जागरण मिडिया सेन्टर

Home » दलित समाचार » दलित समुदाय राज्यको उच्च पदमा पुग्न सक्दैन्न भन्नेकुरा गलत हो — सभासद जितु गौतम

दलित समुदाय राज्यको उच्च पदमा पुग्न सक्दैन्न भन्नेकुरा गलत हो — सभासद जितु गौतम

सुनिता सुन्दास
२०७२, कात्तिक १६ जागरण मिडिया सेन्टर ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजका अध्यक्ष्य जितु गौतमले एमालेकी विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुनु राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्व हुने आधार खडा भएको वताउनुभयो ।
गौतमले नेपालको गणतान्त्रिक मुलुकमा पहिलो पल्ट महिला राष्ट्रपति हुनु सम्पुर्ण नेपाल र दक्षिण एसियामानै सकारात्मक ढंगले समावेसी प्रकृया अगाडि वढेको छ, भन्नुभयो । उहाँले पहिलो महिला राष्टप्रमुख विद्या भण्डारी भएपनि दलित आन्दोलनमा महिलाले पनि स्थान पाउन सक्ने सम्भावनाको ढोका खुलेको छ भन्नुभयो ।
मुलुकले नयाँ संविधान पाएपछि पहिलो महिला राष्ट्रपति हुनु यो ऐतिहासिक छनक हो । संविधानले समानुपातिक प्रतिनिधीत्वको ग्यारेण्टी गरेको छ, उहाँले भन्नुभये यो कुराले दलित आन्दोलनका मुख्य मुख्य मुद्धालाई सम्वोधन गर्ने संकेत देखिएको छ ।
संविधानसभाको सदस्य समेत रहनुभएका गौतमले राष्ट्रपति तथा उपराष्ट्रपति जस्तो राष्ट्रको गरिमामय उच्च पदमा दलित समुदायको पनि नाम सिफारिस हुनु सकारात्मक पक्ष भएको तर राजनीतिक दलहरुले दलित समुदाय राज्यको उच्च पदमा पुग्न सक्दैन्न भन्ने भ«म पाल्नु चाँही गलत हो भन्नुृभयो । दलित समुदाय राज्यको कुनैपनि निकायमा पुग्न सक्छन भन्ने कुरामा कुनै दुईमत छैन तर नयाँ संवधान आईसकेपछि पनि दलित समुदायको प्रतिनिधित्व यो सरकारको मन्त्रिपरिषदमा भएन भने यसले पुर्णता पाउन सक्दैन उहाँले भन्नुभयो ।
उता दलित नेता विनोद पहाडीले राजनीतिक दलहरुले दलितहरुको नेतृत्वको स्वीकार गर्न अझैं पनि कन्जुस्याई गरिरहेको वताउनुभयो । राजनीतिक दलहरु दलितहरुलाई सक्षम ठान्न नसकेको र सकरात्मक रुपमा लिन नसकेको यो घटनाले पनि पुष्टि गर्छ, उहाँले भन्नुभयो । राष्ट्रपति पदका लागि नेपाली काँग्रेसका मान वहादुर विश्वकर्मा र अरु केही दलितका नाम चर्चामा आएको थियो ।

यसअघि पनि गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति पदका लागि पनि दलितका केही मानिसहरुको नाम चर्चामा ल्याइएको थियो तर उम्मेदवारी दर्ता गराएर पनि चुनाव हुनु अगाडी फिर्ता लिन लगाईएको थियो ।
राष्ट्रपतिको चुनावमा नेकपा एमालेकी विद्यादेवी भण्डारीले ३२७ मत लिएर प्रतिद्धन्दी उम्मेदवार नेपाली काँग्रेसका केवी गुरुंगलाई हराउनु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: