जागरण मिडिया सेन्टर

Home » अन्य » वादी महिलालाई सहयोग गर्दै क्यारोला

वादी महिलालाई सहयोग गर्दै क्यारोला

२०७२ पुस १६,जागरण मिडिया सेन्टर ।

काठमाडौं: स्विडिस गायिका क्यारोला ह्याग्भिस्ट नयाँ वर्ष मनाउन नेपाल आएकी छिन्। यही क्रममा उनले नेपाली वादी महिलाको सहयोगार्थ काम गरिरहेकी छिन्।
विगत पाँच वर्षदेखि वादी महिलाको लागि अर्थ संकलन गर्दै आएकी उनले बिहीबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सांगीतिक प्रस्तुति दिनेछिन्।लाइट हाउस फाउन्डेसन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्यारोलाले आफू नेपालको आवाज बन्न चाहेको बताइन्।
‘संसारका सबै महिला बराबर हुन्, नेपालको महिलाको अवस्था उकास्न सहयोग गर्न चाहन्छु’, उनले भनिन्, ‘नेपालको लागि खुसीको माध्यम बन्न चाहन्छु।’ राम्रो मन भएका नेपालीसँग नयाँ वर्ष मनाउन आएको बताउँदै उनले ‘वी क्यान चेन्ज द वल्र्ड’ र ‘क्यान वि मेक अ चेन्ज’ बोलका दुई गीत सुनाइन्।
पहिलो पटक वादी महिलाको बारेमा सुन्दा आफ्नो ‘हार्ट ब्रेक’ भएको अनुभव सुनाइन्। उनले दुई वर्षमा १० लाख अमेरिकी डलर संकलन गर्ने प्रतिज्ञा गरेकी छिन्।
जुन रकमले लाइट हाउस फाउन्डेसनको सेल्टरमा रहेका वादी महिला र बालबालिकाको बसोबासका लागि घर बनाइनेछ। यस संस्थाले सात सय ५० महिला र बालबालिकालाई सेल्टर प्रदान गरिरहेको छ। जसमा पाँच सय महिला वादी समुदायका छन्।

– See more at: http://annapurnapost.com/News.aspx/story/24235#sthash.8o3QRXea.dpu

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: