जागरण मिडिया सेन्टर

Home » विचार » हिन्दु धर्म र दासतापूर्ण दलित जीवन

हिन्दु धर्म र दासतापूर्ण दलित जीवन

२०७२ भदौ २२, -जागरण मिडिया सेन्टर ।

हिन्दु धर्म र दासतापूर्ण दलित जीवन

समयको हिसाबले आजको समाजलाई एकाइसौं शताब्दीको आधुनिक समाज भनिन्छ । त्यसो त इतिहासको एउटा कालखण्डलाई दास युग पनि भन्ने पनि गरिन्छ । मतलब दास युग इतिहास भइसकेको आम मान्यता छ । राम्रो हुन्थ्यो यदि सत्य त्यस्तै भइदिएको भए ! तर विडम्बनाको कुरा दलितलाई कुकुर र जनावरभन्दा माथि नठान्ने धर्मको रक्षालाई राज्यको कर्तव्य ठान्ने युगमा हामी बाँचिरहेका छौं ।

दार्शनिक प्लेटोको अनुसार त्यो व्यक्ति दास हो, जसले आफ्नो व्यवहारको लागि अरुको आदेशको पालन गर्छन् । यो परिभाषालाई गहिरिएर विचार गर्दा हिन्दु वर्णव्यवस्थाअन्तर्गतका शुद्रहरु वास्तविक दास हुन् । शुद्रहरुको सामाजिक, आर्थिक तथा राजनीतिक स्थिति यति नाजुक छ कि उनीहरु आफ्नो दासत्वको विषयमा कसैसँग गुनासो गर्न सक्दैनन् । उनीहरुले आफ्नो आपवितीलाई जीवन ठान्छन् र कहिले यो सोच्न पनि सक्दैनन् कि दासत्वबाट मुक्ति पनि सम्भव छ । दासत्व यति अमानवीय हुन्छ कि अरुबाट मानवता वा मर्यादित व्यवहारको अपेक्षा पनि गर्न सक्दैनन् । आज पनि दक्षिण एसियामा लगभग २५ करोड शुद्र दासतापूर्ण जीवन बाँच्न बाध्य छन् ।

हिन्दु धर्मले कसरी शुद्रलाई दास बनायो ?

करिब ३५०० वर्ष पहिले आर्यभाषी समुदाय इरान र आफ्गानिस्तान हुँदै भारतवर्ष प्रवेश गरेका थिए । उनीहरुले करिब ३३०० वर्ष पहिले भारतवर्षका मूलवासीमाथि आक्रमण गर्दै उनीहरुलाई दास बनाए ।
हिन्दु धर्मको मूलग्रन्थ मनुस्मृतिमा वर्ण उत्पतिको विषयमा एक विशाल मानवको शरीरलाई “ब्राद्मणे वैश्यमुखमासीतवाहू राजन्य कृतः, उक्र तदस्थ यद्धेश्यःपदमयां शूद्रोजायत” भनिएको छ । अर्थात ईश्वरको मुखबाट ब्राह्मण, हातबाट क्षत्रिय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्रको जन्मिएको भनिएको छ । यी कथित विचारलाई संस्थागत गर्न ब्राह्मणहरुले विभिन्न ऋचा, वेद तथा स्मृतिको रचना गरे । यी रचनामा वर्णव्यवस्थालाई कायम गर्न विभिन्न नियम बनाइए र समाजलाई विभिन्न जातजातिमा विभाजन गरिए ।

सुरुमा वर्णभेद रंगभेदको रुपमा रहे पनि पछि जातिभेदको रुपमा विकास गरियो, त्यसलाई जन्मसँग जोड्ने काम गरियो । वर्णव्यवस्था लागू गर्ने सन्दर्भमा सजातीय विवाह, रक्त सम्बन्ध नै एक ठाउँमा बसोवास गर्न सक्ने व्यवस्थालाई कडाइपूर्वक लागू गरियो । छुवाछूतलाई जातव्यवस्था कायम गर्न एक सजायको रुपमा विकास गरियो । मानव समूहबीच शुद्ध अशुद्धको विचार र मनोविज्ञानलाई विभिन्न कोणबाट विकास गरियो ।

वर्ण वा जातको आधारमा श्रमको विभाजनको सन्दर्भमा ईश्वरले शुद्रलाई तन, मन र धनले ब्राह्मण, क्षत्रिय र वैश्यलाई केवल सेवा गर्ने आदेश दिएको छ । ब्रह्माले शुद्रलाई ब्राह्मणको दासको लागि मात्र जन्म दिएको छ । शुद्रको जीवनलाई मनुस्मृतिमा विरालो, काग, कुकुर, गधा तथा उल्लुलाई मार्नमा जति पाप लाग्छ त्यति नै एक शुद्रलाई मार्नमा लाग्छ भनिएको छ । शुद्रलाई एक स्वतन्त्र मानवको रुपमा पनि स्वीकारेको छैन । मनुको आदेश थियो, शुद्रले सवर्णलाई जुन अंग प्रयोग गरेर मारेको हो, राजाले उसको त्यही अङ्ग काट्ने आदेश दिनुपर्छ ।

ब्राह्मणले आफूलाई श्रेष्ठ राख्न गरेको चलाखी

हिन्दु धर्मका मूलग्रन्थहरु अध्ययन गर्दा ब्राह्मणहरुले आफूलाई श्रेष्ठ राख्न मनुस्मृतिमा छुट्टै व्यवस्था गरेका छन् । ब्राह्मण भनेको मंगलमय, क्षत्रिय भनेको शक्तिमय, वैश्य भनेको धनमय र शुद्र भनेको निन्दामय हो । शुद्रले घीउ, दूध, पान र श्रेष्ठ भोजन खानु हुँदैन र खायो भने यसबाट ब्राह्मणलाई दुःख हुन्छ । शुद्रहरु गाउँको सिमानाभित्र बस्नु हुँदैन । उनीहरुको बास भनेको गाउँभन्दा बाहिर, मसानघाट, पहाड तथा भीरपाखाआदि ठाउँमा बसोवास गर्नुपर्छ । यदि ईश्वरले शुद्रलाई दासताबाट मुक्तिको इच्छा गरे पनि उनीहरु दासताबाट मुक्त हुन सक्दैनन् किनभने दासता उनीहरुको स्वभाविक कर्म नै हो । उनीहरुलाई जुठो अन्न, पुरानो कपडा, पुरानो वर्तन भाडामात्रै दिनुपर्छ । उनीहरुको आफ्नो भने केही हुनु हुँदैन ।

शुद्रलाई शिक्षाबाट बञ्चित राख्ने खेल

शिक्षा र ज्ञान आर्जनबारे पनि मनुस्मृतिमा एक विशेष व्यवस्था गरिएको छ । शुद्रलाई ज्ञान दिनु हँुदैन । यज्ञ वा हवनबाट बचेको उच्छिष्ट तथा भाग पनि शुद्रलाई दिनु हँुदैन । उनीहरुलाई धर्मको उपदेश पनि दिनु हुँदैन । यदि शुद्रले भुलवस वेदको सुनेमा उसको कानमा तातो शिसा पगालेर हाली दिनुपर्छ । वेद उच्चारण गरेमा उसको जिब्रो काटी दिनुपर्छ र स्मरण गरेको खण्डमा हत्या गर्नुपर्छ । यी विभिन्न व्यवस्थाबाट शुद्रलाई आफ्नै सभ्यताको ज्ञान र शिक्षाबाट बञ्चित गरियो ।

ब्राह्मणले आफ्नो रक्षाका लागि गरेको चलाखी

ब्राह्मणले आफ्नो रक्षाका लागि मनुस्मृतिमा गरेका व्यवस्थाअनुसार ब्राह्मणले जस्तोसुकै अपराध गरे पनि उसलाई मृत्युदण्ड दिनु हँुदैन । ब्राह्मणको हत्याभन्दा संसारमा अरु कुनै पाप हुन सक्दैन । त्यसैले राजाले उसलाई कहिलै मृत्युदण्डको आदेश दिनु हुँदैन । नराम्रो कार्य गरे पनि ऊ पुजनीय नै हुन्छ । ऊ भू–मण्डलको परम देवता हो । कुनै पाप गरेको खण्डमा उसलाई मार्नु हँुदैन, बरु देशनिकाला गरी दिनुपर्छ ।

ब्राह्मणले जीविकोपार्जनका लागि गरेको चाल

हिन्दु धर्मका विभिन्न ग्रन्थमा ब्राह्मणले आफ्नो जीविकोपार्जनका लागि जसले आफ्नो संचित अन्नको भण्डारबाट ब्राह्मणलाई दान गर्दैन, उनीहरु कि त चोर हुनुपर्छ कि त पापी हुनुपर्छ । त्यस्तो कामलाई ब्राह्मण हत्या गरेको समान बुझनुपर्छ । संसारमा जे जति चिज छन् सबै ब्राह्मणकै हुन् । ब्रद्माको मुखबाट उत्पन्न र कुलिन हुनुको कारण उनीहरु नै सबै धनको अधिकारी हुनु हो ।

आर्थिक शोषणका लागि खेलिएको चाल

मनुस्मृतिअनुसार ब्राह्मण बिनासंकोच वा निडर भएर शुद्रको धन वा द्रव्य छिन्नुपर्छ किनभने शुद्रको आफ्नो केही पनि हँुदैन । उसको धन उसको स्वामी ब्राह्मण नै हो । शुद्रले धन आर्जन गर्नेे क्षमता राखे पनि उसले धन संचय गर्नु हुँदैन । धन आर्जन गरेर उसले ब्राह्मणलाई सताउन सक्छ ।

हिन्दु धर्मका विभिन्न वेद, रचना, शास्त्रलाई एक स्वतन्त्र मानवको आँखाबाट गहिरिएर विश्लेषण गर्दा यी चालहरुको माध्यमबाट शुद्रलाई दास बनाउन कुनै कसर बाँकी राखिएको छैन भन्ने देखिन्छ ।

उचनीचमा आधारित जातहरुको समूह नै हिन्दु धर्मको देन हो । यो धर्म मानव सिद्धान्तमा आधारित नभएर शासनमा आधारित हो भन्ने कुरा हिन्दु धर्मका शास्त्रलाई अध्ययन गर्दा प्रस्ट देखिन्छ ।

प्रोफेसर घुर्येले हिन्दु समाजको मुख्य स्वरुपलाई यसरी व्याख्या गरेका छन् । हिन्दु समाजमा वर्णमा आधारित वर्ग निर्माण भएका छन् । मानव समुदायको बीचमा उचनीचको भावना प्रयाप्त देखिन्छ । यहाँ खानपान र सामाजिक सम्मिश्रणमाथि प्रतिबन्ध नै छ । कुनै समुदायलाई सामाजिक तथा धार्मिक रुपमा तिरस्कार गरिन्छ भने कसैलाई विशिष्ट अधिकार दिइन्छ । व्यवसाय छनौटको स्वाधीनतामा रोक लगाइएको छ । विवाह सम्बन्धमा स्वतन्त्रता छैन । आफ्नो वर्ण वा जातभन्दा बाहिर गरिएको विवाहलाई सामाजिक स्वीकृति छैन ।

धर्मको सन्दर्भमा अम्बेडकरलाई के विश्वास थियो भने जीवनको लागि धर्मको आवश्यकता छ र यसको बिना समाज संचालन गर्न कठिन छ । धर्मको मूल्यांकन सामाजिक मापदण्डमा आधारित भएर हुनुपर्छ । जुन धर्ममा आफ्नै अनुयायीको बीचमा चरम भेदभाव हुन्छ त्यो धर्म हुनैसक्दैन, बरु त्यो धार्मिक अपराध हुन्छ । जुन धर्मले आफ्नो करोडौं अनुयायीलाई कुकुर तथा अपराधीभन्दा पनि बढी तिरस्कार गर्छ,  त्यो धर्म होइन अपराधखाना हो ।

हिन्दु धर्मको सुधारको सन्दर्भमा अम्बेडकरले केही सुझाव अगाडि सारेका थिए, जुन सान्दर्भिक छन् । पहिलो हिन्दु धर्मका लागि एक सर्वमान्य धर्मग्रन्थ हुनुपर्छ । दोस्रो, समाजमा पुरोहित पनि चाहिन्छ तर जन्मजात पुरोहितवादको अन्त्य हुनुपर्छ । सबैका लागि मुक्त परीक्षाको आधारमा पुरोहित छनौट हुनुपर्छ । यसका लागि सरकारी प्रमाणपत्र अनिवार्य हुनुपर्छ । राज्यले कानुन बनाएर पुरोहितको संख्यामा सीमाबन्दी गर्नुपर्छ र पुरोहितको नैतिकता, विश्वास र पुजाविधिमाथि सरकारी निगरानी हुनुपर्छ । जातव्यवस्थालाई खारेज गर्न अन्तरजातीय विवाहलाई प्रोत्साहन र राज्यपक्षबाट कानुन बनाई कठोरतापूर्वक लागु गर्नुपर्छ ।

rajak.raj62@gmail.com

esamata.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: