जागरण मिडिया सेन्टर

Home » दलित समाचार » सभासद् पासवानको अनशन आठौं दिनमा तोडियो

सभासद् पासवानको अनशन आठौं दिनमा तोडियो

बसन्त बस्नेत,

२०७२ भदौ ३०, जागरण मिडिया सेन्टर

नयाँ संविधानमा दलित, पिछडावर्ग लगायतका हक ग्यारेन्टी गरिनुपर्ने माग राखेर संविधानसभा भवन छेउमा आठ दिनयता अनशनरत सभासद विश्वेन्द्र पासवानले अनशन तोडेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले उनलाई जुस पिलाएर अनशन तोडाएका हुन् । मन्त्री नरहरि आचार्य र पासवानले चारबुँदे सम्झौतामा हस्ताक्षर गरेपछि ८ दिनको आमरण अनशन मंगलबार राति तोडिएको हो ।

बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान र सरकारबीच भएको सम्झौतामा भनिएको छ, ‘राज्यका सम्पूर्ण अंग, तह, संरचना र निकायमा दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, अपांग र अल्पसंख्यक समुदायलाई समानुपातिक, समावेशी र आरक्षणको आधारमा उपस्थिति र प्रतिनिधित्वको हक हुनेछ । संविधान निर्माण भइसकेपछिको पहिलो संशोधनमै यो मुद्दा सम्बोधन हुनेछ ।

सम्झौतामा गरिबीको रेखामुनि रहेका नेपाली जनतालाई शिक्षा, स्वास्थ्य, खाद्यान्न र रोजगारीलगायत विभिन्न सामाजिक सुरक्षा व्यवस्थाका लागि अविलम्ब कार्यदल गठन गरिने उल्लेख छ । संविधानमा व्यवस्था भएको महिलाको हकअन्तर्गत दलित, आदिवासी, पिछडावर्गलगायतका सम्पूर्ण महिलालाई समानुपातिक प्रतिनिधित्व हुनुपर्ने पनि उल्लेख छ । । यसअघि महिलाका लागि ३३ प्रतिशत सहभागिता भनिएकोमा अब दलितलगायत सबैको समानुपातिक आरक्षण हुने र अन्य विषयहरूमा वार्तामार्फत समाधान पहिल्याउँदै जाने सम्झौतामा छ

दलित अधिकारकर्मी तथा पूर्वसभासद विनोद पहाडीका अनुसार पासवानका माग पूरा गराउन आएका मन्त्री आचार्यले शान्तिपूर्ण आवाजको सुनुवाइ भएकाले प्रक्रियामा सहभागी हुन आग्रह गरे । आफ्नो सत्याग्रहको सुनुवाइ भएको भन्दै पासवानले खुसी व्यक्त गरे । ‘यो मेरो शान्तिपूर्ण न्यायिक आवाजको सुनुवाइ भएको दिन हो,’ उनले भने, ‘अब प्रक्रियामा फेरि सक्रिय हुन्छु ।’

http://kantipur.ekantipur.com/news/2015-09-15/20150915201259.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: