जागरण मिडिया सेन्टर

Home » अन्य » छुवाछुत विरुद्धको मुद्दा दर्ता शुन्य : सोलुखुम्वु

छुवाछुत विरुद्धको मुद्दा दर्ता शुन्य : सोलुखुम्वु

२०७३ असार २९,जागरण मिडिया सेन्टर ।

13664800_679278748879483_579723977_n

कतै उजुरी दर्ता गर्न मानिएको छैन । कतै उजुरी दर्ता नै शून्य छ । दलितमाथि भएका जातीय छुवाछूतको घटना प्रहरी र प्रशासन कार्यालयमा हुने दर्ताकै आधारमा सम्बन्धित निकायबाट कारबाही गरिन्छ । तर जिल्लाभरी छुवाछूतका घटना भएर पनि उजुरी दर्ता नगर्दा पीडक उम्कने र पीडित थप अन्यायमा परेका घटनाहरु प्रत्यक्ष देख्दै,सुन्दै आइरहेका र्छौं । घटनालाई मेलमिलापमै मिलाइन्छ । प्रहरी, प्रशासनमा उजुरी दर्ता नगरी घटना मिलाउन दबाब दिइन्छ र घटनामा मिलाउँदा अर्को घटना निम्ताउने खतरा पनि उत्तिकै बढ्छ । तर सोलुखुम्बु जिल्लामा भने २०७२ देखि ०७३ असार सम्मका जातीय विभेदका घटनाको उजुरी हेर्दा शून्य छ । घटना भए , तर मेलमिलाप गरियो । सोलुखुम्बुबाट टिआर घिमिरेको एक रिपोर्ट

सोलुखुम्बु जिल्लामा आर्थिक वर्ष २०७२ र ०७३ असार सम्ममा सम्वन्धित निकायहरुमा छुवाछुत सम्वन्धिको कुनै प्रकारको मुद्दा दर्ता भएको छैन । समाजमा घट्ने विभिन्न प्रकारका आपराधिक घटनाबाट पिडित जो कोहीलाई पनि न्याय दिलाउन सहयोग गदै आएको सम्वन्धित निकायमा पछिल्लो समयमा छुवाछुतको उजुरी नआएको कारण मुद्दा दर्ता शुन्य देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्वुको मुद्दा फाँटवाला प्रहरी नायव निरिक्षक उद्धव कटेलले यस निकायमा विभिन्न प्रकारको आपराधिक घटनाहरुको उजुरी तथा मुर्दा दर्ता हुन आए पनि जातीय विभेद विरुद्धको मुद्दा भने हाल सम्म दर्ता हुन नआएको बताए । उनले आफु लामो समय यस फाँटमा रहेर सेवा दिदै आएता पनि विगतका वर्र्षहरुमा समेत यस किसिमको घटनाको ठाडो उजुरी समेत नआएको जानकारी दिए ।
त्यस्तै सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सोलुमा जातीय भेदभावको अवस्थालाई हेर्दा जिल्लामा छुवाछुतका घटनाहरु कम भएको र विभेद भएर कानुनी रुपमा मुद्दा चलेको कुनै घटना नभएकोे बताए । उनले अन्य जिल्लाको तुलनामा यस जिल्लामा जातीय विभेदको घटना निकै कम रहेको भन्दै यदि कसैमाथि छुवाछुत भए सम्बन्धित निकायमा आउन समेत आग्रह गरे ।
मानव अधिकारको क्षेत्रमा क्रियाशिल अनौपचारिक क्षेत्रिय सेवा केन्द्र (इन्सेक) सोलुखुम्बुका पासाङ वम्जनले समाजमा छुवाछुतका घटनाहरु घटेपनि स्थानीय स्तरमा मेलमिलाप गर्ने प्रवृत्ति र विभिन्न प्रकारका दवावकै कारण विभेद विरुद्धका घटनाहरु बाहिर आउन नसकेको बताए । उनले पिडीतले न्याय प्राप्तिका लागि सम्बन्धित निकायमा उजुरी दिन नसक्दा पीडितहरुले आफुले न्यायको अनुभति गर्न नसकेको दुखेसो पोखे ।
त्यस्तै स्थानीय समाजसेवी अगुवा सल्लेरी ५ निवासी पदम सुन्दासले समाजमा लुकेका र लुकाइएका सबैखाले विभेदको घटनालाई कानुनी दायरमा ल्याइ पीडितलाई न्याय र पीडकलाई कारवाहीका लागी सबैले आ आफ्नो ठाँउबाट भुमिका खेल्नुपर्नेमा जोड दिए ।
समाजमा विभिन्न प्रकारको घटना घटिरहन्छ । यसको कारण मध्ये एक जातीय विभेद पनि रही आएको छ । त्यसैले समाजमा कानुन र विभेद सम्वन्धि जनचेतनामुलक कार्यक्रम लागु गर्नुपर्ने आवश्यकता छ । जातीय विभेदको अन्त्य गरी समानतामुलक समाजको निमार्णमा लागी परौ ।

– See more at: http://dalitonline.com/archives/12972#sthash.PzPyPJsz.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: