जागरण मिडिया सेन्टर

Home » अन्य » हरुवाचरुवा प्रथा उन्मूलनको माग गर्दै प्रदर्शन

हरुवाचरुवा प्रथा उन्मूलनको माग गर्दै प्रदर्शन

मनोहरकुमार पोखरेल

२०७३ वैशाष २०, राजविराज- जागरण मिडिया सेन्टर |

haruwa_charuwa-2_188124256 
 फोटो :सप्तरीको राजविराजमा आइतबार प्रदर्शन गरदै हरुवाचरुवा। तस्बिर: अन्नपूर्ण
दास वा श्रमिकको रूपमा अर्काको घरमा काम गर्न बाध्य हरुवाचरुवाले आइतबार राजविराजमा प्रदर्शन गरेका छन्।
पश्चिम नेपालका कमैयालाई मुक्त गरेझै पूर्वी नेपालका हरुवाचरुवालाई सुरक्षित बास र उब्जाउ जमिन दिएर हरुवाचरुवा प्रथा उन्मूलन गर्न माग गर्दै हजारौं दलित, भूमिहीनले प्रदर्शन गरेका हुन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर प्लेकार्डसहित निक्लिएका सहभागीले हरुवाचरुवाको सम्पूर्ण ऋण माफ, परिचयपत्र लागू, बँधुवा श्रम निषेध ऐनमार्फत् हरुवाचरुवाको मुद्दा सम्बोधन, केन्द्रीय तथा स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा हरुवाचरुवाको बसोबास रहेको बस्तीमा प्रभावकारी योजना तर्जुमा गर्नुपर्ने माग गरे। भूमि आन्दोलनका अगुवा बलदेव रामले भूमिहीनसँग सरकारले विभिन्न समयमा गरेका सम्झौता तत्कालै कार्यान्वयन गर्न माग गरे।
आफू वा आफ्नो परिवारले लिएको ऋण, ब्याज तथा कुनै वस्तु लिएवापत वा आफ्नो परिवार पाल्नका लागि जग्गाधनी तथा मालिकको खेतबारीमा न्यून ज्यालामा हलो जोत्ने र खेती किसानीको काम गर्ने व्यक्तिलाई हरुवा भनिन्छ। रोजगारदाताको घरमा बसी उसको घरमा भएका पशु चराउने, स्याहार गर्ने र दूध दुहुनेजस्ता काम गर्ने मानिसलाई चरुवा भनिन्छ।
पूर्वी नेपालको सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाहीमा ५८ हजार आठ सय ४६ घरपरिवार हरुवाचरुवा रहेको तथ्यांक अन्तर्राष्ट्रिय श्रमिक संगठन (आईएलओ) मा उल्लेख रहेको हरुवाचरुवा अधिकार मञ्च सप्तरीका उपाध्यक्ष देवलाल रामले बताए। सप्तरीमा मात्रै १८ हजार तीन सय ६१ जना हरुवाचरुवा रहेको उनले बताए।
वर्षौदेखि बँधुवा मजदुरको रूपमा दासताको जीवन यापन गरिरहेका हरुवाचरुवा राज्यबाट पाउनुपर्ने आर्थिक, सामाजिक र राजनीतिक अधिकारबाट पनि वञ्चित रहेको जिल्ला भूमि अधिकार मञ्चकी अध्यक्ष गुलावदेवी रामले गुनासो गरिन्।
सप्तरी, सिरहा, सुनसरी, बारा, पर्सा, रौतहट, सर्लाही र धनुषा गरी आठ जिल्लामा करिब ८० हजार घरपरिवार हरुवाचरुवा रहेको अनुमान गरिएको छ । जसमा दुईतिहाई दलित रहेका छन्। अर्थिक रूपमा गरिबिको रेखामुनि रहेका यो समुदायसँग खाना, नाना, छाना, शिक्षा, स्वास्थ्य, रोजगार र शौचालयजस्ता आधारभूत आवश्यकताको व्यवस्था छैन।
असी प्रतिशत जमिनविहीन रहेका छन्। वार्षिक १० देखि १२ हजार र दैनिक ४० देखि ५० रुपैयाँ न्यून ज्यालामा काम गर्न बाध्य छन् । त्यसमा पनि कतिपयले ब्याजबापत बिनाज्यालामा काम गरिरहेको अवस्था छ। उपरोक्त अवस्थाले गरिबिको चपेटामा परेको यो समुदाय बाँच्नकै लागि श्रम गर्न बाध्य छन्।
दलित उत्पीडित संस्थाका राजेश रामले श्रमिक, मजदुर र किसानको पारि श्रमिक समयसापेक्ष र समान हुनुपर्ने माग गरे।बँधुवा मजदुरको सवालमा सरकारले दोहरो नीति देखाएको भन्दै मणिलाल विश्वकर्माले पश्चिमका कमैयालाई मुक्त गरेझै पूर्वी नेपालका हरुवाचरुवालाई पनि कार्ययोजना बनाई मुक्त गर्नुपर्ने धारणा राखे।
सरकारले २०५७ साल साउन २ गते कमैया मुक्ति र २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे पनि समान प्रकृतिको अन्यायपूर्ण श्रम सम्बन्धबाट पीडित रहेका हरुवाचरुवा दास वा बाँधाको रूपमा श्रम गर्न बाध्य छन्।
साभार :अन्नपूर्णपोष्ट

– See more at: http://rastriyasamachar.com/?p=4484#sthash.1B1NQGOI.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: