जागरण मिडिया सेन्टर

Home » अन्य » दलितविरुद्ध बोल्ने एसएसपीलाई कारबाही भएन

दलितविरुद्ध बोल्ने एसएसपीलाई कारबाही भएन

२०७३ असार १६,जागरण मिडिया सेन्टर ।

271075_2242842792844_1398628_n

सार्वजनिक कार्यक्रममै छुवाछुत हटाउन नसकिने भन्ने अभिव्यक्ति दिएर विवादमा तानिएका धरानका प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेललाई कारबाही हुन नसक्ने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले छुवाछुत हटाउन नसकिने भनि अभिव्यक्ति दिएर विवादमा तानिएका एसएसपी पवनप्रसाद खरेलमाथि तीन सदस्यीय छानवीन समिति बनाएर कारबाही प्रक्रिया अगाडि बढाए पनि प्रहरी हेटक्वाटरबाट उनीमाथिको कारबाही रोकिएको भन्दै समितिमै विवाद बढेसँगै खरेलमाथि कारबाही हुन नसक्ने एक सदस्यले बताएका हुन ।

बाहिर भने जसरी खरेलमाथि कारबाही गर्ने आ“ट गृहमन्त्रालयले नगरेको भन्दै समितिमै विवाद चर्किएको पनि स्रोतले बतायो । गृहमन्त्री र गृह सचिवको निर्देशनमा तीन जनाको छानविन समिति बनेर अनुसन्धान गर्न प्रहरी हेटक्वाटरमा पत्र पठाए पनि खरेलको फाइल क्वाटरमै अड्किएको स्रोतको दावी छ । ‘ हामीले मात्रै कारबाही गर्न भनेर हुँदैन , माथिबाट कारबाही रोकिन्छ ’, स्रोतले भन्छ ।

यस अघि दलित अनलाइन डटकमसंग कुराकानी गदै गृह मन्त्रालयका प्रवक्ता यादव खरेलले कारबाही प्रक्रिया अगाडि बढाएर तत्कालै कारबाही हुने बताएका खरेलले प्रहरी हेटक्वाटरबाट अनुसन्धान भइरहेको बताए । ‘छानविनको धेरै प्रक्रिया हुन्छ , यो प्रक्रियामा हामीले बताउन मिल्दैन ’,उनले भने , ‘क्वाटरबाटै केही आउला । ’

जेठ १० गते दलित अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझे पछि गृहमन्त्री शक्ति बस्नेतले एसएसपी पवनप्रसाद खरेललाई तत्काल कारवाही गरिने बताए पछि जेठ २० गते कारबाही प्रक्रिया अगाडि बढाएको थियो । गृहमन्त्रीको आदेशलगतै आफुहरूले कारबाही अगाडि बढाए पनि प्रक्रियामा जानुपर्ने भन्दै गृह मन्त्रालय प्रवक्ता यादव खरेलले केही समय लागे पनि कारबाही हुने बताए । ‘छानविनको दायरामा हुनुहुन्छ, हामी कारबाहीबाट पछि हट्दैनौं , ढिलो भएर केही हुँदैन ’, उनले भने ।

घटना यस्तो थियो

जेठ ६ गते आवाज मिडिया गु्रप धरानले संचालन गरेको आधारभूत रेडियो पत्रकारिता तालिममा प्रमुख अतिथि भएर गएका कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले छुवाछुत प्रथा हटाउन नमिल्ने अभिव्यक्ति दिएर विवादमा तानिए थिए । खरेलले सार्वजनिक मञ्चबाटै विवादित अभिव्यक्ति दिएपछि स्थानीय स्तरमा दलित अधिकारकर्मीहरुले एसएसपी पवनप्रसाद खरेलले छुवाछूत विरुद्ध बोलेको भन्दै राष्ट्रिय दलित आयोगमा उजुरी दर्ता गरेसगै दलित समुदाय आक्रोशित भएका थिए । एसएसपी खरेलले बोलेको भिडियो सार्वजनिक भएसँगै संयुक्त दलित राजनीतिक संघर्ष समिति ,सभाषद्को टोली, दलित नागरिक समाजलगायत राष्ट्रिय दलित आयोगले गृहमन्त्रीसँग भेट गरी ज्ञापनपत्र बुझाइएका थिए । ज्ञापन पत्र बुझे पछि गृहमन्त्री शक्ति बस्नेतले एसएसपी पवनप्रसाद खरेललाई तत्काल कारवाही गरिने बताएका थिए । गृहमन्त्री बोले लगत्तै गृह प्रवक्ताले पनि छानविन समिति बनाएर कारबाही प्रक्रिया सुरु भएको बताएका थिए । यतिसम्म कि छानविन समिति बनेर कार्यबाही प्रक्रिया अघि बढेको छ , भन्दै गृह प्रवक्ताले जानकारी दिएका थिए ।

– See more at: http://dalitonline.com/archives/12201#sthash.3FkZYgM0.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: