जागरण मिडिया सेन्टर

Home » अन्य » कुवेतमा मानसिक सन्तुलन गुमाएकी नेपाली महिला डेढ बर्षदेखि अस्पतालमा

कुवेतमा मानसिक सन्तुलन गुमाएकी नेपाली महिला डेढ बर्षदेखि अस्पतालमा

प्रदिप नेपाली

२०७२ मंसीर १७ गते, कुवेत-जागरण मिडिया सेन्टर ।

12336227_564495797037346_452702378_nभारतीय बाटो हुदै करीब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला डेढ बर्षदेखि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी छिन |

बंगाली नागरिकसग रहदै आएकी अनीशा बिक नाम गरेकी नेपाली महिला करिब डेढ बर्ष पहिले बंगाली नागरिकले मानसिक तथा शारीरिक यातना दिन थालेपछि बिष सेवन गरेकी खुलेको छ | बिष सेवन गरेकी उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको भएपनी अस्पतालमा उनका आफन्त कोही नगएकाले पहिचान नखुलेको पाइएको हो |

अन्दाजी २३/२४ बर्षकी युबतीको पासपोर्ट नम्बर चेक गर्दा नाम र उनको स्पोन्सर साउदी नागरिक भएको पत्ता लागेको एनआरएनए कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाड़े (रवी बन्जाड़े) ले जानकारी दिएका छन | स्पोन्सर कुवेतमा भाडामा बस्ने भएकाले स्पोन्सर मुलुक फर्किएको हुनाले थप समस्या भएको छ उनि कुन जिल्ला र गाबिसकी हून पत्ता लागेको छैन मानसिक सन्तुलन गुमेकाले स्पष्ट रुपमा आफ्नो बिबरण बताउन सक्दिनन | दाबी गर्ने ब्यक्ति आए नेपाल फर्काउने वातावरण मिलाउने नेपाली दुताबास कुवेतले आश्वसन दिएको छ कोही आफ्ना-आफन्त भए वा उनलाई चिन्नुहुने जो कोहीले छिटो भन्दा छिटो सम्पर्क गर्न पनी बन्जाड़ेले भनेका छन | अहिले ऊनि न त आफ्नो जन्म स्थान बताऊन सक्छिन न त कोही चिनजानको मान्छेको नाम लिन सक्छिन ऊनि आफ्नो घर कहिले सिन्धुपाल्चोक भन्छिन त कहिले पाल्चोक भन्छिन | ऊनि केही बर्षदेखि इलीगल भई बसेकी थिइन |

Source: http://himalnepal.com/prabas/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: