जागरण मिडिया सेन्टर

Home » अन्य » हिरासतबाट पीडितले भने, ‘दलित आयोगको काम छैन’

हिरासतबाट पीडितले भने, ‘दलित आयोगको काम छैन’

२०७३ जेठ ३१ गते, जागरण मिडिया सेन्टर

डडेल्धुरा,३१ जेठ । डाक्टरलाई कालोमोसो दलेको निहुँमा सार्वजनिक मुद्दा लागेर हिरासतमा बसेका तीन जना दलित महिलाहरु प्रति राष्ट्रिय दलित आयोग र मानव अधिकार आयोगले वेवस्ता गरेको पीडितहरुले आरोप लगाएका छन् ।
डाक्टरलाई कालोमोसो दलेको आरोपमा यही जेठ २३ गते घटनाकै दिन पक्राउ परेका तीन जना महिलाहरूले प्रहरीले आफुहरूलाई पूर्वाग्रही ढंगले हिरासतमा राखेको भन्दै राष्ट्रिय दलित आयोग र मानव अधिकार आयोगले वेवस्ता गरेको पीडितहरुले आरोप लगाएका हुन् ।
एम्बुलेन्स माग्न गएका महिलाहरूलाई मदिरा सेवन गरेर डुम भन्दै थर्काउने मेडिकल सुपरिटेन्ड डा. गुणराज अवस्थी बिरुद्ध महिलाहरूले तयार गरेको जातिय विभेद बिरुद्धको जोहरी जिल्ला प्रहरी कार्यालय बैतडीले अझै दर्ता गर्न मानेको छैन । तर डाक्टरलाई कालोमोसो दलेको विषयमा डा. गुणराज अवस्थीकोे तीन जना दलित महिलाहरुविरुद्ध सार्वजनिक अपराध मुद्धा भने २४ गते नै दर्ता भइसकेको थियो । मुद्धा दर्ता गर्नुभन्दा एक दिन अघि नै उनीहरुलाई पक्राउ गरी हिरासतमा राखिएको थियो ।
हिरासतमा रहेका राधा भूल , गंगा भूल र पार्वती भूलको घरमा बालबच्चा छन् । उनीहरुले डाक्टर आवस्थीले मदिरा सेवन गरेको बेलामा आफुहरुलाई डुम भन्दै गाली गरेपछि आफुहरुले कालोमोसो दलेको गंगा भूलले बताइन् । दलित विरुद्ध बोल्ने अवस्थीलाई कालोमोसो दल्दा आफुहरु उल्टो अन्यायमा परेको उनको गुनासो छ । ‘हामीले त डुम भन्दै थर्काउने डाक्टर विरुद्ध कालोमोसो दल्यौं, सुत्केरीको पीडाको बेलामा डाक्टरले अपमान गरेकै कारण मोसो दल्यौं’,उनले भनिन् ,‘दलित आयोगको काम छैन’
यस्तै आफुहरुलाई सार्वजनिक मुद्दा लगाएर हिरासतमा राखेर कारबाही गर्दा समेत दलित अधिकारकर्मी , राष्ट्रिय दलित आयोग र मानव अधिकार आयोगले वेवास्ता गरेको पार्वती भूलले बताइन् । ‘सत्यतथ्य बुझुन त हामीसगै आउनु पथ्र्यो नि ,न दलित आयोग आयो, न मानवअधिकार आयोग आयो ,’उनले भनिन् ।
दलितको नाममा काम गर्ने सरकारी निकाय राष्ट्रिय दलित आयोग र मानव अधिकार आयोग आएर सत्यतथ्य पत्ता नलगाउदा पीडितहरु थप अन्यायमा परेको दशरचन्द नगरपालिका वडा १ की भागा भूलले बताइन् । ‘महिलाहरुले गल्ती गरेको भए कारबाही गरे हुन्छ , नत्र डाक्टरलाई कारबाही हुनुपर्छ ,’उनले भनिन् ।
हिरासतमा भएका तीनै जना महिला बालबच्चा भएका महिलाहरु हुन् । रााष्ट्रिय हलिया मुक्त समाज महासंघ नेपालले पनि दलित महिलाहरु अन्यायमा परेको भन्दै न्यायको लागि सबैलाई अपिल समेत गरेको छ । घटनालाई राजनीतिकरण गरिएको भन्दै सत्यतथ्य बुझुने निकाय राष्ट्रिय दलित आयोग र मानव अधिकार आयोग समेत बेखबरजस्तो बन्दा पीडितहरुलाई थप पीडा भएको उनीहरुको निष्र्कष छ । महासंघले सोमबार प्रेस विज्ञप्ती निकाल्दै डाक्टरलाई कारबाही हुनुपर्ने माग समेत गरेको छ । डाक्टरले दिएको अभिव्यक्तिलाई ध्यानमा राखेर महिलाहरुले प्रतिकार गरेका हुन् , डाक्टरलाई तत्कालै कारबाही गर्नुपर्ने, कारबाही नभए आन्दोलन गर्ने समेत चेतावनी उनीहरुले प्रेस विज्ञप्ती मार्फत भनेका छन् ।
दलितहरुले दिएको जाहेरी अझै दर्ता भएको छैन ,तर डाक्टरको मुद्दा दर्ता भएर कारबाही गरिने यो दलित आयोग र मानव अधिकार आयोगले छानविन गर्नुपदैन ? राष्ट्रिय हलिया मुक्त समाज महासंघ नेपालका केन्द्रिय अध्यक्ष राजु भूलले बताए । ‘कस्तो आयोग हो ? घटना घटेको यतिको समय भयो , सत्यतथ्य बुझ्दैनन् ,पीडित हिरासतमा छन् ,’उनले भने ।

के भन्छ्  राष्ट्रिय दलित आयोग ?
राष्टिय दलित आयोग र दलित नागरिक समाजले घटनाको तत्कालै अनुगमन गर्न नसकेपनि घटनास्थलको अनुगमन गरी सत्यतथ्य पत्ता लगाउने जनाएको छ । आइतबार मात्रै आयोगमा दलित नागरिक समाज र आयोगका पदाधिकारी बीच बैठक बसी तत्कालै घटनास्थलमा गएर घटनाको सत्यतथ्य पत्ता लगाउने निर्णय गरेको आयोगका सदस्य सचिव सीताराम घले परियारले बताए । ‘हामी घटनास्थलमा जान्छौ, हिरासतमा रहेका महिलाहरुलाई भेट्छौ र न्याय पाउने ढंगबाट घटनाको छानविन हुन्छ,’उनले भने ।
साच्चै दलित महिलाहरु हिरासतमा भएको घटना निकै दुख लाग्दो कुरा हो , हामीले घटना बुझेर छुटाउने छौ घले परियारले जानकारी दिए ।

– See more at: http://dalitonline.com/archives/11117#sthash.TKwnRKgR.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: