जागरण मिडिया सेन्टर

Home » अन्य » परियार सेवा समाजको सम्मेलन सुरु

परियार सेवा समाजको सम्मेलन सुरु

२०७३ वैशाष २८बुटवल-जागरण मिडिया सेन्टर ।

परियार सेवा समाजको तेस्रो राष्ट्रिय सम्मेलन सोमबारदेखि बुटवलमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सामान्य प्रसाशनमन्त्री रेखा शर्माले छुवाछुतमुक्त राष्ट्रमा छुवाछुतका घटना पटक–पटक दोहोरिनु बिडम्बना भएको बताइन् । मन्त्री शर्माले अब छुवाछुत गर्नेलाई कुनै पनि हालतमा छाड्न नहुने बताइन् । उनले छुवाछुतजन्य व्यवहार अन्त्य गर्नका लागि सरकारले समेत कडा रूपमा अभियान सञ्चालन गर्ने बताइन् । सिंगो दलित समुदायलाई आन्दोलनमा गहनाका रूपमा मात्रै प्रयोग गर्ने काम भएको भन्दै शर्माले अधिकार प्राप्त नभएकाले दलित समुदाय पनि सचेत हुने वेला आएको शर्माले बताइन् । दलित समुदायले आफ्नो अधिकारको ग्यारेन्टी नगर्नेलाई बहिष्कार गर्न सक्नुपर्ने उनको भनाइ छ । राजनैतिक रूपमा सचेत हुँदा पनि जातीय छुवाछुत हट्न नसकेकाले अब बहस थाल्नुपर्ने वेला आएको मन्त्री शर्माले बताइन् । सांस्कृतिक रूपमा धनी दलित समुदायलाई गरिएको विभेद अत्यन्तै पीडादायक रहेकाले अब यसको अन्त्य हुनैपर्ने उनको भनाइ छ । सम्मेलन उद्घाटन सत्रमा पूर्वमन्त्री प्रकाश चित्रकार, हरिशंकर परियार, ऋषिबाबु परियार, डिबी परियार, पूर्व सभासद विनोद पहाडी, राष्ट्रिय दलित आयोगका अध्यक्ष मीनबहादुर नेपालीले बोल्दै सीप र कलाका धनी परियारको सामूहिक विकासका लागि नयाँ रूपमा संगठित हुने वेला आएको बताए । सम्मेलन २९ वैशाखसम्म चल्नेछ । सम्मेलनमा ५० जिल्लाका करिब ६ सय प्रतिनिधिको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । सम्मेलन उद्घाटनअघि पञ्चेबाजासहितको र्‍याली निकालिएको थियो । बुटवलको पुष्पलालपार्कबाट सुरु भएको र्‍याली बुटवल बजार परिक्रमा गरी रूपन्देही व्यापार संघको हलमा आएर सकिएको थियो । –

See more at: http://www.enayapatrika.com/2016/05/61933#sthash.AfBY1EJO.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: