जागरण मिडिया सेन्टर

Home » अन्य » फरार बलात्कारी पक्राउ

फरार बलात्कारी पक्राउ

दिनेश गजमेर

२०७२ चैत्र २७, धरान-जागरण मिडिया सेन्टर

दलित बालिकालाई बलात्कार गरि फरार रहेका धरान २७ पटनालीका सुजन माझीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
फागुन १२ गते बिहान २ बजे १२ वर्षिय बालिकाको घरमै बलात्कार गरि फरार रहेका माझीलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उनलाई काठमाण्डौं स्थित बुढानिलकण्ड वृत्तको टोलिले बुधबार पक्राउ गरि विहिबार ईलाका प्रहरी कार्यालय धरानको जिम्मा लाएको हो । माझीलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा म्याद थप गरिएको डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
माझीले ६ वर्ष अघि पनि एक महिलालाई बलात्कार गरि गरगहना लुटपाट गरेका थिए । माईत हिडेकी महिलालाई स्थानिय बगुवा खोलामा बलात्कार गरि उनको साथबाट सुन समेत लुटेर फरार भएका थिए । लामो समय फरार रहे पछि गाउँमा आएका बेला स्थानियले घटना गाउँमै मिलाएका थिए । उनलाई गाउँका राजनितिक पार्टीको संरक्षण मिलेकै कारण उनी बच्दै आएका छन् । उनी एनेकपा माओवादी निकट कार्यकर्ता रहेको स्थानियको भनाई छ । साधारण सामाजिक कार्यमा पनि संलग्न रहेकाले गाउँलेको संरक्षणमा रहने गरेको पिडित परिवारको भनाई छ ।
अहिले भने पिडित परिवारले दिएको उजुरी दर्ता भैसकेको छ । उनलाई जबरजस्ती करणी उद्योग अन्र्तगत मुद्धा दर्ता गरिएको छ । स्थानिय सामुदायिक विद्यालयमा कक्षा ५ मा अध्ययरत बालिकालाई घरमा बिरामी हजुरआमा मात्रै रहेको मौका पारि माझीले बलात्कार गरेका थिए । यस पटक पनि घटनालाई गाउँमै मिलाउन विभिन्न राजनितिक पार्टीका नेता, आमा समुहले दबाब दिएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: