जागरण मिडिया सेन्टर

Home » अन्य » “बाटो मुनिको फूल २”को च्यारिटी शो हुदै

“बाटो मुनिको फूल २”को च्यारिटी शो हुदै

२०७३ वैशाष ११, जागरण मिडिया सेन्टर

आज वैशाष ११ गते ११ वजे,जागरण मिडिया सेन्टर, समता फाउण्डेसन, डिग्निटी ईनिसियटिभ सेन्टर फर दलित वुमन र दलित एकता समाजको आयोजनामा सिटी सेन्टर विग सिनेमा हल कमलादीमा “बाटो मुनिको फूल २”को च्यारिटी शो गरिदै छ । 

“बाटोमुनिको फूल -२” के हो ? 545517_405367599535118_29358531_n

नेपाली चलचित्र क्षेत्रमा बिशेषत : निरन्तर जातीय समानताको पक्षमा चलचित्र निर्माण गर्दै आएका दलित युवा , अभियान्ता, गायक तथा नायक यस कुमारको दोस्रो चलचित्र हो” “बाटो मुनिको फूल २”l यश अघि यसकुमार द्दारा निर्मित तथा अभिनित चलचित्र बाटोमुनिको फुलको दोस्रो भागको रुपमा यो चलचित्र निर्माण गरिएको हो। चलचित्रमा नेपाली सुगम संगित र चलचित्र क्षेत्रका अधिकांश अग्रज पुस्ताका साथमा यश कुमार , दिलिप रायमाझी , अर्पण थापा , ऋचा शर्मा , रिमा बिश्वकर्मा , अशिस्मा नकर्मी , बाबू बोगटी , गणेश उप्रेती , शुभद्रा अधिकारी , टीका पहाडी लगाएतको अभिनय रहेको छ। “बाटो मुनिको फूल २” दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतको समस्याको चित्रण मात्र होईन यो दलितको आँखाबाट नेपाली समाजको चित्रण हो। चलचित्रले २०४० पछिको नेपाली समाजमा दलित , महिला र सीमान्तकृत समुदायले भोग्दै आएको बहुआयामिक समस्याहरुलाइ चित्रण गरेको छ। त्यसै गरि चलचित्रले नेपाली चलचित्रको इतिहासमै पहिलोपटक दलित समुदाय माथिको राजनीति शोषण , दलित महिला माथी हुने हिंसा , अन्तर दलित भेदभाव र नेवार समुदायभित्र रहेको जातीय बिभेदलाइ उजागर गरेको छ। नेपाली दलित आन्दोलनको सात दशकको इतिहास , उपलब्धि र नेपाली समाजको चरीत्रलाई बुझ्नका लागि समेत यो चलचित्र हेर्नू पर्ने हुन्छ । “बाटो मुनिको फूल २” किन हेर्न आबस्यक छ?12933036_1120778001308057_3550404667879608359_n नेपाली समाज अन्तरजातीय बिवाहलाइ अझै पनि सहज रूपमा स्विकारिन्न । जातीयता कै आधारमा उमेर पुगेका युवा र युवतीबिचको पबित्र सम्बन्धलाई छुटाइन्छ। प्रेम गर्ने प्रेमिकाहरुको समाजबाट बहिसष्कार , पारिवारिक तिरस्कारमात्र होइन हत्या समेत भएको छ। निस्चय नै अन्तरजातिय बिवाह समाजलाई जोड्ने महत्वपुर्ण उपाय हो। विभिन्न समुदाय बर्ग, क्षेत्र र लिंगका मानिसहरुलाइ पारिवारिक रूपमा नजिक बनाउने अन्तरजातीय बिवाहलाई असफल र निरुत्साहित गरेर हामीले अपेक्षा गरेको शान्ती र सद्द्भावको कल्पना गर्न सक्दैनौं । नेपाल सरकारले जातीय विभेद तथा छुवाछूत समस्या निवारणका लागि बि.श २०६८मा जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ जारी गरेको थियो तर ऐनको प्रभाबकारी कार्यान्वयन नहुँदा दैलेखमा अन्तरजातीय बिवाह गरेका जोडीका अभिभावक सेते दमाई, सप्तरीका शिवशंकर दास लगातत अन्यले ज्यान गुमाए । त्यसै गरि अन्तरजातीय बिवाह गरे कै कारण गाउँ निकाला हुने , सामाजिक बहिष्करण , पारिवारिक अपहेलना , कुटपिट जस्ता मानवअधिकार हननका पीडितहरु धैरै छन्। अन्तरजातीय बिवाह गरेकै कारण नागरिकता प्रमाणपत्रबाट बन्चित भएकाहरुको अबस्था झनै काहिंलो लाग्दो छ। प्रेम संम्बन्धलाई बन्चित गर्ने सामाजिक कुसंस्कारका विरुद्ध सघर्श गर्न नसक्दा वा सामाजिक सुरुक्षाको बिकल्प नहुँदा आत्महत्या गर्न बाध्य पारिएका घटनाहरु बग्रेल्ती छन् ।“बाटो मुनिको फूल २ “अन्तरजातीय बिवाहका कारण विभिन्न समस्या भोग्न बाद्य भएका जोडीहरुको घाउमा अलिकती भए पनि मलम लगाउन चाहन्छ। “बाटो मुनिको फूल २” २०७३ बैशाख १० गते देखि देशभर एकैसाथ प्रदशन भएको छ । 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: