जागरण मिडिया सेन्टर

Home » अन्य » खड्ग बस्याल मन्त्री हुँदाका पाँच क्षण

खड्ग बस्याल मन्त्री हुँदाका पाँच क्षण

२०७३ जेठ १३, जागरण मिडिया सेन्टर  ।

khadka-basyal

१. पहिलो भेट

हामी दलित आन्दोलनमै थियौँ । मलाई पार्टीले पनि राम्रै मुल्याङ्कन गरिरहेको थियो । आन्दोलनकै क्रममा जेल जीवन पनि विताइयो । पार्टी र दलित आन्दोलनमा योगदान गरे पनि मन्त्री बन्छु भन्ने चाही लागेको थिएन । एकदिन म बाटोमा हिडिरहेको थिएँ । खुमबहादुर खड्कालाई भेटाएँ । उहाँले तपाईको राम्रो छ भन्नुभयो । घरमा गएर टिभी हेरेको त स्वास्थ्य राज्यमन्त्रीमा मेरो नाम छ । म सक्ड भएँ । अनि तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न पुगे । उहाँले पनि राम्रो रेसपोन्स गर्नुभयो । मन्त्री भएपछि पहिलो पटक गिरिजाप्रसाद कोइरालाई भेटेको थिएँ ।

२. पहिलो दलित बस्ती

मन्त्री भएपछि पहिलो पटक म काठमाडौंस्थित बागमति किनारको दलित बस्तीमा पुगेको थिएँ । एउटा हेल्थ क्याम्पियन लगेर म र सचिवसहित त्यहाँ पुगेका थियौँ । आफ्नै समुदायको दलित मन्त्री पाएपछि उहाँहरुले पनि खुलेर कुरा गर्नुभयो । बाढी आउँने डरले रातभर निद्रा लाग्दैन भन्दै हुनुहुन्थ्यो । उहाँहरुको समस्याहरु बुझिनसक्नु थियो । उनीहरुले बागमति किनारमा पाँच वटा स्वाथ्य चौकीको पनि माग गरेका थिएँ । त्यहाँको समस्या सचिव ज्यूले टिपोट गर्नुभयो । मैले पनि उनीहरुको पीडा भित्रैदेखि अनुभुति गरेँ । केही सहयोग पनि गरियो ।

३. पहिलो विदेश भ्रमण

मलाई पहिलो पटक अमेरिकाको विदेश भ्रमण गर्ने अवसर मिलेको थियो । त्यो दुई दिनको कार्यक्रम थियो । इन्फुल्जा एच वान, एन वानसम्बन्धि गोष्ठीमा हामी त्यहाँ पुगेका थियौँ । त्यहाँ पैले प्रस्तुत गरेको विज्ञप्तीले धेरै जना खुशी हुनुभयो । र, मलाई बधाई पनि दिनुभयो ।

४. त्यो निर्णय

राज्यमन्त्री भएकाले मेरै सर्वे सर्वा हुने कुरा भएन । तर, मन्त्री ज्यूले मसँग नै छलफल गरेर काम अगाडि बढाउँनुहुन्थ्यो । त्यो बेला दलितलाई निशुल्क औषधी दिने विषयमा निर्णय ग¥यौँ । मुटु, मृगौला  र क्यान्सर रोगको लागि दलितलाई निशुल्क औषधी उपलब्ध गराउँनुपर्छ भनेर मैले निकै लविङ गरेँ । ३५ वटा औषधी त सबैको लागि निशूल्क उपलब्ध गराउँने नीति पारित गरियो । दलितको विषयमा पनि अहिले सकारात्मक ढंगले काम अघि बढिरहेको छ । हामीले स्वास्थ्य जीवन विमालाई पनि लागु गरेका थियौँ ।

५. क्वाटरको समस्या

पहिला त मैलो मन्त्री क्वाटरमा बस्दिन भनेर निर्णय गरेको थिएँ । तर, साँच्चकीकै म वाहिर बसेको भए २० दिन पनि टिक्दोरहेनछु । त्यो पछि अनुभुति भयो । तर, क्वाटर पाउन पनि हम्मे हम्मे प¥यो ।

राज्य मन्त्रीलाई क्वाटर नदिने कुरा पनि भयो । कतिपयले ‘तपाइले का क्वाटर पाउँनुहुन्छ ?’ सम्म भने । तर, दलितसाथीहरुले मेहनत गरेर क्वाटर मिलाइछाड्नुभयो । मेरो क्वाटरमा पुगेर साथीहरुले पहिले नै ताल्चा लगाइदिएका थिएँ । मन्त्री भएको त्यस्तै ७, ८ दिनपछि क्वाटरमा बस्न पुगेँ हुँला ।

– See more at: http://dalitonline.com/archives/10083#sthash.GYkRolrH.k4JvFmRY.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: