जागरण मिडिया सेन्टर

Home » अन्य » इतिहासले बिर्सिएको एक गुमनाम देशभक्त – बाङ्गे सार्की

इतिहासले बिर्सिएको एक गुमनाम देशभक्त – बाङ्गे सार्की

काठमाडौँ । घटना विसं १८६६ हो जुनबेला अङ्ग्रेज फौजले नेपालमा आक्रमण गर्ने योजना बनाइरहेको थियो। त्यति बेला भारतको बेतियामा नेपाल जाने बाटो पहिल्याउ ननसकेर अङ्ग्रेजहरु त्यही रोकिएका थिए।

त्यही बेला उनीहरुले भेटे एक नेपाली बाङ्गे सार्कीलाई । अङ्ग्रेज फौजका अफिसरले उनलाई डाकेर नेपाल जाने बाटो आफ्नो फौजलाई देखाइ दिए घर, पैसा जे मागे पनि दिने प्रलोभन देखाए।

तर  गरिबीमा जति पिल्सिए पनि देशभक्ति भन्दा ठूलो अरुकेही नदेख्ने नेपाली सपुत बाङ्गे सार्कीले तुरुन्तै जवाफ फर्काए– ‘‘देशको बेइज्जत हुने काम मबाट कदापि हुन सक्दैन, तिम्रो सम्पत्ति मलाई चाहिन्न।’’

आशा गरे भन्दा बिल्कुलै उल्टो जवाफ उनीबाट आएपछि रिसले चुरभएका अङ्ग्रेज अफिसरले तुरुन्तै बाङ्गे सार्कीको ज्यान लिन आदेश थिए । उनलाई अङ्ग्रेजफौजले तत्काल त्यही ज्यान लिएका थिए । बाङ्गे सार्की   उसबेला घरायसी सामान लिन जानेक्रममा नेपालको सिमाना नजिकरहेको भारतको बेतिया सहरमा पुगेकाथिए ।

बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यही प्राणको आहुति दिए।

बाङ्गे सार्कीले देशलाई धोका दिएर बाँच्न चाहेनन्, बरु देशको हितका खातिर मर्नु नै उचित ठानेर बाङ्गे सार्कीले त्यही प्राणको आहुति दिए। नेपालको सार्वभौम सत्ता र अखण्डताका लागि दलित समुदायबाट जीवनको बलिदानी दिएका बाङ्गेसाकी समेतका यी एकाध प्रतिनिधि पात्रमात्र हुन्, जसको बारेमा आजसम्म कुनै इतिहासकारले कलम चलाउन सकेका छैनन्।

वि. सं २०५३ जेठमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गरेको ‘नेपालमा जातीय छुवाछूत नामक पुस्तकको पृष्ठ ६२ मा ‘नेपालको राजनीतिमा उत्पीडित जातिको सहभागिता’ शीर्षकको लेखमा बाङ्गे सार्कीको बारेमा एक अनुच्छेद उल्लेख गरिएकोछ । नरनाथ लुइँटेल, माधवपन्थी, पद्मलाल विश्वकर्मा र रविमान लम्जेलले सम्पादन गर्नुभएको सो पुस्तकमा बाङ्गे कुन जिल्लाका थिए भनेर उल्लेख भने गरिएको छैन्।यस पुस्तकका सम्पादक पद्मलालविश्वकर्माले बाङ्गे सार्की तनहँुको भएको बताएका छन्।

त्यसै गरी तत्कालीन नेकपा (माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चाको वि सं २०६२ पुस २७ देखि माघ १ गतेसम्म भएको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत एवम् परिमार्जित राजनीतिक प्रतिवेदनमा पनि एक अनुच्छेद उल्लेख गरिएकोछ । तर त्यहाँ पनि उनी नेपालको कुन जिल्लाका थिए भन्ने कुुरा उल्लेख गरिएको छैन् ।

उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवानै स्पष्ट हुन सकेका छैनन्।

उनी कुन जिल्लाका थिए भन्ने विषयमा दलित आन्दोलनका अगुवानै स्पष्ट हुन सकेका छैनन्। एकीकृत नेकपा (माओवादी) का नेता शङ्कर दुलाल, नेकपा–माओवादीका नेता पर्शुराम रम्तेल, सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्मा लगायको भनाइमा बाङ्गे सार्की गोरखा जिल्लाका थिए।

दलित आन्दोलनका अगुवा विनोद पहाडी सम्पादक रहेको ‘नेपाली मञ्च’२०६३सालको भदौ महिनाको अङ्कको मध्य पृष्ठमा काले सार्की, विसे नगर्ची, जसवीर कामी, मणिराम गाइने र बाङ्गे सार्की समकालीन भएकोउल्लेख गरिएको छ । कालेसार्की, विसेनगर्ची, जसवीर कामी र मणिराम गाइने गोरखाको भएको र बाङ्गे सार्की कै समकालीन भएको हुँदा बाङ्गेको जिल्ला पनि गोरखा नै हुन सक्ने सङ्घीय समाजवादी पार्टी नेपालका उपाध्यक्ष दानबहादुर विश्वकर्माको अनुमान छ ।

बाङ्गे सार्की पछि आफू करिब १२/१३ औँ पुस्ता भएको दाबी गर्ने कञ्चनपुर–१ दैजीकानन्द सिंह सार्कीले उनका पुर्खाले भने अनुसार बाङ्गे सार्कीको जिल्ला सुदूरपश्चिमको कैलाली भएको बताए।

बाङ्गे सार्कीलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटक पटक सोध्दापनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुई वटाहातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो,

उनले भने,“बेतियामा बाङ्गे सार्कीलाई अङ्ग्रेजहरुले नेपाल जाने बाटो पटक पटक सोध्दापनि नबताएपछि उनलाई गिफ्तारपछि कुटपिट गरी मानसिक दबाब दिँदै रुखमा दुई वटाहातमा किल्ला ठोकेर गोलीको निसाना बनाइएको कुरा मलाई बुढापाकाले सुनाउने गर्नुहुन्थ्यो, तर मसँग कुनै लिखित दस्तावेज छैन्।”

बाङ्गे सार्कीका बारेमा इतिहास विद्डा त्रिरत्न मानन्धर, तुल्सी राम वैद्य, प्रा. दिनेशराज पन्त, डा. दिनेशचन्द्र रेग्मी समक्ष जिज्ञासा राख्दा ‘इतिहासमा कहीँ कतै नाम नसुनेको’जानकारी दिए।वि.सं १८७१ मा नेपाललाई अङ्ग्रेजले आक्रमण गरेको समयको वरिपरि भएको हुँदा बाङ्गे सार्कीलाई त्यही समयमा मारिएको हुन सक्ने अनुमान इतिहासकारहरुको छ।

त्यसै डा.  राजेश गौतम र प्रा. डा. सुरेन्द्र केसीले बाङ्गेको बारेमा कतै पत्रपत्रिका र पुस्तकमा पढ्न पाएको तर उनको बारेमा विरलै सुन्ने गरेको बताए। दलित आन्दोलनका अगुवा पदम सुन्दास, तिलक परियार, जीवन परियार लगायतले घटना वास्तविक भएको तर सम्पन्नवर्ग, सत्तापक्ष र गैरदलितले गरेको योगदान मात्र  इतिहासले खिने हुँदा बाङ्गे सार्कीको बारेमा इतिहास नलेखिएको भन्दै गुनासो गरे ।
पदम सुन्दासले भने– “पुर्खाले विभिन्नकाल खण्डमा इतिहासको माग अनुसार देश बचाउन बलिदानी गरेको हुँदा आज हामी वीर नेपाली भनेर संसार भरी चिनिएका छौँ, त्यसैले खोजी नीति गरेर पुर्खाको इतिहास जिवित राख्नुपर्छ।”

बाङ्गे सार्कीको बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैर सरकारीसङ्घ/संस्थाले वा दलित आन्दोलनले अहिलेसम्म कुनै खोजी नीति गरेका छैनन् ।

दलित समुदायका राष्ट्रप्रेमी व्यक्तित्व बाङ्गे सार्कीको बारेमा राज्य, सरकार, राजनीतिक दल, तीनका दलित भ्रातृ सङ्गठन, दलित समुदायको अधिकारका लागि लड्ने सरकारी गैर सरकारीसङ्घ/संस्थाले वा दलित आन्दोलनले अहिलेसम्म कुनै खोजी नीति गरेका छैनन् ।

उनको बारेमा पछिल्लो पटक सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले उनको खोजी नीति गरी प्रथम राष्ट्रिय वीर सहिद घोषणा गर्नु पर्ने माग गर्र्दै प्रधानमन्त्री, मन्त्री तथा विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाइसके पनि अझ सम्म कुनै सुनुवाइ हुन सकेको छैन्।

केन्द्रीय कमिटीका अध्यक्ष जेवी धौलाकोटीले यति ठूलो स्वाभिमान भएका उनी कुन जिल्लाका थिए ? उनका सन्तान कहाँ छन् ? सन्तानलाई राज्यले के दियो बन्नेबारेमा राज्य र सरकारले खोजी गर्नु पर्ने माग गरे।

नेपाली दलित आन्दोलनमा मात्र नभई सिङ्गो नेपालको राष्ट्रियताकै आन्दोलनमा बाङ्गेसार्कीलाई सम्मान गर्न सकिएन भने नेपालको इतिहास अधुरो रहने छ। यस प्रति राज्य, इतिहासकार, दलित हित सम्बन्धी सङ्घ संस्था, स्वयम् दलित समुदाय र समस्त देश भक्त स्वाभिमानी नेपाली जनता सचेत र सक्रिय हुन जरुरीछ ।

स्रोतः रासस

बाङ्गे सार्की

मुक्तान थेबा

ईतिहास–
किर्तेहरुको जालसाजीमा परेपछि
धुर्तहरुले थापेको ढडियामा थुनिएपछि
तिम्रो नामजस्तै
बाङ्गिँदो रहेछ बाङ्गे दाइ
नत्र
अंग्रेजसामु बिछट्ट गर्जेको तिम्रो हुङ्कार
र गिँडिएको तिम्रो शीर
किन भेटिएन त्यो ईतिहासमा ?
किन ठहरिएनौ तिमी वीर– सपुत?
र, ठडिएन तिम्रो सालीक?

किन कि
तिमी सार्की थियौ– सार्की
एक अछुत
अछुतले देशभक्ती प्रदर्शन गर्नु अपराध थियो
आछुतले छोए पछि देशभक्ती पनि अछुत हुन्थ्यो
र त तिम्रो देशभक्ती ठहरिए– अछुत
अछुतको देशभक्ती लेखिएको ईतिहास पनि
अछुत हुन्थ्यो
र त ईतिहासको कुरुप अनुहारबाट
पखालियो तिम्रो बहादुरी

तिम्रो लागि तोकिएको काम–
कुहिएको सिनो तास्नु
खुरुखुरु छाला घोट्नु
कोमल पाउ टेक्ने
जुत्ता–चप्पल सिउनु
देश जस्तै रथको पाङ्ग्रा कस्नु
र साहेबहरुको स्वस्तिमा ढाड कुप्राउनु थियो
तर तिम्ले
आफ्नो शिरको नैबेद चढाएर
देशको शिर उभ्यायौ
र त्यसैको बक्सिस्
तिम्रो नाम गुम्नाम राखेर
पागल झैँ बपौती ईतिहास
एक्लै–एक्लै खित्काइरह्यो

अचेल म
आँखाको ढकनी खुल्लै राखेर निदाउँछु
घाम आकारको अरास्ट्रिय सपना देख्छु
सपनामा तिम्लाई देख्छु
तिम्रो बलिष्ठ शरीर
र स्वाभिमानी टाउको देख्छु
अंग्रेजसामु चट्टानझैँ उभिएर
देशभक्ति सुनाइरहेको एउटा आगो देख्छु
कायर अंग्रेजले गिँडेको तिम्रो टाउको देख्छु
तिम्रो रगत लतपतिएको बेतिया देख्छु
र देख्छु
तिम्रो बहादुरीको ईतिहास लुकाएर
निर्बस्त्र
झुटो ईतिहासमा तोक हान्ने निर्लज्जा अनुहारहरु

बाङ्गे दाइ !
तिमी ती सब निर्लज्जाहरु कुल्चेर
निर्धक्क एक्लै उभिएको
एउटा पहाड हौ– पहाड !!

http://www.khabardabali.com/2015/11/46861/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: