जागरण मिडिया सेन्टर

Home » दलित समाचार » संविधान जनताले स्वीकार्नुपर्छ नेताले होइनः पूर्व सभामुख ढुङ्गाना

संविधान जनताले स्वीकार्नुपर्छ नेताले होइनः पूर्व सभामुख ढुङ्गाना

सुनिता सुन्दास

२०७२, भदौं ८, जागरण मिडिया सेन्टर

Displaying IMG_4929.JPG

नयाँ संविधान जसरी बनेपनि त्यसलाई आम समुदायले स्वीकार्छन् या स्वीकार्दैनन् भन्ने कुरा महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
राष्ट्रिय मतदाता अधिकार मञ्च, नेपालको उद्घाटन गर्दै पूर्वसभामुख तथा मानवअधिकारवादी नेता दमननाथ ढुङ्गानाले दलित, महिला र मधेशीको अधिकार खोस्ने अधिकार कसैलाई छैन भन्नुभयो ।
जनताले राज्यभित्र आफ्नो अपनत्व खोज्नु अपराध हुदै होईन, उहाँले भन्नभयो, “पछिल्लो समयमा राजनीतिक दलहरुले मनपरी ढङ्गले मनलागेको व्यक्तिलाई निर्वाचनमा उठाउने र जिताउने गर्ने गरेका छन्, यसले आम समुदायको भावनामा ठेस लागेको छ ” ।
अन्त्यमा “संविधान जनताले स्वीकार्नुपर्छ नेताले होइन ” उहाँले थप्नुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका पुर्व आयुक्त भोजराज पोखरेलले नेपालको निर्वाचन प्रर्णाली खर्चिलो बन्दै गएका कारण निर्वानचमा पारदर्शिता कायम गर्नका लागि नागरिक समाज चनाखो हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
त्यसैगरी पूर्व निर्वाचन आयुक्त विरेन्द्रप्रसाद मिश्र, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष, गजाधार सुनुवार, दलित नागरिक समाजका संयोजक पदम सुन्दास लगायतले पुर्ण समानुपातिक निर्वाचन प्रणालीले दलित महिला तथा पछाडी पारिएको समुदायको समानुपातिक अधिकार र प्रतिनिधीत्व सुनिश्चत हुने वताउनुभयो । यद्यपी राजनीतिक दलहरुले नयाँ  संविधानमा मिस्रित निर्वाचन प्रणालीको व्यवस्था सुनिश्चित गरेका छन्, मिस्रित निर्वाचन प्रणालीमा पनि समानुपातिक र प्रतक्ष्यमा जनसंख्याको अनुपातमा उनीहरुको प्रतिनिधीत्वको सुनिश्चित गरिनुपर्छ उहाँहरुले जोड दिनुभयो । उहाँहरुले चुनावका वेला मतदाताले आफ्नो स्वविविकेले मत खसाल्ने वातावरण वन्नुपर्छ भन्नुभयो ।

दुई दर्जनबढी गैरसरकारी संस्था तथा व्यक्तिहरुको साझा मञ्चको रुपमा रहेको राष्ट्रिय मतदाता अधिकार मञ्चले मताधिकारको सदुपयोग गर्दै आवधिक रुपमा प्रतिनिधिहरु चुन्नपाउने नागरिकको आधारभूत मानवअधिकारका विषयमा जनस्तरमा सचेतना फैलाउने, निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: