जागरण मिडिया सेन्टर

Home » अन्य » बाजा बजाउनेहरुद्धारा भोज वहिस्कार

बाजा बजाउनेहरुद्धारा भोज वहिस्कार

तिलाचन पाण्डे,

२०७३ वैशाष १३ गते, गुल्मी-जागरण मिडिया सेन्टर

बैशाख १२ गते । गुल्मीको हस्तीचौर– २ रानीपोखरास्थित एक घरको पुजामा बाजा बजाउन गएका दर्शनीहरुले आफुहरुलाई खाना खुवाउने क्रममा अपमान गरेको भन्दै त्यस पुजाको भोज– भतेर बहिष्कार गरेका छन् । रानीपोखराका झलकबहादुर कुँवरको घरमा लाख वत्ती वाल्ने पुजामा हिजो विहान ५ वजे देखि साँझ ७ वजे सम्म वाजा वजाउन गएका हस्तीचौर–४ उजुङ्ग र ताल्तुङ्ग गाउँका परियारहरुले भोज भतेर वहिस्कार गरेका हुन् ।
त्यस गाउँका वावुराम परियारले भने– ‘दिनभरी बजा वजाईयो तर पुजा भोजको खाना खाने वेलामा हामी दलितहरुलाई अरु भन्दा अछट्टै राखेर अपमान जनक ढंगले ट्वाईलेट नजिकै खाना वसालियो , हाम्रा स्कुले भाईहरुले त खाए तर हामी ४ जना पाका मान्छेहरुले अपमान महशुस गरी खाना वहिस्कार गरी फर्केका छौं । ’
उनि संगै खाना वहिस्कार गर्ने दुर्गा परियार भन्छन् –‘ पहिला पहिला त्यस्तै अपमान पनि केहि जस्तो लाग्दैन्थ्यो र खाईन्थ्यो, सहिन्थ्यो तर अहिले नयाँ संविधानमै जातिय विभेद र छुवाछुत गर्न नपाईने भने पछि सहन मन लागेन र खाना नखाई फर्केका हौं । ’
‘हामीहरु खाना वहिस्कार गरी फर्किन थाले पछि ज्याला भने चित्त वुझ्ने गरी ११ हजार रुपैयाँ दिएर पठाए’–खाना वहिस्कार गर्ने मध्येका विरबहादुर परियारले भने–‘ अरु त स खास केहि होईन गन्हाउने ट्वाईलेट नजिकै खान वसाले पछि दुख लागेर नखाएका हौं । ’ अर्का पदम परियार भन्छन् –‘विवाह र पुजाको भोज भतेर एक प्रकारले सार्वाजानिक स्थान हो त्यस्तो ठाउँमा कसैले पनि विभेद कसैले पनि नगर्नुहोस् । ’
हस्तीचौरका दलित अगुवा श्याम बिश्वकर्माले उनिहरु आफुसंग त्यस पुजा भोजमा अपमानित भएको भन्दै सल्लाह लिन आएका बताए । बिश्वकर्माले भने–‘हामीहरु सल्लाह गर्दैछौ , संवन्धित परिवार संग पनि धबुझ्दै छौं । उहाँहरुले विभेद गर्न चाहेर हो वा ठाउँको अभावले त्यस्तो पर्न गएको हो यसवारे वुझेर आगमी दिनमा सद्भावपुर्ण ढंगले भोज भतेर गर्ने वातवरण मिलाउँदै छौं । ’
संवन्धित परिवार संग भने सम्पर्क हुन सकेन । जातिय विभेद र छुवाछुत प्रथा कानुनले नै अन्त्य गरी सकेको अवस्थामा त्यस्तो विभेद गर्ने व्यक्तिलाई पिडितले उजुरी दिए कार्वाही हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल भने –‘ अवस्य हुन्छ । ’
उनले भने–‘ जिल्ला प्रशासनले त त्यस्ता कुरामा ‘एवार्डनेस’ मात्रै गर्छ तर कानुनी दायरामा ल्याउने काम अदालतले गर्ने हो । यसर्थ जातिय विभेद र छुवाछुत विरुद्ध उजुरी दिए अदालतले छुवाछुद ऐन २०६८ अनुसार अवश्य कार्वाही गर्छ । ’ उनले त्यस्तो जातिय विभेद र अपमान सहनेहरुलाई जिल्ला प्रहरी कार्यालय मार्फत मुद्धा दर्ता गराउन सुझाव दिए ।
यस जिल्लाका शिक्षित सचेत परिवारहरुले त्यस्ता भोज भतेरहरु यसरी नै दलितहरुले अपमान महुशुस गर्ने हुँदा सामुहिक भोज अर्थात आफै झिकेर खाने व्यवस्था गर्दै आएका छन् ।
नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तारा भुसाल भन्छन्–‘ त्यसरी सामुहिक भोज राख्दा जुन चाँही व्राम्हण खान्न भनेर जान्छ वा दलितहरुबाट अछट्ट वसेर खान्छ खास दलित त्यही व्राम्हण हो , जो दलित व्राम्हणहरु संगै बसेर खान्छ त्यो दलित भनिने नै खास व्राम्हण हो ।’
उनको दुखेसो छ– ‘दलितहरु आफै तर्किन खोज्छन र आफ्नो घरको भोज भतेरमा दुई वटा भान्छा लगाएर आफैले जातिय विभेदलाई प्रोत्साहित गर्छन् ।’ सदरमुकाम तम्घासका संभ्रान्त मानिने भुसाल परिवारका साथै अन्य व्राम्हण, क्षेत्री र जनजातीहरुले सामुहिक भोज भतेरमा जातिय विभेदको अन्त्य गर्दै आएका छन् ।

http://gorkhapatraonline.com/news/23925

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: