जागरण मिडिया सेन्टर

Home » अन्य » सीतामायाले पाइन् ९३ वर्षमा नागरिकता

सीतामायाले पाइन् ९३ वर्षमा नागरिकता

२०७३ असार १, जागरण मिडिया सेन्टर ।

इलाम शान्तिपुरकी सीतामाया दर्जी बुढेसकालमा नागरिकता पाउँदा हर्षित भएकी छिन्।

अर्थाभावका कारण सदरमुकामसम्म पुगेर नागरिकता लिनबाट वञ्चित दर्जीलाई जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको घुम्ती शिविर वरदान साबित भयो। ‘शिविर नपुगेको भए नागरिकता नपाई मरिन्थ्यो होला,’ त्रियानब्बे वर्षीया दर्जीले भने,’नागरिकता भएपछि वृद्धभत्ता पनि पाइने भयो।’
सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागोले अहिलेसम्ममै सबैभन्दा ज्येष्ठ नागरिकलाई गाउँमै पुगेर नेपाली नागरिकता प्रदान गर्दा आफूलाई खुसी लागेको बताए। जिल्ला प्रशासन कार्यालयले शान्तिपुर गाविसमा सञ्चालन गरेको तीनदिने घुम्ती शिविरमा २९२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको नायव सुब्बा रामप्रसाद उप्रेतीले जानकारी दिए।
शिविरमा निर्वाचन कार्यालयले ३२७ जनाको तस्बिरसहितको मतदाता नामावलीका लागि विवरण सङ्कलन गरेको छ। त्यस्तै महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र, जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण तथा किसानलाई रोग र किराको विषयमा जानकारी गराएको थियो।
शिविरमा जिल्ला पशुसेवा कार्यालयले पशुमा लाग्ने रोग, पशु स्वास्थ्य तथा नस्ल सुधारसम्बन्धी सेवा प्रदान गरेको थियो। प्रशासन कार्यालयले यसअघि पनि जिल्लाका चुलाचुली, माईमझुवा, आमचोक लगायत गाविसमा घुम्ती शिविर सञ्चालन गरेको थियो।
रासस
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: