जागरण मिडिया सेन्टर

Home » अन्य » छुवाछुत संरक्षकत्व गर्ने एसएसपी खरेल :एसएसपी खरेल भन्छन्, ‘हो बोलेकै हुँ’

छुवाछुत संरक्षकत्व गर्ने एसएसपी खरेल :एसएसपी खरेल भन्छन्, ‘हो बोलेकै हुँ’

२०७३  जेष्ठ १० गते, जागरण मिडिया सेन्टर

271075_2242842792844_1398628_n

छुवाछुत प्रथा हटाउन नमिल्ने अभिव्यक्ति दिएका कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेल विवादमा तानिएका छन् । आवाज मिडिया ग्रुप धरानले आधारभूत रेडियो पत्रकारिता तालिममा प्रमुख अतिथि भएका खरेलले सार्वजनिक मञ्चबाटै विवादित अभिव्यक्ति दिएका छन् । ‘म हुर्केको परिवारमा अधिकारको कुरा कहिल्यै सुन्न पाइन, पञ्चायती व्यवस्थामा ०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेको हुँ । ०६२/६३ भन्दा पहिला दलितका कुरा मुद्दाका रुपमा कहिल्यै आएको मलाई थाहा छैन तर ६३ सालपछि तहस नहस बनाउने गरी दलितहरुले सामाजिक परम्परामाथि आक्रमण गर्न थालेका छन् । यो प्रचलन हजारौं वर्षदेखिको हो, अहिले हामीले हटाउन मिल्दैन, केहि पुस्ता पछि मात्रै हटेर जान्छ । मेरै पालामा त सोच्न पनि सक्दिन,’ उनले भेका थिए । खरेलको मन्तव्यले दर्शक दिर्घामा बसेका दलितहरु निकै निराशा देखिएका थिए । उनी नेपाल प्रहरीको जिम्मेवार ठाउँमा रहेर त्यस्ता अभिव्यक्ति दिए पनि आयोजकले उनको भनाईलाई कुनै खण्डन नगरी सहर्ज स्वीकार गरेको भाव प्रष्टै देखिएको थियो ।

कार्यक्रममा एसएसपी खरेलले भने, ‘०६३ साल अघि दलित र गैर दलितबीच झगडा हुँदा छिमेकीको झगडा भनिन्थ्यो तर जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन-०६८ आएपछि दलित र गैर दलित बीचको मुद्दा सुनकोशीको बाढी जस्तै भयो । यसले समाजको परम्परा र शान्ति स्थितलाई समेत खलल पुर्‍यायो । ऐन आएपछि धेरै एनजिओका मानिसहरुले आफ्नो कमाई खान मुद्दालाई उचालेर आतंक सिर्जना गरे । जसरी सुनकोशीको बाँध आफै विस्तारै फुटेर गयो त्यसरी नै ऐनबाट डराउनु पर्दैन विस्तारै मान्छेले बुझेपछि आफै हटेर जान्छ, ऐनबाट डराउनु पर्दैन,’ उनले भने । खरेलसँगै अतिथिका रुपमा रहेको बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि धरानका प्रमुख तथा सुनसरी उद्योग वाणिज्य संघका सदस्य मानबहादुर विश्वकर्माले जातीय विभेद र छुवाछुतका विषयमा भन्दा व्यवसायीहरुकै विषयमा बढी समय खर्च गरे भने दलित उत्थान समन्वय समितिका पूर्वअध्यक्ष प्रेम लकान्द्रीले पनि व्यवसायिक हक हित र अधिकारकै विषयमा आफ्नो सम्बोधनलाई केन्द्रित गरे । मञ्चमा बोल्ने कंग्रेसका नेता तिलक राई र किशोर राईले बरु दलितका मुद्दामा सम्बोधन गरे ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका प्रेम लकान्द्रीले भने एसएसपीको भनाइलाई बचाउ गरै । ‘एसएसपी सावले दलितहरुलाई हेप्ने प्रकारले भन्न खोज्नु भएको त होइन होला तर बोल्नु भएका शब्दहरुले त्यस्तै बुझियो । उहाँ पुलिस विभागको मान्छे भएर होला, राजनीतिक कुरा त्यति जान्नु भएन,’ उनले भने, ‘मिलाएर बोल्नुपर्थ्यो त्यो भाव देखिएन । तर पत्रकार मित्रहरुले बढाई चढाई नगरे हुन्थ्यो ।’ जातीय विभेद वा छूवाछूत गरेमा तीन वर्षसम्म कैद वा २५ हजार जरिवाना वा दुवै सजाय हुने ऐन ०६८ सालमा नै लागु भएको छ । तर प्रशासनमा वस्ने अधिकारीहरुको बुझाई, सोचाई र भोगाईका कारण अहिलेसम्म ऐनको कार्यान्वयनमा निकै समस्या परेको छ । धरानमा मात्रै यस अघि पनि दलितहरु छुवाछुत र विभेदको शिकार बन्दा इलाका प्रहरी कार्यालयसम्म पुगेका छन् । अधिकारकर्मीहरुको चर्को दबाब पछि पक्राउ परेपनि सामान्य मिलापत्रमा मिलाउँदै आएका छन् ।

एसएसपी खरेल भन्छन्, ‘हो बोलेकै हुँ’

प्रहरीले कानुन कार्यान्वयनमा जोड नदिँदा भएको कानुनको समेत उपयोग गर्न नसक्नुको रहस्य खरेलले खुलासा गरेका छन् । प्रहरी प्रमुखहरुमा भएको चेतना र चिन्तनको अभावमा खरेलकै भनाईमा अझै केही समय दलितहरुले न्याय नपाउने देखिएको छ । एसएसपी खरेल भन्छन्, ‘हो बोलेकै हुँ’ एसएसपी खरेलले भने आफूले जातीय छुवाछुत निको नहुने र हट्ने सम्भावना नरहेको बताएको स्वीकार गरे । ‘ मैले ऐन कानुनमा मात्रै लेखेर छुवाछुत हट्ने सम्भावना नभएको बताएकै हो,’ उनले भने । खरेलले आफूले नभएको कुरा नगरेको पनि बताए ।

– See more at: http://dalitonline.com/archives/9798#sthash.sYY4i7cM.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: