जागरण मिडिया सेन्टर

Home » अन्य » काठमाडाैंका सडकमा मानिस रुवाउथें -रुविन गन्धर्व

काठमाडाैंका सडकमा मानिस रुवाउथें -रुविन गन्धर्व

२०७३ वैशाष् ७ गते, जागरण मिडिया सेन्टर

 1460629795front_news3 (1)

गोरखाको ऐतिहासिक ठाउँ लिगलिगकोटमा जन्मिएका हुन्, रुविन गन्धर्व । रमाइलो संयोग नै मान्नुपर्छ, शाहवंशको उदय भएको लिगलिगकोटका जन्मिएका रुविनपछि त्यही वंश अन्त्य गर्ने क्रान्तिको अग्रमोर्चामा गणतन्त्रका गीतहरु गुन्गुनाउन थाले । उनले गीत गुन्गुनाएनन्, मात्र परिवर्तनको विगुललाई शब्दमा उनेर मानिसहरुलाई जगाउने काम गरे । त्यसैले, त ९ वर्षदेखि काठमाडौंका सडकमा मायाप्रीतिका गीत गाउने एक बालक १५ वर्षको उमेरमैं ‘लोकतान्त्रिक गायक’का रुपमा चिनिए जनआन्दोलन ०६२÷०६३ मा काठमाडौंका सडक पेटी, चोक र गल्लीहरुमा रुबिन गुन्जिए, दाजु मा¥यौं भाउजु नि मा¥यौं  फोकटमा राजगद्धी हात पा¥यौं  माइला नानी रै’छौं बेइमानी  ……………. इटको जवाफ पत्थर दिनेछौं  यो दमनको बदला लिनेछौं माइला नानी रै’छौं बेइमानी जनआन्दोलनमा रुबिनले जब यो गीत गाउथे, कोही भावुक बन्थे, कोही ताली पिट्थे । मानिसहरुको चर्को भीड ओइरिन्थ्यो उनलाई सुन्नका लागि । जनआन्दोलन चलिरहेका बेला उनले रत्नपार्क, माइतीघर मण्डला, हनुमानढोका, कृष्ण मन्दिर, नयाँ बानेश्वर चोकलगायत धेरै ठाउँमा गीत गाए । बालक रुविन ‘सडकका सेलिब्रेटी’ बनें, जसबाट प्रहरी प्रशासन तर्सियो । पुलिसले उनलाई कति ठाउँमा गीत गाउन मात्र रोकेन्, कयौ पटक पक्रेर ककनी र भीमफेदी पु¥याएर छोडिदियो । तर, उनी पुःन फर्के र आन्दोलनको मोर्चामा गाउन थाले । दुई पटक उनको परिवर्तनका गीतमा धुन भर्ने सारङीमाथि नै प्रहरीको बुट र लाठी वर्षियो । ‘त्यतिबेला मैले आफूलाई कन्ट्रोल गर्नै सकिन्, बेस्सरी रोए,’ हालैको एक मध्यान्ह ठमेलको एक क्याफेमा बसन्तयामको संघर्षका स्मृतिहरु खोतल्ने क्रममा उनले भने, ‘तिनै घटनाहरुले ममा शाहीसत्ताप्रति घृणा उत्पन्न गरायो ।’ जब भोलिपल्ट उनको सारङी फुटाएको खबर मिडियाबाट बाहिर आयो, त्यसपछि रुबिनका लागि सारङगी किनिदिन हजारौं हातहरु फैलिए । अवस्था यस्तो थियो—उनलाई मानवअधिकारका मान्छेहरु घेरेर बसेका हुन्थे । त्यसैले, प्रहरीले उनलाई पक्राउ गरेर थुनामा भने राख्न सकेन् । ‘पक्रेपनि महेन्द्र पुलिस क्बलमा केही घण्टा थुन्थ्यो र छाड्थ्यो,’ उनले भने । रुबिनले यो आन्दोलनमा अरु कयौं गीतहरु गाए, जसले आन्दोलनकारीको मनमा मसाल जगाउने काम ग¥यो । आन्दोलनका सक्रिय यी गायकको बालाजुचोकमा प्रहरीको कुटाइबाट खुट्टा नै भाचियो । तर, उनी बैशाखी टेकेर सारङगीलाई शाही सत्ता विरुद्धको हतियार बनाउँदैं मैदानमा डटिरहे । ‘धेरै साथीहरु सहिद हुनुभयो, धेरै घाइते हुनुभयो । त्यो आन्दोलनमा म पनि घाइते हुनु सामान्य हो,’ उनी जुझारु देखिए, ‘यसले मलाई अहिले पनि गौरव पनि दिन्छ ।’ ज्ञानेन्द्रको २०६१ को माघ १९ मा ज्ञानेन्द्रले ‘कू’ गर्दै सम्पूर्ण सत्ता हातमा लिएदेखि नै रुविन आन्दोलनमा सक्रीय रुपमा गीत गाउन थाले । उनको सक्रियता ११ बैशाखमा आन्दोलन विजयमा नसक्किदासम्म जारी रह्यो । उनी शीर्ष नेताहरुसँग जनआन्दोलनका गीत गाउन देशभरका प्रमुख शहरहरु पुगे ।

खुसी दिन राजधानी छिरेका ९ वर्षे बालक

गोरखामा जन्मिएका रुविनको पारिवारिक पेशा नै सारङगी रेट्नु हो । सारङ्गीको धुन र गलाको लयमै उनीहरुको जीविकोपार्जन जोडिएको हुन्छ । ‘मेरो बुवा, हजुरवुवा र त्योभन्दा अगाडिको पिढीको पेशा नै सारङी रेट्ने हो,’ रुविन हामीसँग गफिन थाले, ‘पारिवारिक पेशा नै सारङी बजाएर गाउँ—गाउँ हिड्ने हो ।’ रुविनका सानो हुँदा धेरै सपनाहरु थिएनन् । भएका पनि आर्थिक अभावको चेपमा नराम्ररी थिचिए । त्यसैले पढाइलाई ४ कक्षामैं 11895935_110030699347350_9175132199935740758_nबिट मार्दै रुविन घरको आर्थिक अभावका प्वालहरु टाल्ने टाँलो खोज्न काठमाडौं हानिए । ‘आर्थिक अवस्था एकदमै नाजुक थियो,’ टेबलमा राखिएको ब्ल्याक कफीको गिलासलाई ३६५ डिग्रीमा घुमाउँदैं उनी बोले, ‘पैसा कमाउन र परिवारलाई सुख दिन लागि ५६ सालतिर भागेर काठमाडौं आएँ ।’ सायद रुविनको जिन्दगी पनि त्यस्तै आकारमा घुमिरहेको छ, उनको घुमाएको ब्ल्याक कफीको गिलासजस्तै । काठमाडौंमा पनि उनका संघर्षका दिनहरु सुखद् रहेनन् । ‘ती दिनहरु एकदमै पीडादायी थिए, न त मसँग सारङगी थियो न त मेरो कोही आफ्नो भन्ने नै थियो,’ उनले दुःखको खोपिएको मनको डायरीबाट केही शब्द झिके । अनि, अलि पर हेरे । सायद विगत स्मृतिमा ताजा बनाउँदैं थिए कि ? गोरखाबाट साझा यातायातले ल्याएर कलंकीमा पुगे उनी । ठमेल जान चाहन्थे । तर, ९ वर्षको उमेरमा काठमाडौं उत्रिएको एक अबोध बालकको खुट्टाले ठमेल पनि नाप्न सकेन् । ‘ठमेल जान चाहन्थे, तर सकिन । त्यसैले बसपार्कमा आए, १५÷२० रात चिसो पेटीमा कार्टुनमाथि रात बिताए,’ अलि भित्तातिरको कालो अध्यारोतिर फर्किएर उनले भने, ‘तीन महिना खलासी बने । त्यसपछि ठमेल थाहा पाए ।’ ठमेल आएपछि भने उनका उनको दुःखका दिनहरु बदलिए । रुविन सारङ्गी बजाउन थाले । यसले महिनामा ४÷५ हजार उनको खल्तीमा पर्न थल्यो । ‘सारङगी जानेको थिए, जानेको काम गर्दा सहज हुँदो रहेछ, नजानेको काम पो गाह्रो त,’ जीवन बुझेको दार्शनिकले झैं उनी प्रकाश छिरिरहेको झ्यालको छिद्रतिर हेर्दै बोले । ‘विदेशीहरु पनि गीत गाएको मन पराएर पैसा दिन थाले,’ उनले सुनाए, ‘राम्रै कमाइ हुन थाल्यो ।’ यतिबेला उनले भृकुटीमण्डप, ठमेललगायतका ठाउँमा गीत गाए । कस्ता गीत गाउँथे त बालक छँदा रुविन ? भन्छन्, ‘सुरुमा माया प्रितिकै गीतहरु गाउँथे । ‘बल्ल प¥यो निरमाया माकुरी जालैंमा…’, जस्ता । सानोमा जस्तो गीत गाउँदा पनि सबैले मन पराउँदा रहेछन् ।’

जब सडकमा नै मानिसहरु रोएँ

२०५८ जेठ १९ राति राजदरबार हत्याकाण्ड भयो । यसले सारा देश शोकाकुल बन्यो । राजदरबार हत्याकाण्डपछि मंगल गन्धर्वले लेखेको गीतले रुविनलाई काठमाडौंका सडकमा ‘हिट’ मात्र बनाएन्, जो सुन्थे उनीहरुका आँखा आँशुले टिलपिल भइहाल्थे । २०५८ साल शुक्रबारको दिन 12644889_203556733328079_2707407449876680944_n श्री विष्णुको सवारी भो राजारानी लिन  विमान चढे राजारानी सबै छोराछोरी  आफ्नो भन्ने सबै लग्यौ माया जालको डोरी  म¥यौ राजा के नामको गोलीले  थाह पाएनन् सुरक्षा टोलीले   थाहा भयो देश विदेश मरे राजारानी  आज कहाँ उडी गयौं नेपालको धनी  बाघ, भालु, हात्ती गैडा निराजनका साथी  पशुपतिका बादर रोए लाएर ताँती  म¥यौ राजा के नामको गोलीले  थाह पाएनन् सुरक्षा टोलीले जब एक बालक राजधानीका सडकहरुमा यो गीत घन्काउथ्यो, मानिसहरु भक्कानिन थाल्थे । ‘म जब यो गीत गाउँथे धेरै मान्छेहरु भक्कानिएर रुन्थे,’ रुविनले त्यो समय सम्झे, ‘काठमाडौं सडकमै रुनेहरुको भिड लाग्थ्यो । कोही निकै भावुक बनेर रुमालले अनुहार छोप्थे ।’ रुबिनलाई सम्झना छ, सुरुसुरुमा गीत गाउँदैं उनी आफै पनि रुन्थे । ‘रानी ऐश्वर्या जन्मदिनमा चकलेट बाँडन लिगलिगकोटको हाम्रो स्कुलमै पुग्थिन,’ भावुक बनेका उनले भने, ‘त्यसैले सुरुसुरुमा म गीत गाउँदा आफै पनि रोएँ ।’ रुविनले यो गीतबाट धेरै पैसामात्र कमाएनन्, उनलाई माया गर्नेहरुको प्रशस्तै मानिस कमाए । रामकुमारी र गगनसँगले बदलेको बाटो राजदरबार हत्याकाण्डसँगै देशको राजनीतिमा ठूलै उथलपुथलहरु देखा परे । रुविनको जीवनमा पनि यो घटनाले परिवर्तन ल्याइदियो । ‘ज्ञानेन्द्र राजा भइसकेपछि जुन रुपमा राजदरबार हत्याकाण्डको छानविन हुनुपथ्र्यो,’ रुविनले जनआन्दोलन विशाल हुँदैं जानुको कारण खोले, ‘आफ्नै दाइको बंश मासिएको कुरालाई इग्नोर गर्दै जानुभो । उहाँले छानविनमा ध्यान दिनुभएन । जसका कारण उहाँप्रति नकरात्मक धारणा बढ्दै गयो ।’ रुविनको पनि आन्दोलन गरिरहेका रामकुमारी झाँक्री, गगन थापा र चन्द्र शाहीजस्ता युवाहरुसँग भृकुटीमण्डपमा भेट हुन थाल्यो । उनीहरु जनआन्दोलनका गीत गाउन आग्रह गर्न थाले । ‘म काठमाडौंमा 1460629795front_news3 (1)गाडीमा, बाटोमा सारङगी बजाउँदैं गीतबाटै जीविकोपार्जन गर्थे,’ उनले सुनाए, ‘त्यो क्रममा भृकुटीमण्डमा जाने त्यहाँ ल क्याम्पस, आरआर र विश्वभाषा क्याम्पसमा राजनीतिक दलका भातृ संगठनका नेताहरु रामकुमारी झाँक्री, गगन थापालगायतहरु आन्दोलनको तयारी गर्थे ।’ ‘सुरुमा जाँदा म बुझेर गएको होइन्, रमाइलोका लागि गएको हो । मान्छे धेरै देखेपछि गीत गाउन नि पाइने रमाइलो नि हुने भनेर जान्थे । यही क्रममा उनी सुदेश पराजुली, प्रेम प्रधानहरुसँग घुलमिल भए । ‘यसले मेरो चेतनास्तर वृद्धि भयो अनि आन्दोलनमा लागे,’ उनले सुनाए, ‘जनआन्दोलन सुरु हुँदा चाहिँ म १४÷१५ वर्षको थिए ।’ रुविनलाई विद्यार्थी नेताहरु आन्दोलनका गीत लेखेर गाउनका लागि आग्रह गर्न थाले । ‘उहाँहरु गीत लेखेर दिनुहुन्थ्यो, म त्यही गीत गाउन थाले,’ उनले परिवर्तनका गीत गाउने यात्राबारे सोधिएको प्रश्नमा भने, ‘टीका दाइले मलाई शब्दमा सघाउनुभयो, लय आफै बनाउथे ।’ रुविनले गाएका आन्दोलनका गीतहरु जब राजधानीमा खुबै मन पराइन थाले त्यसपछि देशभरबाट उनको माग हुन थाल्यो ।

‘गिरिजा होइन्, म नै कमाण्डर हुँ भन्ठान्थे’ उनले शाही सत्ता विरुद्ध आन्दोलनमा रहेका शीर्ष नेताहरुसँगै देशका विभिन्न ठाउँमा जनसभामा गीत गाए । ‘देशका प्रमुख सहरहरुमा गीत गाएँ,’ उनले सुनाए, ‘पोलिटिकल पार्टीहरुले देशभरका कार्यक्रमहरुमा लगे ।’ गिरिजाप्रसाद कोइराला, माधव नेपाल, केपी ओली लगायतका नेताहरुसँगै उनी देशका प्रमुख सहरका कार्यक्रममा गाउन पुगे । ठूला नेताहरुसँग यात्राले कस्तो अनुभूति दिलायो ? भन्छन्, ‘त्यो बेला मलाई खासै केही हुन्थेन, को के हो भन्ने पनि मतलब थिएन्, पत्रपत्रिकामा नाम देख्दा म आफै हो कमाण्डर भन्ने लाग्थ्यो ।’ गिरिजाप्रसाद कोइराला, माधव नेपाल कार्यक्रममा आफैसँग लान उनको घरमै गाडी पठाउँथे, रुबिन उनीसँगै प्लेनमा विभिन्न सहरहरु पुगे, जहाँ जहाँ नेताहरु पुगे । ‘मलाई यिनीहरुको अभिन्न अंग हुँ भन्ठान्थे,’ उनले गर्वित श्वरमा भने । नेताहरु रुबिनलाई खर्चका लागि पैसा उनकै कोठामा पठाइदिन्थे, जसबाट उनले कोठाको भाडा तिर्थे । रमाइलो प्रसंग, अहिलेका प्रधानमन्त्री केपी ओलीसँग विराटनगरको कार्यक्रम सकेर रुबिन पनि इलाम गए । ‘फिक्कलमा बसेर चिया खान थालेपछि उहाँ एकदमै रोमान्टिक हुनुभयो,’ रुबिन सम्झन्छन्, ‘सानो मायाप्रीतिका यस्ता गीत गाएको थिए भनेर उहाँ रोमान्टिक हुनुभयो त्यो क्षण स्मणीय छ ।’

गीतमा ज्ञानेन्द्र विरोध कसरी ज्ञानेन्द्र विरुद्ध गीत गाउन प्रेरित भए उनी ? कसरी जन्मे ती गीतहरु ? रुबिन जोशिला देखिए, ‘त्यो माहोल नै त्यस्तो थियो । पुलिस र सेनाको ज्यादतीले पनि धेरै उक्साइरहेको थियो । म कति ठाउँमा जाँदा रुविन गन्धर्वलाई गीत गाउँनै दिनुहुन्न भनेर रोकेर पठायो ।’ अभिब्यक्ति स्वतन्ता नै नदिएपछि उनी झन प्रतिरोधी बने । ‘मेरो जीविकोपार्जन नै नहुने अवस्था आयो,’ उनले कठोर आन्दोलनका दिनहरुबारे भने, ‘मैले यसका विरुद्धमा गाउनै पर्छ भन्ने मनस्थिति बन्यो ।’ राजदरबार हत्याकाण्ड र त्यसपछिको जनआन्दोलन नभएको हुँदो हो त रुविन यतिबेला के गरिरहेका हुँदा हुन् ? ‘त्यो अवस्था सिर्जना नभएको भए म ठमेलमै सारङ्गी बजाइरहेको हुन्थे, अहिले पनि बजाउछु’ उनले भने, ‘रुविन गन्धर्व भनेर धेरैले चिन्दैनथे होला । केही विदेशीहरुले चिन्थे होलान ।’

जनआन्दोलनको म्याण्डेट रुविनकाअनुसार जनताले सोचेकोजस्तो संविधान, विकास, राजनीतिक स्थायीत्व जनआन्दोलनको मुख्य म्याण्डेट थियो । तर, जनआन्दोलनले दिएका यी सबै म्याण्डेडहरु पूरा नभएको उनको गुनासो छ । ‘हामीले केही उपलब्धि त पायौं तर जति पाउनुपथ्र्यो त्यो सकेनौं,’ उनले आफ्नो गुनासो सुनाए, ‘राजनीतिक दलहरुले जनतालाई खुशी राख्न सकेनन् । आन्दोलनमा जागेका सारा जनतामा दलहरुप्रति फ्रस्टेशन भइसक्यो ।’ उपलब्धि भएपनि जनतालाई सन्तुष्टि दिने उपलब्धि नभएको उनले बताए । त्यसो भए अब के गर्नुपर्छ त ? ‘अबको आवश्यकता विकास हो । यो संविधानलाई कार्यान्वयनमा लैजानुपर्छ । मधेशी जनताका उचित मागहरु सम्बोधन गर्नुपर्छ र नेपाली जनतालाई सुख दिनुपर्छ,’ उनले परिपक्व उत्तर दिए ।

के गुमाए, के पाए ? जनआन्दोलनपछि के फेरियो त उनको जीवनमा ? भन्छन्, ‘त्यो बेला साथीहरु धेरै थिए, माया गर्ने मान्छे धेरै थिए, भेटघाट धेरै थियो । अहिले ठमेलको साँघुरो घेरामा छु । चिन्न त धेरै साथीहरुले चिनेका छन् । तर, अहिले उति भेटघाट हुँदैंन । पहिले मेरो जीवन बृहत थियो, अहिले साँघुरो घेरामा छ ।’ रुविनसँग दिनदिनै भेट हुने साथीहरु अहिले कहाँ पुगे त्यसको लेखाजोखा पनि छैन् । अहिले पनि उनको जीवनमा खासै ठूलो परिवर्तन आएको छैन । धेरै मान्छेले उनलाई चिन्छन् । ठूलो नेताहरु उनलाई कहिलेकाही खाना खान घरमा बोलाउँछन् । ‘सँगै आन्दोलनमा लागेका कोही मन्त्री हुनुहुन्छ, कोही प्रधानमन्त्री हुनुहुन्छ, उहाँहरुलाई चिन्नु स्वभाविक हो,’ उनी भन्छन्, ‘भेट्दाखेरि हेलो हाई हुनु स्वभाविक हो । उहाँहरुले कहिलेकाही खाना खान बोलाउनुहुन्छ, प्रधानमन्त्रीज्यूले पनि कहिलेकाही बोलाउनु हुन्छ ।’ तर, उनी आफै भने कुनैं दलसँग आबद्ध छैनन् । नेताहरुले कहिलेकाही कार्यक्रममा गाइदिनु प¥यो भन्यो भने उनी उपस्थित हुन्छन् । ‘म उहाँको पार्टीको भएर त्यहाँ गाउन गएको होइन्,’ उनले भने, ‘म कलाकार हुँ, उहाँहरुले पारिश्रमिक दिनुहुन्छ, म गीत गाइदिन्छु । म कलाकार हुँ, मैले कसैको झण्डा बोकेको छैन ।’ ठूला नेताहरुसँग बनाएको सम्बन्धको नाजायज फाइदा उठाउनेहरु कति छन कति । तर, रुविनले कहिल्यै कसैलाई केही दिनुप¥यो भनेर मागेनन् । अहिले पनि उनी सारङ्गी रेटेर ठमेलको होटलमा आफ्नाले लय बेचिरहेका छन्, त्यसैले उनको जिन्दगी चलिरहेको छ । ‘कुनै महिना ३०÷४० हजार कमाइ हुन्छ,’ उनी भन्छन्, ‘एक महिनाको कमाइले कहिलेकाही २÷३ महिना धान्नुपर्छ ।’ भूकम्पपछि ठमेलमा पनि अफ सिजन छ, त्यसैले झण्डैं वर्ष दिनयता उनको आम्दानी पनि घटेको छ । तर, धेरैको जिन्दगीमा धेरै परिवर्तन आएको उनले देखेका छन् । ‘कति विदेशतिर पलायन हुनुभयो, कति मन्त्री बन्नुभो, सांसद र उपाध्यक्ष बन्नु भो,’ उनले सुनाए । जनआन्दोलनले आफूलाई आत्मविश्वास दिएको ठान्छन्, उनी । भन्छन्, ‘जनआन्दोलनले मलाई बोल्न सिकायो, साथीहरु दियो । ठमेलमा गन्धर्व कल्चरलाई चलाएर जीविकोपार्जन गर्ने हिम्मत दियो ।’ नेपालीहरु रहेका केही देशहरुमा उनलाई माया गर्नेहरुले पनि छन् । त्यसैले, रुविनले केही देशमा सांगीतिक कार्यक्रममा पनि गरेका छन् । तर, एकदिन उनी आफूलाई सर्वाधिक मन परेका देश अस्ट्रेलिया र अमेरिका पनि पुग्न चाहन्छन् । त्यहाँका नेपालीमाझ गीत गुन्गुनाउन चाहन्छन् । ‘एकदिन त अवश्यक पुग्छु,’ उनी आत्मविश्वासी देखिए, ‘त्यहाँ गएर गीत गाउने खुब रहर छ ।’ रुबिन अहिले गन्धर्व कल्चर एण्ड आर्ट अर्गनाइजेशनका उपाध्यक्ष छन् । ‘सारङगीबाट जीविकोपार्जन गर्न सकिदैंन भन्ने मान्यतालाई उत्पादनसँग जोडेर मौलिकतालाई जोगाउने प्रयासमा छु,’ उनले भने । तर, उनलाई कतिपयले नेता ठान्ने गरेका छन् । ‘सामाजिक अभियानका लागेको मान्छेलाई नेता नै सोच्ने रहेछन् । तर, म गन्धर्व र सारङगीलाई अगाडि बढाउने लोप हुन दिनु हुँदैन भन्ने मुभमेण्टमा लागे । साथीहरुले नेता बनाइदिन थाल्या हुन कि भन्ने लाग्न थाल्यो,’ उनले मुस्कुराउँदैं भने ।

युवा पलायनप्रतिको चिन्ता

रुविनलाई देशको मुख्य आधार युवा नै वर्षेनी लाखौंको संख्यामा विदेश पलायन हुन थालेपछि निकै चिन्ता लाग्न थालेको छ । सामाजिक न्याय, एकात्मक सत्ताको विकेन्द्रीकरण, युवा पलायनजस्ता कुराहरु राज्यले सम्बोधन गर्नुपर्ने बताउँछन्, उनी । यसबाहेक सरकारले भूकम्पपछि पुनःनिर्माणलाई तदारुकता देखाउनुपर्ने उनको बुझाइ छ । मुलुकका यी सबै समस्या समाधानका लागि ‘दोषको राजनीति’ त्यागेर राष्ट्रियता र समृद्धिको मुद्धामा राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प उनी देख्दैनन् । हुनत रुविनले पनि जनआन्दोलनपछि देशमा कायापलट नै हुन्छ भन्ने ठानेका थिए । ‘पछि बुझ्दै जाँदा सबै एकै पटक पूरा हुँदैंन रहेछ,’ कुराको विट मार्नुअघि यी युवा गायकले भने, ‘नेपालको कर्मचारीतन्त्रलाई जहिलेसम्म सुधार गरिदैन तबसम्म यो देशको समृद्धिमा गति आउँदैंन ।’ साभार :  nepalipatra बाट – See more at: http://rastriyasamachar.com/?p=4032#sthash.YkJtPjHc.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: