जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित आन्दोलनमा कानुन ब्यवसायीको ऐक्यबद्धता

दलित आन्दोलनमा कानुन ब्यवसायीको ऐक्यबद्धता

सुनिता सुन्दास
२०७२ भदौं ९ गत जागरण मिडिया सेन्टर
IMG_5032
कानुन वनाउने ठाउमा हामीलाई कहिल्यै पनि छिर्न नदिने, अनि “ कानुन वनाएर ” लागु गरिनेछ भन्ने ? : चक्रमान विश्वकर्मा ।
यो राज्यका हामी पनि हिस्सेदार हौं, हामीलाई पाखा लाउन पाईदैन : त्रिलोक चन्द्र विश्वकर्मा ।
दलितहरुको हक छिन्ने नेताहरुले दलितको ताकत देख्नेछन : मोती नेपाली

३हजार वर्षदेखी दलितहरुलाई राज्यले विभेद गर्दै आइरहेको छ । राजनीतिक सामाजिक आर्थिक साँस्कृतिक र शैक्षिक अधिकारवाट दलितहरुलाई वञ्चितीकरण गरिदै आयो । राज्यको शाषन गर्ने ठाउमा दलितहरुलाई तँगारो हालियो । कानुन वनाएरै दलितहरुलाई यो राज्यले विभेद गर्यो । अझ कानुन वनाउने ठाउमा त दलितहरुलाई कहिल्यै पनि पुग्न दिईएन । अहिले आएर संविधान वनाउदा दलितहरुलाई अधिकार दिनुपर्दा, कानुन वनाई लागु गर्ने भन्न मिल्छ त ?
तेस्रो चरणका घोषित कार्यक्रम मध्ये आज संयुक्त दलित आन्दोलन नेपालको दवावमुलक र्यालीमा कानुन व्यवसायीहरुले यस्तो प्रश्न गरे ।
बबरमहल देखी सुरु भएको वकिल, दलित सभासद, दलित अधिकारकर्मीहरुको संयुक्त र्याली पछिको नयाँ वानेश्वरमा भएको कोणसभामा वकिलहरुले अहिलेसम्म कानुन वनाउने निकायमा दलितहरुलाई प्रतिनिधीत्व नगराइएको तर अहिले संविधानमा दलितलाई अधिकार दिने सम्वन्धमा कानुन वनाई लागु गरिनेछ भन्ने कुरा सान्दर्भिक नभएको वताए ।

कोणसभामा वोल्दै, अधिवक्ता तथा सामाजिक विज्ञ डा. याम वहादुर किसानले परिमार्जित मस्यौदाले पनि दलितका अधिकार नसमेटाकाले अव कानुन व्यवसायीहरु मिलेर संसोधन हाल्ने तयारी गरेको वताउनुभयो । उहाँले आफुहरुले तयार गरेको संसोधन प्रस्तावमा अरु दलित अधिाकारकर्मीहरुलाई पनि सुझाव दिन आग्रह गर्नुभयो ।

IMG_5063
दुनियाको कुनैपनि संविधानमा ह्वीप लगाउने ब्यवस्था छैन, तर नेपालमा यो ब्यवस्था गरिएकाले यो दुर्भाग्य हो, उहाँले थप्नुभयो ।
अर्का अधिवक्ता तथा दलित अधिकारकर्मी चक्रमान विश्वकर्माले वर्षाैदेखी दलितहरुलाई पाखा लगाउदै आएकाले , अहिले नयाँ संविधान वनाएर फेरी पनि पाखा लगाउने काम गरेका छन्, भन्नुभयो ।
उहाँले संविधानसभामा सभासदहरुलाई जुन किसिमको ह्वीप लगाईएको छ, त्यो ह्वीप तोडेरै भएपनि दलित अधिकार स्थापित गर्ने छौं, भन्नभयो ।
अर्का कानुन व्यवसायी त्रिलोक चन्द्र विश्वकर्माले यो राज्यमा सवैको वरावरी हक छ, सवैलई बराबरी अंशवण्डा गरिनुपर्छ न कि कसैलाई धेरै र कसैलाई थोरै गर्न मिल्दैन भन्नुभयो । उहाँले सवैको अधिकारको कुरा हुदा सहमतीमा सरकार जान्छ तर जव दलितको अधिकारको कुरा आउछ तव देशको राजनीतिक व्यवस्थानै परिवतन हुन्छ, किन दलित आन्दोलनलाई वेवास्ता गरिन्छ, भन्नुभयो ।
IMG_5047
त्यसैगरी दलित अधिकारकर्मी मोती नेपालीले नयाँ नेपालको पुनर्संचना हुदा पनि पुरानै मानसिकताले काम गरिरहेको वताउनुभयो । नयाँ शक्ति, नयाँ राज्य शक्ति,र नयां संरचनाले नेपालका ठालुहरुको सोचपनि नयां हुनुपर्नै हो, तर त्यसो हुन सकेन, उहाँ भन्नुभयो, “दलितहरु को नै हुन र ? दलितले के नै गर्न सक्छन भन्ने दृष्ट्रिकोणबाट दलितहरुलाई हेरिएको छ अव उनीहरुले दलितको ताकत देख्नेछन् ”।

अर्का कानुन व्यवसायी विमल विश्वकर्माले संििवधानमा सवैका लागि यथोचित र न्यायोचित शक्तिको वाँडफाँड हुनपर्छ भन्नुभयो ।
दलितहरु वलिक हुदाँपनि जातिय भेदभाव तथा छवाछुतको मार भोग्नु परीरहेको छ, जातकै कारण अदालतसम्म दलितका मुद्धा पुग्न पाउदैन, उहाँले भन्नुभयो, “शक्तिको प्रयोग गर्ने ठाउमा कसैले पनि सजिलै लग्दैन , त्यसकारण त्यहाँ पुग्ने र आफ्नो अधिकार खोस्ने हिम्मत राख्ने वेला यही हो ” ।

अन्त्यमा उहाँले, अहिले सम्म दलितहरुमाथि गरिएको उत्पिडन, दमन र शोषण अव धेरै दिन टिक्नेवाला छैन, यसको अन्त्य गरेरै छोड्नछौं, भन्नुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: