जागरण मिडिया सेन्टर

Home » अन्य » दलित भएकै कारण नियुक्ति रोकियो

दलित भएकै कारण नियुक्ति रोकियो

वीरु दर्नाल

२०७२, चैत्र ३०, जागरण मिडिया सेन्टर

11352-20160411081809.jpgझापा बाहुनडाँगीकी एक दलित महिला रोजगारी पाउनबाट बन्चित भएकी छिन्  । स्थानीय स्वास्थय चौकीमा खाली रहेको पियन पदको दरबन्दी आव्हान भएकोमा उनले निवेदन दिएकी थिइन् । सफल पनि भइन् । बधाईको ओइरो आउन थाले । तर उनको त्यो बधाई धेरै दिन टिक्न सकेन । कारण थियो उनको नियुक्ति रोकिनु ।

आर्थीक अवस्था कमजोर र स्थानीय भएकै कारण कर्मचारी छनौट समितिले भिमकुमारी विश्वकर्माको नाम सिफारिस गर्यो । ८ हजार ३ सयको सेवा सुविधामा काम गर्ने सहमति सहितको फायल जिल्ला जनस्वास्थ्य कार्यालय पठाइयो । भिमकुमारीको नाम सिफारिस भएको खबरसँगै उनको सिफारिस बदर गरी पाउँ भनी केहि स्थानीयको हस्ताक्षर सङ्कलन भएको समेत त्यहाँका कार्यालय प्रमखले देखाए । त्यसैवीच केहि प्रकृया अपुुग भएको र पुरा गरेर ल्याउन भन्दै जिल्ला कार्यालयले त्यो फायल  फर्कायो । छनौट समितिले पुनः केहि सच्याएर उनकै नामको सिफारिस पठायो । समय वित्दै गयो , नियुक्ति पत्र आएन ।

यसबारेमा बाहुनडाँगी स्वास्थ्य चौकी कार्यालय प्रमुख अभिनन्दनप्रसाद देवसँग बुभ्mदा भिमकुमारीकै नाममा नियुक्ति पत्र आउनु पर्छ देवले भनेर आप्mनो बचाउ गरे । त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहतालाई टेलिफोन सम्पर्क गरेर बुभ्mदा यो कुराको बारेमा प्रशासन प्रमुखसँग कुरा गर्न भने ।

प्रशासन प्रमुख देवराज कार्कीलाई सम्पर्क गर्दा यसै सिफारिसको आधारमा नियुक्ति दिए ठुलो विरोध आउन सक्छ ।  यो कुरा भन्न केहि अप्ठ्यारो छ । अभैm पनि केहि सच्याएर ल्याउन भनेर फायल फिर्ता पठाएको कुरा कार्कीले बताए ।

भिमकुमारीको नियुक्तिलाई बदर गराउन स्थानीय स्वास्थ्य चौकी प्रमुखदेखि जिल्लासम्मका कर्मचारीहरुको षडयन्त्र रहेको स्थानीय दलित अधिकारकर्मीहरुको आरोप छ । सबै प्रकृया पुरा गरेर पनि एक योग्य महिलाले राज्यको निकायमै रोजगार पाउनबाट बन्चित हुनु लोकतन्त्रकै खिल्ली उडाउएको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

जातिय विभेदको नाममा घुमाउरो ढंगबाट विभेदको शिकार बनाउन लागिएकोप्रति दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको बताउछन्  एक दलित नेता । अभैm पनि राज्यको कर्मचारी तन्त्रबाटै विभेदको नाटक गरिन्छ भने त्यस्ता गलत कृयाकलापको विरुद्ध कडा आन्दोलन गरिने भन्दै एक नेताले आक्रोस व्यक्त गरे ।
http://www.sajhamanch.com/society/11352.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: