जागरण मिडिया सेन्टर

Home » अन्य » अजितको पोष्टमार्टम : लास कुर्दा कुर्दै दिन वित्यो

अजितको पोष्टमार्टम : लास कुर्दा कुर्दै दिन वित्यो

भरत पाण्डेय

२०७३ साउन ४,जागर मिडिया सेन्टर ।

13718611_496875313836696_7073083598543214778_n

शंकास्पद रुपमा धादिङ्गमा शव भेटिएका काभ्रेका अजित मिजारको हत्या कि आत्महत्या भनेर छुट्याउन पोष्टमार्टम गर्नुपर्ने माग गर्दै उनका आफन्तले दिनभर कुरे पनि पोष्टमार्टम हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा दिनभरी कुरेर बसे पनि मिजारको पोष्टमार्टम हुन सकेको छैन । शिक्षण अस्पतालले धादिङ्ग प्रहरीको पत्र नभएसम्म पोष्टमार्टम गर्न नसकिने बताएपछि दिनभरी पोष्र्टमार्टम हुन नसकेको हो । मृत्युको विषयमा शंका रहेको भन्दै आफन्त र अधिकारकर्मीले हिजो धादिङ्गको गजुरीबाट गाडीसकेको शव निकालेर ल्याएका थिए । ईलाका प्रहरी कार्यालय गजुरीमा पत्र पठाईदिन भने पनि पत्र नआएका कारण उनको पोष्टमार्टमा हुन नसकेको राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले बताए ।

13754582_496875357170025_6768356623380485418_n

गएको असार २५ गते अन्तरजातिय विवाह गरेका पाँचखाल ६, होक्से काभ्रेका मिजार असार २८ गतेदेखि वेपत्ता भएका थिए । उमेर नपुगेको भन्दै विवाह सम्बन्ध छुटाएका उनलाई केटीपक्षबाट पटक पटक धम्की आएको परिवारले बताएका छन् । मिजारको शव धादिङ्गको गजुरी फर्केखोलामा झुण्डिएको अवस्थामा भेटिएको र ३ दिन राख्दा पनि कोही खोज्न नआएपछि गाडेको प्रहरीले जनाएको छ । तर छोरो खोज्दै जाँदा मृत्यु भइसकेको थाहा पाएका परिवारले आइतबार मृत्यु नभई हत्या भएको भन्दै शव निकालेर ल्याएका थिए । दलित महिला संघ काभ्रेकी अध्यक्ष मैँया रोकाका अनुसार मिजारको शवमा कतै पनि पोष्टमार्टम गरेको भन्ने संकेत छैन । प्रहरीले भने झुण्डिएको अवस्थामा शव भेटिएपछि पोष्टमार्टम गर्न डाक्टरलाई जानकरी गराएर तीन दिनपछि स्थानीयको रोहवरमा शव गाडेको बताएको छ । आफूहरुलाई घटनाको पृष्ठभुमि थाहा नभएकोले भेटिएको शव दुर्गन्ध फैलन लागेको भन्दै स्थानीयले माग गरेपछि गाडेको र आफन्तले खोजेपछि प्रकृया पु¥याएर निकालेर दिएको इलाका प्रहरी कार्यालय गजुरीका ईन्स्पेक्टर प्रकाश जगेवुले बताए । उनले पुन पोष्टमार्टमका लागि आफूले पत्र बनाएर पठाइ दिइसकेको पनि बताए ।

13718611_496875313836696_7073083598543214778_n

राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण राष्ट्रिय मानवअधिकार आयोगले घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मिडियामा आएको जानकारीका आधारमा आयोगले अनुसन्धान शुरु गरेको राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले बताए । ‘अव आयोगले प्रकृया अनुसार अनुसन्धान गर्छ’ उनले भने ‘प्रहरी, सम्बन्धित सरोकारवालालाई सोधेर सत्यतथ्य पत्ता लगाउने प्रकृया शुरु भईसकेको छ ।’

13775570_496875203836707_6829775755498252924_n

सबैलाई जानकारी दियौँ :  दलित आयोग
राष्ट्रिय दलित आयोगले भने सबै निकायमा घटनाबारे जानकारी गराएको बताएको छ । आयोगका सदस्यसचिव सिताराम घलेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई छानविन समिति गठन गर्नका लागि सिफारिस गरेको बताए । ‘आयोगले प्रधानमन्त्री र गृह मन्त्रालयका अधिकारीसंग भेटेर छानविन समिति गठनका लागि सिफारिस गरेको छ’ उनले भने ‘छानविन समिति गठन गरेर घटनाको यथार्थता ल्याउने विषयमा हामी विश्वस्त छौँ ।’

दलित भ्रातृ संगठनले मिलेर दवाव दिने
विभिन्न राजनीतिक दल सम्बद्ध दलित संगठनहरुले घटनाको यथार्थ छानविनका लागि मिलेर दवाव दिने बताएका छन् । तीन ठूलादल काँग्रेस, एमाले र माओवादी केन्द्र सम्बद्ध भ्रातृ संगठनहरुले आफूहरु संयुक्त बैठक बसी मिलेर दवाव दिने बताए । काँग्रेस निकट नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले घटनाको विषयमा कानुनी रुपमा कार्वाही गर्ने तरिकाले जाने बताए ।
नेपाल उत्पीडीत जातीय मुक्ति समाजका अध्यक्ष जीतु गौतमले घटना नियोजित भएको बताए । ‘यो घटना निन्दनीय , कार्वाही हुनुपर्छ’ उनले भने ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपालीले दलित भ्रातृ संगठनको संघर्ष समितिले यसलाई गम्भीर रुपमा उठाउने बताए । ‘घटना घटेको होइन, घटाईएको हो’ उनले भने ‘अन्तरजातिय विवाहको विषयमा देशभरी हुने यस्ता निन्दनीय घटनाको विरोध गरेर मात्रै हुँदैन, पिडकलाई कार्वाही गराएरै छाड्छौँ ।’

– See more at: http://dalitonline.com/archives/13184#sthash.qIXLGEYW.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: