जागरण मिडिया सेन्टर

Home » अन्य » भूकम्पमा परी मृत्यु भएका दलित परिवारलाई राहत

भूकम्पमा परी मृत्यु भएका दलित परिवारलाई राहत

२०७२ मंसीर २८ गते जागरण मिडिया सेन्टर ।

२०७२ बैसाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका गोरखाका ५३ जना दलितका परिवारलाई जनही रु। ४००० । का दरले नगद राहत प्रदान गर्ने कार्य यही मंसिर २३ गतेका दिन गोरखा जिविस हलमा सम्मन्न भयो ।
उक्त रकम नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संंरक्षक तथा संयुक्त राजनीतिक दलित आन्दोलनका बभियन्ता रणेन्द्र बराली गत श्रावणमा अमेरीका पुगेको बखत त्यहाँ स्थित नेपाली संगठनहरू नासो कम्युनिटि, आइ।सी डी।आर, र ग्लोवल फोरम नेपाल लगायतका सदासयी मित्रहरूबाट र युरोपको बेल्जएिममा बस्ने रणेन्द्र बरालीका छोरा टकेन्द्र बराली र टकेन्द्र बरालीका साथी जुलियन दिपासेहरूबाट प्राप्त भएको थियो ।
राहत रकम प्रदान गर्ने सहृदयी दलित ब्याक्तित्वहरू ः अमेरिकाबाट
€ कृष्ण सोभ अमेरिकी डलर २००,
€ प्रकाश नेपाल अमेरिकी डलर १६१,
€ डी।बी सागर अमेरिकी डलर १५१
€ पूर्ण बराली अमेरिकी डलर १५०,
€ मनोज बिश्वकर्मा अमेरिकी डलर १५०,
€ दिपक नेपाली अमेरिकी डलर १०१,
€ जोन पोख्रेल अमेरिकी डलर १०१,
€ मनोहर बमरेल अमेरिकी डलर १००,
€ दिपकजङ्क विश्कर्मा अमेरिकी डलर ५०,
जम्मा डलर ११६४, नेपाली रु १,१९२८६,९तत्काल साट्दा०
यूरोपबाट टकेन्द्र बराली, जुलियन दिपासे र अन्यसाथीहरूबाट प्राप्त ने। रु १,०१०००,
जम्मा रु २२०२८६,
अन्तर पार्टी दलित सन्जाल गोरखाले आयोजना गरेको ‘नेपालको संविधानमा दलितका अधिकार’सम्बन्धि कार्यक्रममा जिल्लाभरका दलित संघसंस्थाका प्रतिनिधि र भुकम्प पीडितका परिवारजनहरूलाई आमन्त्रण गरिएको भेलाको अवसरमा सो रकम हस्तान्तरण गरिएको थियो ।
उक्त कार्यक्रम संविधानसभा सदस्य तथा नेपाली कंग्रेसका केन्दीय सदस्य माननीय जीवन परियारको प्रमुख आतिथ्यमा र नेपाल सरकार स्थानिय विकास मन्त्रालय उपेक्षित उत्पीडित दलित बर्ग उत्थान विकास समितिका उपाध्यक्ष मुक्तबहादुर मोहते, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तथा नेकपा माओबादीका केन्द्रीय सदस्य पूर्व सांसद प्रशुराम रम्तेल र रणेन्द्र बरालीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । अन्य अतिथि हरूमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्दीय सदस्य तथा नेकपा एमालेका जिल्ला पार्टी सचिप कृष्न नेपाली, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक दिलबहादुर सेनचुरी, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका के।कार्यालय सदस्य हितमान सुर्खेती नेपाल दलित संघका केन्द्रीय सदस्य ईस्वर परियार लगायत हुनुन्थ्यो ।
विदेशबाट उक्त राहत रकम प्रदान गर्ने एवं सो कार्यमा सहयोेग पु¥याउने संस्था र ब्यक्तिहरूलाई तथा हस्तान्तरण ब्यवस्था गर्ने आयोजकहरूलाई धन्यवाद दिँदै रणेन्द्र बरालीले भन्नुभयो ः महाँ भूकम्पका कारण अत्यन्त बिक्षिप्त भइ विपत भोगी रहेका मृतकका परिवार जनलाई यो रकम कुनै ठूलो राहत होइन । तथापि स्वदेश तथा विदेशमा बसेका दलित समुदाय एवं सम्बन्धित संस्थाहरूको तर्फबाट हार्दिक सहानुभुति र समवेदना रहेको सन्देश मात्र हो । विपतको घडीमा भूकम्प पिडीतहरूप्रति विदेशमा रहेका नेपाली दलितहरूको स्नेह र नेपालमा रहेका दलित संस्थाहरूको न्यानोमायाँ रहेको कुरा केही मात्रामा भएपनि ब्यबहारतः सावित गर्न पाएको र प्राप्त रकमबाट कुनै मसलन्द खर्च नगरी जतिका तति पीडितका हात प्रदान गर्न सफल भएकोमा समेत आफू गौराम्वित भएको बरालीले बताउनु भयो । अन्य अतिथिहरू एवं विशेष आतिथि र प्रमुख अतिथिले यसबारे महत्वपू अन्तव्य राख्नु भएको थियो ।
तत्काल उपस्थिति हुन असमर्थ मृतकका परिवारलाई स्थानीय दलित संयन्त्र र जिविसका प्राविधिक प्रमुख ९डी।ई।० सहदेव भण्डारीका जिम्मामा सम्बन्धित ब्यक्तिहरूलाई प्रदान गर्ने गरी हस्तान्तरण गरीएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: