जागरण मिडिया सेन्टर

Home » अन्य » माओवादी केन्द्रमा ४७ दलित केन्द्रिय सदस्य

माओवादी केन्द्रमा ४७ दलित केन्द्रिय सदस्य

२०७३ जेठ १२ जागरण मिडिया सेन्टर

maobadi kendra

नेकपा माओवादी केन्द्रको केन्द्रिय किमिटिमा ठूलो संख्यामा दलित नेताहरु पर्न सफल भएका छन् ।

केहि दिनअघि भएको १० माओवादी घटकबीचको एकतापछि गठन गरिएको केन्द्रिय टिममा ४७ जना दलित नेताहरु पर्न सफल भएका हुन् । केन्द्रिय टिममा दलितको संख्या ५७ सम्म पुग्न सक्ने हेटक्वाटर सदस्य तिलक परियारले दलित अनलाईनलाई जानकारी दिए ।

यसलाई दलितहरुको उत्साहजनक प्रतिनिधित्वको रुपमा लिइएको छ । ६ सय ९९ जनाको जम्वो केन्द्रिय कमिटि बनाएको केन्द्रले दलित नेताहरुलाई पनि प्रथामिकता दिएको छ । अहिलेसम्म भने ४ सय ९९ जना केन्द्रिय समितिको मात्र टुंगो लागेको छ ।

९ जनाको माओवादी हेटक्वाटर टिममै दलित समुदायका नेता तिलक परियार पर्न सफल भएका छन् । उनलाई उपाध्यक्षको दावेदारको रुपमा हेरिएको छ । माओवादीमा देखिएको यो सहभागिताले केन्द्रिय स्तरमा पनि दलित नेताहरुले निर्णायक भूमिका खेल्न सक्ने देखिएको छ ।

यी हुन् केन्द्रिय दलित नेताहरु

तिलक परियार, बिश्वभक्त दुलाल ‘आहुती’, महेश्वर गहतराज ‘अथक’, अन्जना बिशंखे, गणेश भित्रीकोटी, गोपि अच्छामी, दलजित सिर्पाइली, राजु हरिजन, असर्फी सदा, जगत पार्की, सिता नेपाली , रणेन्द्र बराइली, पद्मलाल बिश्वकर्मा, धर्मराज बिश्वकर्मा, राजकुमार हिङमाङ, चन्द्र बहादुर बिश्वकर्मा, शंकर दुलाल, रामकुमार पासवान, श्री प्रसाद पासवान, अनिता परियार, यम बहादुर परियार, धनमाया बिश्वकर्मा, अरबिन्द दास, देबसागर दास, हितमान सुर्खेती, दुर्गा बिश्वकर्मा, ठाकुर बिश्वकर्मा, उमा बिश्वकर्मा, डम्मर बिश्वकर्मा, सिता पौडेल , पुनम श्रीपाइली, पुष्प बादी, गोर बहादुर बिश्वकर्मा, लाल बहादुर सार्की, दान बहादुर बिश्वकर्मा, रमेश रसाइली, धन बहादुर बिक, पशुराम रन्तेल, नन्द सिंह सार्की, आनन्दलाल बिश्वकर्मा, बुद्धि नेपाली, तेज बहादुर मिजार, बिष्णु बिश्वकर्मा, बिष्णु मिजार, भक्त रसाइली, बलाराम बिश्वकर्मा लगायत छन् ।

– See more at: http://dalitonline.com/archives/9943#sthash.WSY2ZBwm.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: