जागरण मिडिया सेन्टर

Home » अन्य » एसएसपी खरेलविरुद्ध दलितहरूकाे पत्रकार सम्मेलन : कारबाही नभए अान्दाेलनमा जाने चेतावनी

एसएसपी खरेलविरुद्ध दलितहरूकाे पत्रकार सम्मेलन : कारबाही नभए अान्दाेलनमा जाने चेतावनी

२०७३  जेष्ठ १० गते, जागरण मिडिया सेन्टर

13289095_590457851135227_1476852426_n

छुवाछुत प्रथा हटाउन नमिल्ने अभिव्यक्ति दिएका कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले  राज्यको जिम्मेवार निकायमा बसेर मुलुकको ऐन र कानुनको धज्जी उडाउने काम भएको भन्दै  दलित अधिकारकर्मीहरुले  खरेलकाे कानुनी कार्वाहीको माग  गरेका छन् । दलित उत्थान समन्वय समिति धरानले साेमबार पत्रकार सम्मेलन गरी खरेलकाे विरोध गदै सबै दलित अधिकारकर्मी एक भई कारबाही गराउन माग गरेका हुन् । उनीहरूले प्रेस विज्ञप्ति  समेत निकाल्दै खरेलले दिएको अभिव्यक्ति अनुसार तत्कालै कारबाहीकाे माग समेत गरेका छन् ।

प्रेस विज्ञप्तिमा  भनिएको छ ,

(म हुर्केको परिवारमा अधिकारको कुरा कहिल्यै सुन्न पाइन, पञ्चायती व्यवस्थामा २०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेको हुँ । २०६२/६३ भन्दा पहिला दलितका कुरा मुद्दाका रुपमा कहिल्यै आएको मलाई थाह छैन तर ०६३ सालपछि तहस नहस बनाउने गरी दलितहरुले सामाजिक परम्परामाथि आक्रमण गर्न थालेका छन् । यो प्रचलन हजारौं वर्षदेखिको हो, अहिले हामीले हटाउन मिल्दैन, केहि पुस्ता पछि मात्रै हटेर जान्छ । मेरै पालामा त सोच्न पनि सक्दिन ।) (२०६३ साल अघि दलित र गैर दलितबीच झगडा हुँदा छिमेकीको झगडा भनिन्थ्यो तर जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन०६८ आएपछि दलित र गैर दलित बीचको मुद्दा सुनकोशीको बाढि जस्तै भयो ।

यसले समाजको परम्परा र शान्ति स्थितीलाई समेत खलल पु¥यायो । ऐन आएपछि धेरै एनजिओका मानिसहरुले आफ्नो कमाई खान मुद्दालाई उचालेर आतंक सिर्जना गरे । जसरी सुनकोशीको बाँध आफै विस्तार्रै फुटेर गयो त्यसरी नै ऐनबाट डराउनु पर्दैन विस्तारै मान्छेले बुझेपछि आफै हटेर जान्छ, पुर्खाको रोग निको हुन समय लाग्छ, ऐनबाट डराउनु पर्दैन ।) उल्लेखित शब्द, बाक्य तथा अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको छ । यस्ता परिवर्तन विरोधी अभिव्यक्ति दिने, नेपालको संविधानको खिलापमा बोल्ने, ऐन कानुन कार्यान्वयन गर्नुपर्ने स्थानमा बसेका जिम्मेवार व्यक्तिले ऐन कानुनकै धज्जी उडाउनेगरी अभिव्यक्ति आउन सिंगो परिवर्तनकारी शक्तिहरुमाथि नै प्रहार हो भन्ने हाम्रो बुझाई छ ।

कार्यक्रममा उपस्थित भएका दलितहरुलाई सोझा, सिधा र निमुखा सम्झेर हेपाइको दृष्टिबाट अभिव्यक्ति दिँदा हाम्रो समुदायका उपस्थित सम्पूर्ण सहभागिहरुको आपत्ति र चित्त दुःखाई भएकोले हामी संघर्षकै कार्यक्रम अगाडि बढाउन बाध्य भएका छौं । अन्तमा, संविधान प्रदत्त हक, अधिकारको कार्यान्वयनमा राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल, पत्रकार, मानवअधिकारकर्मी, संघसंस्था, बुद्धिजीवि, आम नागरिक समाज, सर्वसाधारण सबैमा हार्दिक अपिल गर्दै जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन–०६८ को पूर्ण कार्यान्वयनमा ल्याउन पहलकदमी गर्न गरिदिन हार्दिक अनुरोध गर्दछौं ।

– See more at: http://dalitonline.com/archives/9826#sthash.1yX6VjQN.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: