जागरण मिडिया सेन्टर

Home » अन्य » बैतडी प्रकरण : छुवाछूत गर्ने डाक्टरमाथि मुद्दा दर्ता , डाक्टर अवस्थी फरार

बैतडी प्रकरण : छुवाछूत गर्ने डाक्टरमाथि मुद्दा दर्ता , डाक्टर अवस्थी फरार

२०७३ असार ३१,जागरण मिडिया सेन्टर ।

doctor-baitadi (1)

गर्भवतीको उपचारका लागि एम्बुलेन्स माग गर्दा उल्टो महिलाहरूलाई मदिरा सेवन गरेर डुम भन्दै थर्काउने मेडिकल सुपरिटेन्डेट डा. गुणराज अवस्थी बिरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ ।
मुद्दा दर्ता पछि डाक्टर अवस्थी भने फरार भएका छन् । आइतवार जिल्ला प्रहरी कार्यालयमा अवस्थी विरुद्ध मुद्दा दर्ता भएको हो । शनिवार नेपाली कांग्रेसको कार्यकर्ता र दलित अधिकारकर्मी दर्ता गर्न जादा नमानेको प्रहरी कार्यालयले आइतबार दिनभरीको कार्यकर्ता र दलित अधिकारकर्मीको दबाबपछि मात्र मुद्दा दर्ता गरेको हो । डाक्टर विरुद्ध मुद्दा दर्ता गर्नुअघि नै डाक्टर अवस्थी फरार भइसकेको स्रोतको दावी छ ।
डाक्टर अवस्थी सार्वजनिक मुद्दा दर्ता भएपछि आफुलाई प्रशासनले पक्राउ गरी कारवाही हुने डरले फरार रहेका नेपाली कांग्रेसका जिल्ला नेता तथा दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीले बताए । ‘प्रशासनले पनि धेरै नै लापारवाही गरेको छ , उनी फरार गर्नुमा , ’उनले भने,‘ शनिवार मुद्दा दर्ता गर्न किन मानेन, उनी भागेपछि मुद्दा दर्ता भयो । ’
यता प्रशासनले भने आफुहरुले मुद्दा दर्ता गरिसकेको हुँदा डाक्टरको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । ‘हामीले खोजी कार्य जारी राखेका छौं, अनुसन्धानपछि केही होला ,’उनले भने ।

यसरी मुद्दा दर्ता भयो डाक्टर अवस्थीको
डाक्टर अवस्थीले बैतडी जिल्ला अस्पतालमा २४ गते अर्थात शनिवार विहान ७ ः ३० बजे एउटा कार्यक्रम राखेका थिए । शुक्रवार नै उनले सवै दलका प्रतिनिधि , नागरिक समाज , पत्रकार, अधिकारकर्मी सबैलाई पत्र काटेर सबै पक्षीय छलफल आयोजना नाम दिएर कार्यक्रममा बोलाएका थिए । उनले बोलाएकै समयमा सबै उपस्थिति पनि भए । सिडियो साब, प्रहरी प्रमुख , पत्रकार , राजनीतिक दलका प्रतिनिधि र अधिकारकर्मीको राम्रो उपस्थिति थियो । डाक्टरले खाद्य सुरक्षा, एचआईभी एड्स र निशुल्क स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण विषयमा छलफल गरिने भन्दै पत्रमा भएका विषयलाई उप्काए र उनले कार्यक्रमको सुरुमै आफुले गरेका कामको बारेमा बनाइएको वृत्तचित्र पनि देखाए । आधा घण्टासम्म वृत्तचित्र देखाएपछि , उनले सिडियो साब तपाईसँग एउटा अनुमति लिइ एउटा कुरा भन्न चाहन्छु भने । सिडियो साबले भन्नुहोस् भने पछि , डाक्टरले यसो भने । ‘अन्र्तराष्ट्रिय आतंकवादी संगठनका नाइके ओसामा विन लादेन एउटा थिए , उनी मारिए । तर हाम्रो बैतडीमा सात जना ओसामा विन लादेन छन् , जसको नाम यी हुन् , नेपाल शिक्षक संघका अध्यक्ष चतुरबहादुर चन्द , रमेश कोली भन्ना साथ कार्यक्रमस्थल होहल्लाले गुन्जायमान भइसकेको थियो । त्यसपछि कार्यक्रम अन्य विषयमा छलफल नभइकन सकियो । आफुहरुलाई अन्र्तराष्ट्रिय आतंकवादी संगठनसँग तुलना गदै सिंगो नेपाली कांग्रेसलाई आतंकवादीको संज्ञा दिएको र केही दिन पहिला मात्रै सुत्केरी महिलाको गर्भ जाँचमा तीनवटा बच्चा छ भनी गलत रिपोर्ट दिनुका साथै एम्बुलेन्स माग गर्दा उल्टो महिलाहरूलाई डुम भन्दै थर्काउने ,घटनालाई राजनीतिक रंगको आधारमा मिलाएको भन्दै डाक्टर विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको रमेश कोलीले जानकारी दिए ।

– See more at: http://dalitonline.com/archives/12900#sthash.PpYhOHsQ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: