जागरण मिडिया सेन्टर

Home » अन्य » अजित मिजारलाई साँस्कृतिक शहिद घोषण गर : संयुक्त राजनीतिक दलित संघर्ष समिति

अजित मिजारलाई साँस्कृतिक शहिद घोषण गर : संयुक्त राजनीतिक दलित संघर्ष समिति

२०७३ साउन ५,जागर मिडिया सेन्टर ।

12038147_1061843763828735_8751231142117701956_n

संयुक्त राजनीतिक दलित संघर्ष समितिले काभे्रका अजित मिजारको असार २९ गते षड्यन्त्रपूर्वक गरिएको हत्याको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सहिद सास्कृतिक सहित घोषणको माग समेग गरेको छ ।

आज ४ गते काठमाडौमा बसेको संयुक्त राजनीतिक दलित संघर्ष समितिको बैठकले अन्तरजातीय विवाह गरेकै आधारमा २१ औं शताब्दीमा पनि हत्या हुनु ज्यादै निन्दनिय कार्य हो,भन्दै सहिदको माग गरेको हो । उसले विज्ञप्तिमा भनेको छ , जातपातकै कारण अन्तरजातिय विवाह गरेका अजित मिजारको हत्या गरिनु र प्रहरी प्रशासनले नै घटनालाई ढाकछोप गर्ने दुस्साहस गरिनुले राज्यसत्ताको चरित्र माथि गम्भीर प्रश्न उठेको छ । अत उपरोक्त जघन्य हत्यामा संलग्न केटी पक्षका अपराधीहरुलाई अविलम्ब गिरफ्तार गरी न्यायको कठघरामा उभ्याउन उच्चस्तरिय छानविन आयोग गठन गर्न, मृतकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र हत्या गरिएका अजित मिजारलाई सांस्कृतिक शहिद घोषणा गर्न नेपाल सरकार र सरोकार पक्षसंग जोडदार माग गर्दछौं । हाम्रो मागलाई यथाशिघ्र सम्वोधन गरिएन भने हामी कडा संघर्षमा उत्रन बाध्य हुनेछौं ।  संघर्ष समितिका संयोजक उपेन्द्र छटुन्जेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा दोषी उपर कारवाही गर्न र पिडित पक्षलाई क्षतिपुर्ति दिनका साथै साँस्कृतिक शहिद घोषणा गर्न समेत माग गरिएको छ । प्रेस विज्ञप्तिको पूर्ण पाठ 

संयुक्त राजनीतिक दलित संघर्ष समिति –२०६६
प्रेस विज्ञप्ति
अन्तरजातिय विवाह गरेका पाँचखाल नगरपालिका – ६, होक्सेका विद्यार्थी अजित मिजारको यहि असार २९ गते षड्यन्त्रपूर्वक गरिएको हत्याको घटना प्रति संयुक्त राजनीतिक दलित संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ । स्थानीय सर्वमङगला उमावि पाँचखालमा कक्षा ११ मा अध्ययनरत १८ वर्षीय अजित मिजार र १७ वर्षीय कल्पना पराजुली वीच गत असार २५ गते प्रेम विवाह सम्पन्न भए पनि अजित दलित भएकै कारण माइती पक्षले पाँचखाल इलाका प्रहरी कार्यालय परिसर बाट असार २७ गते बेहुली कल्पना पराजुलीलाई अपहरण शैलीमा खोसेको र निज अजित मिजारलाई ७२ घण्टाभित्र वदला लिने धम्की दिए लगत्तै असार २९ देखि अजितलाई अपहरण गरी धादिङ जिल्लाको कुम्पुर गाविसको फुर्खेखोलामा असार ३० गते उनको लाश झुन्ड्याइएको अवस्थामा भेटिएको एवं स्थानीय प्रहरी प्रशासनले नाटकीय पोष्टमार्टम गरी हतारमा लाश गाडेको घटनाले अजित मिजारको सुनियोजित र षड्यन्त्रपूर्वक हत्या गरिएको पुष्टि हुन्छ । छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको एक दशकको यो अवधिमा जातिय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ मात्रै बनेको छैन, बरु नेपालको संविधान २०७२ ले समेत जातिय भेदभावलाई जघन्य सामाजिक अपराध स्वीकार गरेको छ । परन्तु जातपातकै कारण अन्तरजातिय विवाह गरेका अजित मिजारको हत्या गरिनु र प्रहरी प्रशासनले नै घटनालाई ढाकछोप गर्ने दुस्साहस गरिनुले राज्यसत्ताको चरित्र माथि गम्भीर प्रश्न उठेको छ । अत उपरोक्त जघन्य हत्यामा संलग्न केटी पक्षका अपराधीहरुलाई अविलम्ब गिरफ्तार गरी न्यायको कठघरामा उभ्याउन उच्चस्तरिय छानविन आयोग गठन गर्न, मृतकको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र हत्या गरिएका अजित मिजारलाई सांस्कृतिक शहिद घोषणा गर्न नेपाल सरकार र सरोकार पक्षसंग जोडदार माग गर्दछौं । हाम्रो मागलाई यथाशिघ्र सम्वोधन गरिएन भने हामी कडा संघर्षमा उत्रन बाध्य हुनेछौं ।

उपेन्द्र छटुन्जेल
संयोजक

– See more at: http://dalitonline.com/archives/13252#sthash.RwxkUGz3.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: