जागरण मिडिया सेन्टर

Home » अन्य » किस्नराम सुनारको अधुरो सपना

किस्नराम सुनारको अधुरो सपना

कृष्ण गिरी

२०७३ वैशाष २०, जागरण मिडिया सेन्टर

बारपाक, महाभूकम्प पछि सबैको केन्द्रविन्दु बन्यो । भूकम्पले तहस नहस बनाएको बारपाकमा एक बर्ष पछि पुग्दा पनि कही कतै सग्ला घर देखिदैन । कसैका नभिजेका आँखा छैनन । भूकम्पको मात्र होइन दुःख र पीडाको पनि केन्द्र नै बनेको छ बारपाक तर पनि बिस्तारै उठ्न खोज्दै छ । बारपाक एकातर्फ आफै उठ्न खोज्दै छ । जुन आफैमा साहस र सौन्र्दयको प्रतिमुर्ती बन्दै छ । त्यही बारपाकको पुछारमा केही अस्थायी टहरा छन । तिनै अस्थायी टहरा भन्दा एक कान्लामाथि पुरानो भइसकेको सरकारी भवन छ । त्यो सरकारी भवनमा दुई तिन दलित परिवार बसेका छन् ।20160422_121835-576x1024

त्यही सरकारी भवनको आगनको डिलमा सेता र निला त्रिपालले बनेका करिब करिब ५१ वटा अस्थायी टहर छन् । तर किस्नराम सुनार अस्थायी टहरामा होइन सरकारी भवनको एक कोठामा बसेका छन् । उनी यहाँ बसेको पनि १६ बर्ष भए छ । किस्नराम सुनारको बास सरकारी भवनमा छ । अहिलेसम्म उनले नत भाडा नै तिर्नु परेको छ न त सरकारले नै हटाएको छ । तर उनी १६ बर्ष सम्म बसेको यो बास कतिबेला छोड्नु पर्छ केही टुङगो छैन । उनलाई अचेल यही पिरलोले बढी सताउछ । उनको कथा अलि फरक छ । पीडा आम बारपाकी कै जस्तो छ । आजभन्दा १६ बर्ष पहिला बारपाक ५ मा पहिरो गयो । पहिरो संगै उनको पनि घर गयो । त्यही दिनबाट उनले अहिले सम्म आफ्नो स्थायी बसोबासको व्यवस्था गर्न सकेका छैनन । बारपाक ५ बाट विस्थापित भएको वस्ती पनि अहिले तिनै किस्नरामको छिमेकी बनेको छ । सुख दुःखका कुरा गरिरहेका केही साथीहरु सँगै गफिइरहेका किस्नराम सँग कुरा गर्दा कम बोल्छन बढी भक्कानिन्छन् । भक्कानिदै बोल्दा आधा शब्द बाहिर सुनिन्छ आधा शब्द उनकै घाँटीमा बिलीन हुन्छन् । बोल्दै जादा केही सम्माहिलन खोज्छन् । तर पनि आँसु आइहाल्छन् । उनले आफ्नो पीडा पोख्दै भने माथि गाँउ छोडेर यहाँ बसेको १६ बर्ष भयो । यही बसिरहेको थिए । भूकम्पले अहिले पूरा गाँउ बस्ती नै सक्यो । मेरो त जाने ठाँउ कही थिएन । अहिले आएर यी सबै दलित बस्तीको पनि अवस्था मेरो जस्तै भयो । बारपाकी एक बर्षबाट अस्थायी टहरोमा बसिरहेका छन् ।

उनी १६ बर्ष देखि सरकारको घरमा । टहरोमा बसेकाहरुले पछि पनि घर बनाउलान तर मेरो भने अब घर बनाउने सपना सुतेको बेला मात्र हो । यति भनिसक्दा उनले आँखाका आँसु दुबै हातले पुछे । उनी भूकम्प आउदा घर बाहिर थिए । उनी बसेको सरकारी भवन केही भएन तर उनको मनको भवन भने भूकम्पले नराम्ररी भत्काएको छ । सम्मालिदै भन्छन् कति मान्छे मरे हामी त भाग्यले बाँचेका मान्छे हौ । तर अब के गर्ने कता जाने केही थाहा छैन । उनको पनि आशा छ सरकारले विस्थापित दलितलाई बस्नलाई बास बनाइदिए हुन्थ्यो । उनको दिनचर्या अहिले निमेस गरेर बित्छ । उनीसँग कुरा गर्दा लाग्यो उनको अनुहारबाट हाँसोले धेरै पहिला साइत सारेर अन्तै हिडेको रहेछ । बसोस पनि कसरी उनको अनुहारमा हाँसो । १६ वर्ष अगिाडिको पहिरोको पीडा भोगिरहेका थिए । त्यही पहिरोसँग उनको लडेको थियो उनको हाँसो पनि । अहिलेसम्म फर्केको छैन । झन थपिएका छन् पीडाहरु । विउ अनुसार अन्न साथ अनुसारको बुद्धि भन्छन् । उनको साथ संगत पनि बारपाकमा गुरुङ र घलेसँग छ । त्यहीको स्थानीय भाषामा बोल्छन् उनी पनि । उनले भने खै सर पहिला त सरकारले खान नपाए मोर्छ भनेर चारपाथि चामल दियो । अहिले त तो चामल पनि सकियो । अब त खान पनि दुःख छ । एक दिन काममा गयो पाँच सय पाइन्छ । त्यसैको कोदो मकै बेसा गरे खाने हो ।20160422_121850-576x1024

पैसा नभएकाले बेसा पनि पाइदैन बारपाकमा । मान्छे सबैले अभावमा बाँच्न सिकेका छन् । बारपाकमा अहिले कोदो मकै भन्दा पनि चामलको फेसन भएको बताउछन् उनी । राहत दिनेले चामल दियो । न कुट्नु पर्ने न पिस्नु पर्ने । बोरा खोल्यो, पकायो खायो, उनी भन्छन् । बारपाक भरी चैतको हुरी जस्तो फैलिएको एकिकृत बस्तीका बारेमा उनले पनि अलि अलि सुनेका रहेछन् । सरकारले भनेको छ भन्छन् तर खै कस्तो हो त्यो वस्ती ? बनाइदिए पो साही हो भन्नु सार अहिले सम्म केही गरेको छैन । उनी भन्छन् यहाँ पनि बस्न दिएन भने कहाँ जाने केही थाह छैन । सरहरुले दलितका बारेमा लेखिदिनु प¥यो । त्यो थाह पाएर सरकारले केही गर्छ कि ? उनीहरुको बस्ती भएको बारपाक ५ मा भूकम्पपछि पहिरोले बस्न लायक नभएकाले एउटा बस्ती नै बारपाक ४ मा रहेको सरकारी जमिनमा बसिरहेको छ ।

उनको नजिकै अस्थायी टहरो बनाएर बसेका केही दलित परिवारलाई हेल्थपोष्ट बनाउने भन्दै उठाए पछि उनको मन चसक्क दुखेको छ । हामी जनताको लागि नै त होला हैन र सर हेल्थपोष्ट पनि बनाउने । हामी जनता नै बाँचेनौ भने के को हेल्थपोष्ट सर ? उनी टाउको निहुराएर बोलिरहेका थिए ।

तर यसो भन्दा मेरो मुखमा पुलुक्क हेरे । उनको हेराइले मेरो मन पनि कता कता चसक्क भयो । उनको त्यो हेराई आशाको हेराई जस्तो लाग्यो । जसरी सानो बच्चाले भोक लाग्दा आमाको मुखमा हेर्छन् । उनी भूकम्पको अनुभव पनि सुनाउछन् । उनको आफ्नै तरिका छ भूकम्पको विश्लेषण गर्ने । कसैले भन्छ पापले पनि हो । कसैले भन्छ पृथ्वी काँप्यो । आफू त अनपढ मान्छे केही थाह छैन । उनलाई पनि अहिले सम्म भूकम्पको त्रासले छोडेको छैन । विनासकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकमा भूकम्पका उड्न्ते हल्ला पनि छिन छिनमा आइपुग्छन् । उनले भन्दै थिए १२ गते राष्ट्रपति आउने भन्छन् । त्यही दिन भूकम्प पनि आउने भन्दै छैन । के हो के सर । खै भोलि पनि आयो भने के होला सबैको अवस्था ? उनको अनुहारमा चिन्ताका धर्साहरु देखिए । भरखर रोयर निन्याउरो भएको अनुहारमा चिन्ताका धर्साले झन उनको अनुहार अँध्यारो भयो । अलि पर बसेका पूर्ण सुनारले भूकम्प कहिले आउछ भनेर कसैलाई थाह हुदैन यो सबै हल्ला हो भनेपछि उनको अनुहार अलि भए पनि उज्यालियो । तर मनमा भएको डर भने हटिसकेको छैन । उनको ५ जनाको परिवार छ । जेठो छोरा गाडिमा खलासी गर्छ । अर्को छोरा सानो छ । स्कुल पढ्छ । अर्को छोरा सानो छ । श्रीमती घरको काम गर्छिन् । उनी म सँग कुरा गर्न थाले देखि नसकुन्जेल पटक पटक रोए । कुरा गरी सकुन्जेल सम्म उनका आँखा राता भएका थिए । कुराको टुङ्ग्याउनी गर्दै उनले भने सार हामीलाई कही ठाँउ पाउने गरी लेखिदिनु होला । सारको भलो भगवानले गर्छ । हाम्रो भलो सरले गर्नु प¥यो

-साभार :nepalbhaskar/  See more at: http://rastriyasamachar.com/?p=4469#sthash.rzn928Vv.WXeWjEeR.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: