जागरण मिडिया सेन्टर

Home » अन्य » दलितविरुद्ध बोल्ने एसएसपीले मिडिया किनेका हुन् ?

दलितविरुद्ध बोल्ने एसएसपीले मिडिया किनेका हुन् ?

२०७३ जेठ १२ जागरण मिडिया सेन्टर

271075_2242842792844_1398628_nछुवाछुत प्रथा हटाउँन नमिल्ले अभिव्यक्ति दिएका कोशी प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलविरुद्ध सोमबार स्थानिय पत्रकार तथा संघसंस्थाहरुले पत्रकार सम्मेलनको गरे । सएसपीलाई कानूनी कारवाहीको माग गर्दै पत्रकार सम्मलेन गरिए पनि, त्यो समाचार कुनै मिडियाबाट प्रकाशन तथा प्रशारण हुन सकेन ।

देशमा व्यप्त रहेको छुवाछुत प्रथालाई कानुनबाट हटाउन नमिल्ले जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिदा पनि स्थानिय तथा राष्ट्रिय मिडियाहरुले त्यसको विषय उत्थान हुन सकेन । आखिर किन त ?

दलित उत्थान समन्वय समितिका सचिव शेरबहादुर परियारले भने, ‘एसएसपीले सबै स्थानिय मिडियामा हाम्रो समाचार राख्न रोक लगाए । आजको कुनै पनि मिडियामा हाम्रो समाचार आउन सकेको छैन । यसमा हामीलाई निकै दुःख लागेको छ ।’

सबै मिडियामा तयार भैसकको समाचार पनि एसएसपी कार्यालयबाट फोन गरेर रोक्न लगाएको स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘सबै साथीहरु पत्रकार सम्मेलनमा आउँनुभयो र समाचार पनि तयार भयो । तर, छाप्ने बेलामा एसएसपी कार्यालयबाट फोन आयो र, रोक लगाइयो ।’

एसएसपी पवनप्रसाद र केही कांग्रेसका कार्यकर्ताहरु घटनालाई मिलाउन र बोलेको होइन भन्ने कुरालाई पुष्टि गर्न लागिपरेको पनि स्रोतले बताएको छ ।

केही दलित अधिकारकर्मीहरुलाई एसएसपीले कन्मिन्स गर्दै लगेके र कानूनी कारवाही हुनपर्छ भन्दै लागिरहेकाहरुलाई धम्की दिन शुरु गरेको पनि बताइएको छ ।

दलित अयाोग भन्छ, ‘निलम्बन पनि हुन सक्छ’

राष्ट्रिय दलित अयोगका सदस्य सचिव सिताराम घले परियारले दलितको अधिकारविरुद्ध बोल्ने एसएसपी पवनप्रसादलाई कारवाहीको सिफारिस गरिने बताए । ‘राज्यको जिम्मेवार पदमा बसेर उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यो निकै दुखदायी छ’, उनले भने, ‘हामी प्रमाण जुटाएर कानुनी प्रक्रियामा जान्छौँ । उहाँलाई जातिय छुवाछुत कशुर सजाय ऐन–०६८ अनुसार कारवाही हुन्छ ।’ जातिय आधारमा होच्याउने र त्यस्तो प्रकारको शव्द प्रयोग गर्नेलाई पनि कानूनी कारवाही हुने ऐनमा व्यवस्था गरिएको छ । यो केशले एसएसपीको निलम्बन हुनसक्नेसम्मको ऐनमा व्यवस्था रहेको सचिव परियारले बताए ।

एसएसपीले यस्तो भनेका थिए

म हुर्केको परिवारमा अधिकारको कुरा कहिल्यै सुन्न पाइन, पञ्चायती व्यवस्थामा २०४५ सालमा प्रहरी सेवामा प्रवेश गरेको हुँ । २०६२/६३ भन्दा पहिला दलितका कुरा मुद्दाका रुपमा कहिल्यै आएको मलाई थाह छैन तर ०६३ सालपछि तहस नहस बनाउने गरी दलितहरुले सामाजिक परम्परामाथि आक्रमण गर्न थालेका छन् । यो प्रचलन हजारौं वर्षदेखिको हो, अहिले हामीले हटाउन मिल्दैन, केहि पुस्ता पछि मात्रै हटेर जान्छ । मेरै पालामा त सोच्न पनि सक्दिन ।) (२०६३ साल अघि दलित र गैर दलितबीच झगडा हुँदा छिमेकीको झगडा भनिन्थ्यो तर जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन०६८ आएपछि दलित र गैर दलित बीचको मुद्दा सुनकोशीको बाढि जस्तै भयो ।

यसले समाजको परम्परा र शान्ति स्थितीलाई समेत खलल पु¥यायो । ऐन आएपछि धेरै एनजिओका मानिसहरुले आफ्नो कमाई खान मुद्दालाई उचालेर आतंक सिर्जना गरे । जसरी सुनकोशीको बाँध आफै विस्तार्रै फुटेर गयो त्यसरी नै ऐनबाट डराउनु पर्दैन विस्तारै मान्छेले बुझेपछि आफै हटेर जान्छ, पुर्खाको रोग निको हुन समय लाग्छ, ऐनबाट डराउनु पर्दैन ।

र, यो पनि

छुवाछुत संरक्षकत्व गर्ने एसएसपी खरेल विवादमा तानिए :एसएसपी खरेल भन्छन्, ‘हो बोलेकै हुँ’

See more at: http://dalitonline.com/archives/9843#sthash.UGK8LoVz.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: