जागरण मिडिया सेन्टर

Home » अन्य » बिटुलो सडक

बिटुलो सडक

२०७२ भदौ २, जागरण मिडिया सेन्टर ।

सडक मेरो पाइतालामुनि भइदिँदा सडक मसँग छोइएछ

सडक मेरो पाइतालामुनि भइदिँदा सडक मसँग छोइएछ

सडक मेरो पाइतालामुनि भइदिँदा 
सडक मसँग छोइएछ ।
छोइछिटो गर्ने “गौमुत’ नहुँदा
गुड्ने सडक बिटुलिएछ ।।

संविधानमा ठ्वास्स अहंकार गन्हाउँदा,
शब्द कुरुपताले पिल्लिएछ ।
मान्छे स्वीकार्ने आचार नहुँदा,
भकुमार पीडा कुटिएछ ।।

धर्म धर्मत्व पराइ भइदिँदा,
शाश्वत भाग लुटिएछ ।
गणतन्त्रका नस्लनायक वैरी कजाइँदा,
जिउनुको विम्ब खोसिएछ ।।

व्याख्या खोज्दै भाष्य मेटिँदा,
मुद्दा हरण गरिएछ ।
आवाजको सारथि अराजक बनाइँदा,
दर्द जर्जर चिरिएछ ।।

तिमी आफू मात्रै उचालिँदा,
मेरो पाउ काटिएछ ।
अत्याज्य खाँचो त्याज्य बनाइँदा,
खोटी चोला बाटिएछ ।।

ram-gurung

(संविधानमा भएका दलित विभेदको विरोधमा जारी दलित आन्दोलनप्रति समर्पित)

राम गुरुङ

 गुरुङ समाजशास्त्रका अध्यापक एवं स्तम्भकार हुन् ।

कार्टुन : रविन सायमि/नागरिक दैनिक 

esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: