जान बाध्य हुँदैछ । नेपाली राष्ट्रियताको अविचलित पहरेदार बनेको कम्युनिष्ट आन्दोलन माथिल्लो कर्णालीमा एमाओवादीको मौनतासँगै उत्कर्षमा चकनाचुर हुन पुगेको छ । विचार र आदर्शमा देखिएको विभत्स स्खलनले जनतालाई निराश बनाउँदैछ र साँस्कृतिक गतिविधिमा माओवादी आन्दोलनले देखाएको यथास्थिति एवं पुरातन यात्राले कम्युनिष्टलाई प्रेम गर्ने जनताको हृदयमा एउटा विचित्र प्रकारको दिगमिग लाग्ने घीनको भावना जगाउन पुगेको छ । माओवादी आन्दोलनको विचार र संस्कृतिमा देखिएको दिवालियापनले सजिलै भन्न सकिन्छ कि माओवादी आन्दोलन सामन्तवादविरोधी सबैभन्दा ठुलो विस्फोट थियो तर यसको विचलनले विचार र संस्कृतिको क्षेत्रमा कम्युनिष्ट आन्दोलनमा पनि सबैभन्दा ठूलो घाउ बनाउँदैछ । यो आन्दोलनलाई नयाँ आवश्यकतानुसार पुनर्गठित गर्न नसक्ने हो भने नेपाली समाज झनै तीव्र गतिमा निराशा र अराजकतातिर जाने निश्चित छ ।

२. नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलेदेखि रहेका वैचारिक र सांस्कृतिक समस्याका बावजुद माओवादी आन्दोलनले विचारको क्षेत्रमा तल्लो वर्गका जनताको स्वार्थसँग वलिदानी भाव सम्पूर्ण रूपमा प्रमाणित गरेर  सानदार ढंगले जोड्न सफल भएको थियो । माओवादी आन्दोलनप्रति आम जनताको उत्साहको केन्द्रभागमा यही तल्लो वर्गप्रतिको वलिदानी भावले कार्य गरेको थियो । संस्कृतिको क्षेत्रमा माओवादी आन्दोलनले मूलतः ऐतिहासिक महत्वको तीन ओटा काम व्यवहारमै गरेको थियो । एक इतिहासदेखि हतियारबाट टाढा राखिएका महिलाको हातमा हतियारदिनु। दुई , दलितलाई बन्दुक दिनु। र तीन, गाईको हिन्दु पवित्रतालाई खारेज गर्नु । यी विषय वास्तवमा हिन्दु प्रभुत्वको वर्णवादी पितृसत्तात्मक संस्कृतिमाथिको ठूलो बज्रपात नै थियो । तर शान्ति प्रक्रियाका दिनहरु जति जति अगाडि बढे, ती विचार र संस्कृतिका उच्च मानकहरु क्रमशः माथिबाट भत्किन सुरु गरे । आज आईपुग्दा माओवादी आन्दोलन विचार र संस्कृतिबाट चुडिएको चङ्गा जस्तो बन्न पुगेको छ । हिजो जे कुराको निम्ति भीषण बहस हन्थ्यो आज ती विषय कार्यसूचिबाट हराएका छन् । हिजो सत्ता टाढा हुँदा जाखिम र अभावबीच पनि के कुराले उत्साहित  गर्थ्यो ? स्पष्ट छ- विचरको उच्चता र सांस्कृतिक भव्यताले तर आज सत्ताको नजिक, जोखिम र अभावको न्युनताबीच पनि किन उत्साह धुलाम्मे भएको छ ? विचार र संस्कृतिमा भएको अस्पष्टता र भ्रष्टिकरणले नै त्यस्तो हुन पुगेको छ ।

एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले केही वर्षअघि धार्मिक समारोहमा पुगेर भने , ‘भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गरिनुपर्दछ । ‘ त्यसै आसपासमा बाबुराम भट्टराईले दसैंमा टिका थापेको दृस्य सार्वजनिक गरे । के भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गर्ने अवधारणा माक्र्सवाद हो ? यो निकै नै गम्भिर दार्शनिक प्रश्न हो ।

३. एउटा विचार र संस्कृतिको दिग्दर्शनमा हुर्किएको जनतालाई अर्को विजातीय विचार र संस्कृतिमा हाकाहाकी लैजान संभव नहुने रहेछ । त्यसका निम्ति सबैभन्दा पहिले आम कार्यकर्तामा सहि र गलत ठम्याउन कठिन हुनेगरि भ्रम सिर्जना गर्नु जरुरी हुने रहेछ । पानीलाई धमिलाएपछि मात्र माछा मार्न सजिलो हुने भने झैं अजङ्गका वैचारिक भ्रम र अस्पष्टता सिर्जना नगरी  कार्यकर्ताको विशाल जमातलाई विजातिय जीवन व्यवहारतिर लैजान संभव नै थिएन । त्यसैले नै बिना पार्टी छलफल ठूला ठूला मार्क्सवादविरोधी विचार र  र आचरण प्रकट गर्न थालियो । एमाओवादी पार्टीका अध्यक्ष प्रचण्डले केही वर्षअघि धार्मिक समारोहमा पुगेर भने , ‘भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गरिनुपर्दछ । ‘ त्यसै आसपासमा बाबुराम भट्टराईले दसैंमा टिका थापेको दृस्य सार्वजनिक गरे । के भौतिकवाद र आध्यात्मवादबीच फ्युजन गर्ने अवधारणा माक्र्सवाद हो ? यो निकै नै गम्भिर दार्शनिक प्रश्न हो । अध्यात्मवादभित्र कैयौ वैग्यानिक तत्वहरू हुनसक्छन् , तिनलाई भौतिकवादले आफूभित्र समेट्नुपर्ने विषय र त्यो फ्युजन गराउने विषय आधारभूत रुपमै एउटै होइन, हुनै सक्तैन । कतिपय बेला कुनै नेतालाई सैद्धान्तिक दार्शनिक विषयमा फरक विचार आउन पनि सक्छ । तर त्यो आधारभूत पार्टी जीवनलाई आशर गर्ने विषयमा पार्टीभित्र यथेष्ट छलफल नगरी बाहिर त्यो पनि विजातीय भिडमा व्यक्त गर्न कसरी मिल्छ ? मिल्दैन । अन्तत त्यस्ता अभिव्यक्तिले सिधै खण्डन गर्ने चेतनामा नपुगेका आम कार्यकर्तामा ठूलो भ्रम र अस्पष्टता सिर्जना गर्ने काम गर्दै गयो । जो प्रश्न उठाउने हैसियतमा थिए, उनीहरु अरु नै गैरआधारभूत विषयमा लाखापाखा लागेका थिए  वा नेतृत्वप्रतिको अन्ध समर्थनको आदतको जुवामुनि दबिने संस्कृतिमा अभ्यस्त थिए । बाबुराम भट्टराईले दशैंको टिका थाप्नुलाई उनले जसरी परिभाषित गरे पनि विगतमा आफ्नै नेतृत्वमा टिकाबारे विशाल फौजलाई भनिएको कुरा भन्दा त्यो पृथक थियो । कार्यकर्ताको विशाल फौजलाई एउटा कुरा भनेर हुर्काउने र त्यसबारे थप छलफल नगरी छापामार शैलीमा तस्वीर सार्वजनिक गर्ने कार्यले ठूलो भ्रम र अस्पष्टता बाहेक केही सिर्जना गर्दैनथ्यो, गरेन ।

यसप्रकारको माक्र्सवादी विचार र संस्कृतिविरोधी गतिविधि लगातार नेतृत्व पंक्तिलबाट भइ नै रह्यो र त्ससले विशाल कार्यकर्ता पंक्तिमा भ्रम र अस्पष्टता सिर्जना गर्दै लग्यो । यो क्रम अघि बढ्दै जाँदा प्रचण्डले विद्यार्थी सम्मेलनको उद्घाटन समारोह किर्तिपुरमा भाषण गर्दा भने एमालेसँग सहितको एकतापछि बन्छ नयाँ शक्ति ।अनि बाबुराम भट्टराईले नेपाल पत्रिकामा लेखै लेखी घोषणा गरे साम्राज्यवादी उदारीकरणलाई समेत समेट्ने र विजातयीय तत्वहरुलाई समेत समेटेर नयाँ शक्ति बनाउने । एमालेसँग एकता गरेर कम्युनिष्ट पार्टी नै बन्छ भन्ने कुरा के माओवादी आन्दोलनले कल्पना पनि गर्न सक्ने विषय हो ? अनि साम्राज्यवादी उदारीकरण पनि समेटिने माक्र्सवादी अर्थ राजनीति माओवादी आन्दोलनले स्वीकार गर्न सम्भव छ ? थिएन, छैन । त्यो विषय यति गम्भीर छन् की कम्युनिष्ट आन्दोलनको माओवादी धारको जग नै भताभुङ्ग हुन्छन् । त्यो विषय पार्टीभित्र व्यापक छलफलभन्दा अघि बाहिर बोल्ने कसैलाई अधिकार नै हुँदैन । तर बोलियो मानौं त्यो सामान्य कार्यनीतिको विषय हो।  आफ्नो आस्था मात्र होइन अनुरागसमेत भएका ऐतिहासिक नेताहरुले बोलेका यति गंभीर गलत कुराले आम कार्यकर्तामा कति ठूलो भ्रम र अस्पष्टता सिर्जना ग¥यो होला, सजिलै अन्दाज लगाउन सकिन्छ ।

४. जुन विषयमा प्रष्टता र कार्ययोजना तत्काल जरुरी छ, त्यो विषयमा सधैं तदर्थवाद वा मौनता अनि जुन विषय व्यापक छलफल जरुरी छ, त्यसमा भटाभट ठूलाठूला अभिव्यक्ति र गतिविधिले भ्रम नै भ्रम र अस्पष्टताको चाङ थपिदै गयो । भित्र भित्र चलिरहेको विजातिय वर्गमा उत्थानको प्रकृयाको बाहिर प्रकट रुपको अर्थमा यो विषयलाई बुझ्ने स्थिति आम रुपमा बन्नै सकेन । भैंसी पूजा, सबै चुपचाप, १२ जना ब्राह्मण राखेर चौरासी पूजा सबै चुपचाप । कोही नेता हरेका आइतबार एक पेरुङ्गो नदीको माछा थाप्ने, कोही नेता जङ्गली कुखुरा लुइचे पालेर खाने, कोही स्वकीय सहयोगीले हजारौं पाहुना बोलाएर विवाह गर्न अभिप्रेरित गर्ने । यस्तो साँस्कृतिक विघटनको सिलसिला तर अधिकांस चुपचाप । कस्तो हुँदोरहेछ त विजातीयकरणको विचित्रता ! यत्रो विजातिय ताण्डव चलिरहँदा पनि चुपचाप माओवादी आम पंक्ति देख्दा भारतिय कवि अवतार सिंह पासको कविता याद आउँछ ,’सबैभन्दा खतरनाक हुन्छ सपनाहरुको मृत्युु !’ के माओवादी आन्दोलनले अबको समाजवादी सपनाको अन्त्य स्वीकार गरेको हो ?

सर्वहाराकरणको नीतिअन्तरगत पार्टीकरण गरिएका जग्गा के भए र अब के गर्ने ? यो सूचीमै परेन । घाइते अपाङ्गको दिर्घकालीन व्यवस्थापन चासोभित्र नै रहेन । आजको पूर्णकालिन कस्तो हो ? छलफल नै छैन । स्कुल विभाग, साँस्कृतिक विभाग एक प्रकारको डम्पिङ साइट बन्यो ।

विचार र संस्कृतिमा यसरी माथिबाट सुरु भएको हमलाको असर तलसम्म आज यसरी छ्यालब्याल हुन पुगेको छ कि जसले जे गरे पनि कसैले केहि नभन्ने, भन्न नसक्ने, भनेर केही नहुने अवस्था तयार हुन पुगेको छ र यो अवस्था भनेको माछा मार्न तयार पारिएको धमिलो दहको अवस्था नै हो । भ्रम नै भ्रम र अस्पष्टता नै अस्पष्टताको दह जहाँ कार्यकर्ता  के हो के हो भन्ने रणभुल्लमा पर्न बाध्य छ । यो धमिलो दह ती पाखण्डीहरुको निम्ति स्वर्णसमय हो जो योजनाबद्ध रुपमा पार्टीलाई , कार्यकर्तालाई र समर्थक जमातलाई बुर्जुवा हुन अभ्यस्त बनाउन चाहन्छन् । यदि यो प्रकृयालाई जबर्जस्त वैचारिक धक्काबाट दिएर नरोक्ने हो भने माओवादी आन्दोलनको मुख्य कार्यकर्ता र समर्थक जमात  बुर्जुवापनमा रमाउन अभ्यस्त हुने खतरा उत्पन्न भएको छ जुन धेरै नै पीडादायी विषय हो।

5.कम्युन नाम दिइएका संस्थाहरू भताभुङ्ग भए।  कुन अवधारणा असफल भयो?कतै छलफल भएन। जनयुद्दकालीन कलाकारको बिजोग भयो।  किन त्यस्तो भयो र अब कता लैजाने? यो त विषय नै बनेन।  सर्वहाराकरणको नीतिअन्तरगत पार्टीकरण गरिएका जग्गा के भए र अब के गर्ने ? यो सूचीमै परेन । घाइते अपाङ्गको दिर्घकालीन व्यवस्थापन चासोभित्र नै रहेन । आजको पूर्णकालिन कस्तो हो ? छलफल नै छैन । स्कुल विभाग, साँस्कृतिक विभाग एक प्रकारको डम्पिङ साइट बन्यो । चाइना भ्रमणको लर्को लाग्न थाल्यो र फर्केर यस्तो व्याख्या हुन थाल्यो मानौं  सच्चा समाजवादी मुलुक चीन नै हो । न त पहिलेदेखि गर्दैआएका साँस्कृतिक गतिविधिको सिंहावलोकन छ, न त बढ्दै गएको विजातीय गतिविधिबारे छलफल । यस्तो सिलसिलाको रणभुल्लले स्वभाविक रुपमा आम कार्यकर्तालाई तत्कालिन भैपरी आउने संगठनहरुका गतिविधिका ऐय्या र आत्थ्थामा सिमित हुन नै प्रेरित ग¥यो ।

यसरी हरेका विषयमा सिर्जना हुन पुगेको भ्रम र अस्पष्टताको बीचबाट नै सबै विजातीय प्रवृतिहरु क्रमशः संस्थागत हुने वातावरण बन्दै गयो । त्यस मध्यको एउटा हो पद्धति प्रकृयाको अवसान । पद्धति प्रकृयाको अवसानपछि समिति होइन व्यक्तिहरु हावी हुनु अनिवार्य थियो, त्यसै भयो । त्यसपछि व्यक्तिहरुलाई जे मन लाग्यो विचार र संस्कृतिका क्षेत्रमा त्यहि हुने स्थिती बनेको छ । नेताले टाई बाधेर विदेश गयो , कार्यकर्ताको भिडले पनि टाई नै लाएर विदेश गयो । के त्यो लाउनै पर्ने हो ? किन हो ? कसैले प्रश्नै नगर्ने स्थिति बन्यो । लारक्याललाई सभासद् नेताले बनायो, किन बनायो ? नबनाए के घाटा हो ? बहुसंख्यक कार्यकर्ता हेरेको  हेर्यौ गर्ने परिस्थीति बन्यो।  भित्रभित्र सबैले सबैको कुरा काट्ने तर बाहीर शान्त भएर मुसुमुसु हाँस्ने गजबको संस्कृति विकास हुँदैछ । राम्रो भएपछि पार्टीमा हाम्रो हुने भन्दा हाम्रो भएसि जो पनि पार्टीमा राम्रो हुने दुर्घटनामय अभ्यस्तता हावी हुनपुग्यो ।

हुँदाहुँदा त दार्शनिक, सिद्धान्तकार, राजनीतिज्ञ, संगठनकर्ता, कुटनीतिज्ञ, समाजशास्त्री सबै नै प्रचण्ड, बाबुराम र नारायणकाजी !

६. कुनै पनि राजनीतिका पछाडि एक हुल बौद्धिकहरु वा चिन्तकहरु क्रियाशील हुन्छन् । पुँजीवादले त आफ्नो व्यवस्थाको आलोचना गर्ने बौद्धिकहरुलाई समेत स्थानको बन्दोवस्त गर्न थालेको छ । नोम चोम्स्कीहरु पुँजीवादका आलोचक हुन् तर पुँजीवादले अमेरिकाभित्रै उनीहरुलाई स्थान दिएको छ ताकि उनीहरुको आलोचनाको उपयोग गरेर पुँजीवादका भ्वाङहरु टाल्ने योजना बनाउन सकियोस् । तर माओवादी आन्दोलनमा भने चिन्तन प्रवृति भएका नेता वा बौद्धिक टाउको दुखाईको विषय बन्यो । चिन्तन प्रवृत्तिको व्यक्तिले सामान्यतया असन्तुष्टि र आलोचना व्यक्त गरिहाल्छ , तब न त्यो चिन्तक प्रवृति हुन्छ । उ नेताकोमा धाउन, साखुल्ले पल्टिन रुचाउँदैन बरु पद्दतिगत व्यवहार रुचाउँछ तर त्यसप्रकारका नेता वा व्यक्तिको कुरा सुनेर तिक्त हुने प्रवृत्ति बढ्दै गयो । बढीमा जानकारी खोजेर ल्याएर भनिदिने बुद्धिजिवीसम्मलाई स्थान दिन रुचाउने तर आलोचनात्मक चेतसहित उपस्थित हुनेलाई ढोका बन्द भयो । यस सिलसिलाले माओवादी आन्दोलनका जटिलतालाई फुकाउन सोच्ने चिन्तकको जमात नै हराउन पुगेको छ ।

माओवादी आन्दोलनमा चिन्तकले खेल्नुपर्ने भूमिकाको गरालो पनि नेताले नै बोक्न तम्सेको छ । हुँदाहुँदा त दार्शनिक, सिद्धान्तकार, राजनीतिज्ञ, संगठनकर्ता, कुटनीतिज्ञ, समाजशास्त्री सबै नै प्रचण्ड, बाबुराम र नारायणकाजी ! त्यही रोग त्यसपछिका नेतामा सरेपछि अब हुन्छ के ? सबै कुरा आफै हुन खोज्दा नेपालमा मिल्दै नमिल्ने बाह्य राष्टियताको आत्मनिर्णयको अधिकारको सिद्धान्त आन्तरिक राष्टियतामा लागु गर्न खोजेर कार्यकर्ता केही वर्ष हैरानीमा  परे । अनि नेपालको सन्दर्भमा पटक्कै मेल नखाने राजनैतिक अग्राधिकारको मुद्दा बोकेर लज्जास्पद स्थितिसम्म भोग्नुप¥यो । यसरी चिन्तन प्रवृत्ति भएका नेता तथा व्यक्तित्वलाई ढोका बाहिरको नीति लिएपछि स्वतः संगठनात्मक चातुर्य, भौतिक व्यवस्थापन र कुटनीतिक पहुँचका भरमा राजनीति गर्ने पंक्ति नै सिद्धान्तकारका रुपमा गनिन थालेको छ । उसले जे बोल्यो त्यहि नीति बन्न थालेको छ । यो रोग तलसम्म सरिसकेको छ । धेरै मानिसलाई थाहा छ आज भोली सबैभन्दा कम किताब कसले किन्छ ? माओवादी कार्यकर्ताले ! दुर्दशा यस्तो बन्न पुगेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको आन्तरिक सांस्कृतिक जीवनलाई हेर्न स्वकिय सचिवको विषय एउटा गतिलो झ्याल हो । आफ्नो नातेदार वा गैर राजनीतिक विभिन्न भावनात्मक सम्बन्ध भएका  व्यक्तिहरु स्वकिय सचिव बनेको अवस्थामा सबैजसो सन्तुष्ट देखिए तर विशुद्ध कार्यकर्ता मात्रै छ भने अधिकांस त्यस नेतासँग वाक्क दिक्क भएर हिँडेको र विरोधीसमेत भएर निस्केको देखियो

७. क्रान्ति सम्पन्न गरेर सत्तासीन भएको करिब एक दशकपछि माओले सबै नेतालाई स्वकीय सचिव आफ्नो परिवार वा नातेदार व्यक्ति नराख्न निर्देशन दिएका थिए। अरु सबैले नातेदार स्वकिय सचिव परिवर्तन गरे तर गद्धार ल्यू साओ चीले भने परिवर्तन नगरी आफ्नो श्रीमतीलाई नै स्वकिय सचिव राखि नै राख्यो । उसले किन त्यसो ग¥यो भन्ने प्रष्ट भैसकेको छ कि उ पार्टीबाट केही लुकाउन चाहन्थ्यो , माओको समेत हत्या गर्न चाहान्थ्यो ।

नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वको आन्तरिक सांस्कृतिक जीवनलाई हेर्न स्वकिय सचिवको विषय एउटा गतिलो झ्याल हो । आफ्नो नातेदार वा गैर राजनीतिक विभिन्न भावनात्मक सम्बन्ध भएका  व्यक्तिहरु स्वकिय सचिव बनेको अवस्थामा सबैजसो सन्तुष्ट देखिए तर विशुद्ध कार्यकर्ता मात्रै छ भने अधिकांस त्यस नेतासँग वाक्क दिक्क भएर हिँडेको र विरोधीसमेत भएर निस्केको देखियो । विचार र पार्टी विरोधी भए त अर्कै विषय हुन्थ्यो तर त्यही पार्टीमा सकृय नै भएर बस्यो तर त्यस नेताको चाहिँ कटु आलोचक बन्यो । यो परिघटना मोहन विक्रम सिंह देखि माओवादी आन्दोलनका अधिकांश ठूला नेताको हकमा लागु भएको पाइयो । तर यस्तो किन भयो ? यसको सोझो उत्तर हो त्यहाँ केही गडबडी थियो र छ । यदि त्यहाँ विजातीय संस्कृति र क्रियाकलाप छैन भने आम कार्यकर्ताबाट स्वकिय सचिव किन छैन ? यो सानो प्रशंगको प्रश्न जसले धेरै ठूलो यथार्थको पर्दाफास गर्दछ ।

तसर्थ, विचार र संस्कृतिबाट चुँडिएको चङ्गा झैं भएको माओवादी आन्दोलनलाई पुनर्गठित गर्न विचार र संस्कृतिबारे भएका हरेक अवधारणा ,अस्पष्टता र विजातीयकरणका बारेमा अब एउटा महावहस प्रारम्भ गर्नै पर्दछ । त्यसको निम्ति आफूलाई हरेक क्रान्तिकारीले तयार पार्नैपर्दछ ।

– See more at: http://www.khabardabali.com/2015/08/33191/#sthash.jMAG2vY6.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: