जागरण मिडिया सेन्टर

Home » अन्य » सेक्स चल्ने तर पानी नचल्ने !

सेक्स चल्ने तर पानी नचल्ने !

प्रकाश विहीन

२०७३  जेष्ठ १०,  गते, जागरण मिडिया सेन्टर

सुत्ने बेला भएन ?

आउने हो ?
साच्चै !
अँ !

यो कुनै घनिष्ठ प्रेम प्रेमीकाले मध्यराती गरेको सम्वाद होइन । मध्यदिनमा भर्खर एघार कक्षामा पढ्दै गरेको किशोर किशोरीको प्रेमलाप हो । अहिले समाज अलिक खुल्ला हुदै छ । हुनुपर्छ । समय बुझनै नसक्ने गरि फेरीएको छ । भेट्नै नसकिने गरि उछिट्टीएको छ । हुनत समय परिवर्तनशिल नै हुन्छ । अकाट्य सत्य हो । र म संग अर्को महासत्य पनि छ । यहाँ मान्छेको स्वभाव मान्छेको जस्तो छैन् । हरेक सम्वन्ध सम्वन्धहिन छन् ।
मेरो निकटको साथी दिलु हिजो मात्र फेसबुकमा बनेको साथी निलु संग लुकिलुकी च्याट गदै थियो । सधै सवैकुरा भन्ने साथी आज म संग किन लुकीलुकी मस्की मस्की बोल्दै छ । मलाई खुल्दुली भरिदै के थियो । बाइकको साँचो कहाँ छ ? उस्ले सोध्यो । किन चाहियो साँचो । तैले साँचो भन त आज किन फरक देखिएको त ? उस्को प्रश्नमा मैले प्रश्न गरे । उ निकै हतारो गरिरको थियो । उ निकै गम्भीर जस्तो पनि लाग्यो । केही नबोली साँचो दिए । उ बाइकमा घुइकियो । उ कता गयो ? किन केही नभनी गयो ? मनमा खुल्दुली हुनु अस्वाभाविक लागेन । सधै सबै कुरा भन्ने मान्छे आज एक्कासी केही नभनी गयो । गुलाबी ओठ । कामुक गाजाले आँखा र बैशले उन्मतm भएकी आउने हो ? भनि अफर गर्ने केटी निलु रहेछन् । निलु र दिलुको म्यासेज हेरे । उसले हतारमा फेसबुक साइन आउट गर्न भुलेछ । अलिक कुरा सहज भो । माया प्रेम गर्नु मानिसको लागी अधिकार हो । कुनै अपाराध होइन् । अपराध त त्यती बेला हुन्छ । जतिबेला मायाको जाल विछएर क्षणिक स्वार्थको लागी नाटक रचिन्छ । कतिले नाटक नबुझेर त कतिले गरेर जिवन बर्बादीमा धकेली रहेका छन् ।
केही दिन पछि निलुले फिलिङ स्याड आफ्नो स्टाटस् : दिलमा त अर्कैलाइ डुलाएको रहेछौबिचरा म सोझिलाई माया गर्छु भनेर भुलाएको रहेछौ,भन्दै फेसबुकमा लेखिन ।

मलाई निकै रमाइलो परि लाग्यो । र दुख पनि । हैट कलियुगको प्रेम बुझ्नै नसकिने । यो प्रेम हो वा बास्ना ? कतै पढेको थिए, अविवाहितहरू प्रेमको प्रभावले बर्बाद हुन्छन् विवाहितहरू प्रेमको अभावमा । प्रेमलाई समय कटाउने मेसो मान्नेहरु बास्ना ठान्ने हरु बर्बाद त यसै भए चोखो प्रेम गर्नेहरु हायल कायल भएका छन् । हुन्छन् ।म अफिसमा छु बाहीर प्रचण्ड गर्मी छ । भित्र एसी त छ । तर एसीको छैन् । लोडसेडिङ चर्को छ । जसो तसोएक बजेको बुलेटिन सम्पादन गदै थिए । मन कस्तो कस्तो भयोे । सुन्दर फूल मन पराउनेले काडाँको प्रहार सहन जरुरी हुन्छ । तव प्राप्ती हुन्छ गहिरो सागरको मोती । यो लाइनको कमेन्ट गरु गरु लागेको थियो । तर गरिन । सोचे सेक्स गर्न सजिलो छ तर माया गर्न निकै कठिन । नजाने गाउँको बाटै नसोध्नु टन्टै साफ । फेसबुक साइन आउट गरे । छिटो छिटो समाचार बनाए । बुलेटिन तयार भयो । न्युज रिडरलाई जिम्मा लागए । खाजा तयार भो सर ! आउनु । कसैले भन्यो । हुन्छ भने । खाजा पसलबाट कसैले निम्ता दियो । एकजना साथी र म खाजा पसल गयौ ।

००० ००००००

भोली शनिबार । नियमीत अफीस जना नपर्ने । भलै विहान दुई घण्टा मेरो आफ्नै कलास छ । जानु पर्छ । नुनको सोझो गर्न । एउटा अनलाई पत्रिका चलाएको छु त्यता पनि हेर्नु नै छ । म निकै व्यस्त छु । र फ्रि । फेरी मेरो नजिकको दाई अर्को अनलाइन चलाउनु हुन्छ । तलाइले शनिकारको लागि एउटा आलेख तयार पारिदिनु प्यो भन्नु भो । हुन त म न कुनै चर्चित लेखक हु न कहलीएको विद्धवान । हतारीएको साहित्य र फुर्सदको साहित्यको विधार्थी भएकाले बेला बेलामा समाजले देखाउने असली रुपको बर्णन गर्ने चाहीँ गर्थे । हुन्छ भने । शुक्रबार वित्यो । पत्रिकाले फोन गरेर रिमाइण्ड गरायो । हुन्छ भने । लेख्न खोज्छु केही विषयले छुदै छुदैन । ल्यापटको स्त्रीन हेर्दा हेर्द आखाँ बाट रगत नै मुल बनी झर्ला जस्तो भो । मरि गए केही भएन । कस्ले सरुवात गर्यो यो माया भन्ने चिज । विवेकको मोवाइलमा रिगटोन वज्यो । विवेक मेरो छोरा र असल साथी हो । फेरी मोड अन्तै मोडियो । शहर झरेको करिक एक दशक भएछ । यसो हिसाब गर्दा गाउ शहर आधा आधा समय विताए । म बाग्लुङको विकट गाउमा जन्मेको मान्छे । आफुलाई गाउले भन्न रुची छ । गाउ प्रति मेरो निकै अमर अजर प्रेम छ । अनि कस्लाई आफ्नो जन्मभुमी कस्लाइै मन नपर्ला । मैले शहर र गाउँमा दुई फरक पाएँ ।

दमीनी हो तर कति सुन्दरी बाहुन ठकुरी त उस्को खेट्टामा बाधे पनि सुहाउदैन । देख्दै फिदा भइन्छ यार । उस्ले थप्यो कुनै बलिउड फिल्मको नायका भन्दा कम छैन् यार । उस्ले यसै गरी भन्यो । म अवाक भए । रंगकर्मीको सैन्दर्य चिन्तन देखेर । मैले प्रश्न पछि प्रश्न सोधे । के दलित राम्रो हुनु हुदैन् ? राम्रो पनि बाहुनी जस्तो ठकुरी जस्तो ? अनी नराम्रो बाहुनी चाहीँ को जस्तो ? कमिनी जस्तो ? किन सर्कीनी जस्तो ? उस्ले अनैठो मान्दै फेरी मलाई त्यर्सायो प्रश्न । हैन के भो तलाई ? मैले भने । तेरो सौन्दर्य चेत देखेर टिठ लाग्यो ।

यहाँ (शहरमा) घरहरू नजिक नजिक छन् तर मनहरू टाढा टाढा , त्यहाँ (गाउँमा) घरहरू टाढा टाढा हुन्छन तर मनहरू निकै नजिक हुन्छन । यहाँ घरहरू अलिशान र पक्का देखे तर सम्बन्ध काँचको चुरा जस्तै । एकदम कच्चा लाग्यो । मेरो गाँउमा घरहरु चैत्रको हावाले उडाउने तर सम्वन्ध अजम्वरी । प्रेम रोमीयो र जुलीएटको जस्तो । यो कुराले मेरो दिमागमा विचारको घन ठोक्यो । एक्कासी म गाउको प्रेममा पसे । आलेख न सालेख । मोवाई करायो । कसैको फोन हुनुपर्छ । हेरे । मेरो साथी निर्मल जो एउटा पोखरा नाम चलेको रंगकर्मी हो । फोन उसैको थियो । आज बेलुका दोहोरी साझँ योजना बनाएको रहेछ । मलाई सुनाउदै थियो । म नजाने । उ के के भन्दै थियो । मेरो मोड छौन पछि कुनै दिन जाउला भने । म संग रिस्सिएर फोन राख्यो । उस्लाइ भन्न मन थियो । हिड्दै जाउ जिन्दगीले तिमीलाई धेरै कुरा दिएर जान्छ,सिकाएर जान्छ जुन कुरा तिमीले सबै गुमाएर जिन्दगीमा एक्लो भएपछि मात्र महसुस गर्ने छौ..।
केही बेर पछि उ मेरो घर नै आयो । केटा केटा भए पछि पक्कै केटीका गफ सुरु हुनु स्वाभाविक हो । उस्को पाल्पाको पिस्टेल हस्पिटलमा कामगर्ने धरानकी नर्स रोशनी परियार (नाम परिवर्तन )संग आज दोहोरी जाने सेटिङ्ग सुनायो । को हो रोशनी ? मलै सोधे मेरो फेशबुुकको साथी यार निकै च्वाक छ र सेक्सी पनि । ए ए मैले टाउको हल्लाए । उस्को सुन्दरताको वर्णन गरिरहेको छ ।

मेरो मनमा प्रश्न खेलीरह्यो सेक्स चल्ने तर पानी किन नचल्ने ?? यो संसारमा सबै थोक पाहिन्छ । विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ । यस्तो लाग्यो । यो सोच र चिन्तनले मलाई निकै घोत्ल्यायो

 

दमीनी हो तर कति सुन्दरी बाहुन ठकुरी त उस्को खेट्टामा बाधे पनि सुहाउदैन । देख्दै फिदा भइन्छ यार । उस्ले थप्यो कुनै बलिउड फिल्मको नायका भन्दा कम छैन् यार । उस्ले यसै गरी भन्यो । म अवाक भए । रंगकर्मीको सैन्दर्य चिन्तन देखेर । मैले प्रश्न पछि प्रश्न सोधे । के दलित राम्रो हुनु हुदैन् ? राम्रो पनि बाहुनी जस्तो ठकुरी जस्तो ? अनी नराम्रो बाहुनी चाहीँ को जस्तो ? कमिनी जस्तो ? किन सर्कीनी जस्तो ? उस्ले अनैठो मान्दै फेरी मलाई त्यर्सायो प्रश्न । हैन के भो तलाई ? मैले भने । तेरो सौन्दर्य चेत देखेर टिठ लाग्यो । मनमनै सोचे यो उन्न्त समाज भत्काउने जान्नेहरूले हो र संसारलाई यी जान्नेहरु भनैदाले भन्दा बेसी गर्नेहरूले उन्नत बनाएका हुन् । उस्ले भन्यो सेक्सको लागी तयार भएकी छे । त्यसलाई विहे नै गर्ने हो मैले सोधे …. हा हा हा लामो हाँसो हास्यो र भन्यो । बाहुनको छोरा भएर कसैले मुला दमिनी विहे गर्छ । म उसलाई वस्न आग्रह गदै पसल जाने भन्दै बाहिर निस्कीए । पसलमा एकजान साथी भेटियो । उ मैनबत्ति लिन आएको रहेछ । दलित समुदायको थियो । निकै सहनशलि संस्कारी र बैद्धिक । मलाई निकै मन पर्छ । प्रायः हामी संगै बस्छौ । केही बेर गफिए पछि दुवै आआफ्नो घर लाग्यौ । घर पुग्दा बिबेक मात्र साथी गैसेको रहेछ । मेरो मनमा प्रश्न खेलीरह्यो सेक्स चल्ने तर पानी किन नचल्ने ?? यो संसारमा सबै थोक पाहिन्छ । विवेक मात्र दुर्लभ छ । अविवेक मात्र सर्वसुलभ छ । यस्तो लाग्यो । यो सोच र चिन्तनले मलाई निकै घोत्ल्यायो । जिवन भनेको अनुभवको पोको रहेछ जिवनको परिभाषा बनाए । मानव मनको सबैभन्दा ठूलो समस्या के हो भनेर कसैले मलाई सोध्नेलाई म भन्छु, बोली र व्यवहारमा फरक ।

– See more at: http://dalitonline.com

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: