जागरण मिडिया सेन्टर

Home » प्रेस विज्ञप्ति » प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

२०७२ भदौ १६ जागरण मिडिया सेन्टर ।

समावेसी सञ्चार अभियान नेपाल
काठमाडौं

प्रेस विज्ञप्ति

राज्य र आन्दोलनरत पक्षबाट फेरि एकपटक नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीहरु असुरक्षित हुनुपरेको घटनाले समावेसी सञ्चार अभियान नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । देशका विभिन्न क्षेत्रमाअधिकारका लागि भइरहेका आन्दोलनका क्रममा पत्रकार कुटिने, सञ्चार सामग्री खोसिने, धम्कीदिने लगायतका अमर्यादित गतिविधी भइरहेको सन्दर्भमा हामी त्यस्ता क्रियाकलापको घोर भत्र्सना गर्दछौं ।

सञ्चारकर्मीलाई निर्वाध रुपमा समाचार संकलनगर्न, सम्प्रेषण गर्नका लागि कुनै पक्षबाट पनिअवरोध सिर्जना नगर्न हामी अपिल गर्दछौं । सूचना पाउने जनताको नैसर्गिक अधिकारको सुनिश्चितताका लागि पनि सञ्चारकर्मीलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा कामगर्ने परिस्थितिको सिर्जनागर्न जरुरी छ । सो कामकालागि राज्य र आन्दोलनरत पक्षले समयमै ध्यान दिन आवश्यक छ ।

विशेषगरी अहिले तराई र मधेसमाआन्दोलनचर्क“दो छ । अधिकारकालागिभइरहेको यस किसिमकाआन्दोलनमा सञ्चारकर्मीहरु असुरक्षितबन्दै गएका छन् । यसको मूलकारण अव्यावसायिक, असन्तुलित, अव्यवस्थित र सत्यतथ्यमा आधारित समाचारको विषयवस्तु नरहेकोले गर्दा हो । त्यसैले सबै सञ्चार माध्यमले नेपालको लैङ्गिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक, भौगोलिक विविधतालाई आत्मसाथगर्दै समाचार र विचार सम्प्रेषण गर्न पनि सबै सञ्चार माध्यमलाई हामी अपिल गर्दछौं ।

नेपाली समाजमा विद्यमान सद्भाव कायम राख्नपनि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।आवाजविहीनहरुको आवाजभन्ने सञ्चार माध्यमको मूल्य, मान्यता र सिद्धान्त अनुरुप अधिकारका लागि संघर्ष गरिरहेका सीमान्तकृत, अल्पसंख्यक मधेसी, महिला, जनजाति, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरुको सवाललाई पनि सञ्चार माध्यमले सम्मानगर्न जरुरी छ । जुन भूमिकाले समाजमा विद्यमान सद्भाव, एकता र मेलमिलापको वातावरण बनाउ“दै सबैको अधिकार सुनिश्चित भएको संविधान जारी गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ ।

समावेसी सञ्चार अभियान नेपालको तर्फबाट
रेमविश्वकर्मा अध्यक्ष, जागरण मिडिया सेन्टर
डण्ड गुरुङ अध्यक्ष, नेपालआदिवासीजनजातिपत्रकार महासंघ (फोनिज)
शुभेच्छाविन्दू अध्यक्ष, क्रियाशीलमहिलापत्रकार
राजेश अहिराज अध्यक्ष, मधेस मिडिया हाउस
पंकज दास अध्यक्ष, मधेस पत्रकार संघ
मोहन सिंह अध्यक्ष, मधेस पत्रकार समाज
रविनथपलिया अध्यक्ष, राष्ट्रिय अपाङ्गपत्रकार संघ नेपाल

मिति ः २०७२ भदौ १६ गते

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: