जागरण मिडिया सेन्टर

Home » अन्य » अजित मृत्यु प्रकरण : छानविन गर्न गृहले गठन ग¥यो समिति

अजित मृत्यु प्रकरण : छानविन गर्न गृहले गठन ग¥यो समिति

२०७३ साउन ६,जागर मिडिया सेन्टर ।

13692138_10209959984653258_102728020_o

धादिङ्गको गजुरीमा मृत भेटिएका काभ्रेका अजित मिजारको घटना छानविनका लागि गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । धादिङ्गका सहायक प्रमुख जिल्ला अधिकार लिलाधर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
सात दिनभित्र छानविन प्रतिवेदन पेश गर्ने गरी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत र नेपाल प्रहरीका डिएसपि रहेको समिति गठन गरीएको गृह मन्त्रालयका प्रवक्ता यादव कोईरालाले बताए ।
छानविन समितिले सत्य तथ्य पत्ता लगाएपछि कानुन अनुसार कार्वाहीको प्रकृया अगाडी बढ्ने उनले बताए । ‘त्यहाँबाट आएको रीपोर्टको आधारमा कार्वाही गर्ने हो कि अरु केही गर्नुपर्ने हो निर्णय लिन्छौँ ।’ उनले भने ।
उनले कानुनको आँखामा कोही उचो र निचो नहुने भन्दै भेदभाव गर्नेलाई पनि कार्वाही हुने बताए । तर उनी मातहतकै प्रहरीले मिजारको बिबाह उमेर नपुगेको भन्दै छुटाएको थियो । मृतकका आफन्त र अधिकारकर्मीको माग अनुसार मिजारको भिसेरा परीक्षणका लागि पठाएकोले त्यसपछि सत्यतत्य आउने बताए । कोईरालाले धादिङ्गमा पोष्टमार्टम रीपोर्टमा डाक्टरले झुण्डिएर मरेको भनेकोले यदी गलत रीपोर्ट दिएको भए डाक्टरलाई पनि कार्वाही गरीने बताए ।
केटाकेटीलाई जवजस्ती सम्बन्ध छुटाईएको हो  : मृतकका बाबु
अजितले गएको असार २५ गते संगै अध्ययनरत पराजुली थरकी यूवतिसंग प्रेम बिबाह गरेको र उनीहरुको सम्बन्ध प्रहरी कार्यालयमा लगेर जवर्जस्ती छुटाएको मृतकका बाबु हरीभक्त ढकाल मिजारले बताए । ‘उमेर पुगेको छैन सम्बन्ध छुटाउनुपर्छ भनेर प्रहरी कार्यालयमा भने तर केटिले नमानेर रोएपछि पछि उसको हात समाएर हस्ताक्षर गराए’ कटवालले भने ‘बाहिर निस्केर केटाकेटी हात समाएर रोए, छुट्नै मानेनन् । तर केटीलाई छुटाएर बाईकमा हालेर लगे ।’
त्यसपछि पनि फोन गरेर पटक पटक धम्की दिने गरेको र २९ गते दिउँसोदेखि छोरा हराएको उनले बताए । ‘२ बजे तिर म पनि घरमै सुतेको थिएँ, उ पनि बिहान कलेजबाट आएर सुतेको थियो’ उनले भने ‘अनि उठेर म बाहिरतिर जान्छु भनेपछि मैले नजा नजा भन्दाभन्दै गयो, साथीभाइकहाँ गएहोला भनेर केही भनिन ।’
अजितले आफ्नो मोबाइल घरमै छोडेकोले साँझ एकपटक अरुकै मोवाईलबाट फोन गरेर रोएको तर केही कुरा हुन नपाएको बताए । ‘ आफ्नी जेठी आमालाई फोन गरेर कसैको मोवाईलबाट ठूलीआमा ठूलीआमा भनेर फोन गरेको रहेछ । तर त्यसपछि केही बोलेन । मोवाईल खोसेर होला । ’ उनले भने ।

प्रहरीले ढाँटयो  : मृतकका बाबु
छोराको खोजीमा हिँडीरहेको बेला एउटा अनलाईनमा फोटो देखेपछि प्रहरीकहाँ पुगेर धादिङ्गमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी पाएको उनले बताए । दिउँसो तीनबजे हिँडेर राती प्रहरीकहाँ पुगेको भएपनि प्रहरीले शव हेर्न खोज्दा साह्रै दुख दिएको उनको भनाई छ । ‘पहिला क्षत विक्षत छ हेर्न मिल्दैन भन्नुभयो । हाम्रो छोरा हो भने हेर्न पाउ भनेपछि स्काभेटरले ५ मिटर खाल्डो खनेर गाडेको छ भने’ उनले भने ‘तर हेर्दा २ फिट पनि थिएन, पोष्टमार्टम गरेको भन्ने तर कतै चिरफार गरेको पनि देखिएन ।’
उनले पोष्टमार्टम पनि नगरेको हुनाले हामीले पोष्टमार्टम गर्छौँ भन्दा पुनः पोष्टमार्ट गर्ने नेपालको कानुनमा छैन भनेर जवाफ दिएको पनि बताए । ‘हामीले गर्छौँ भनेर लिएर आयौँ तर उहाँले पुन पोष्टमार्टमको चिठी नै लेखिदिनुभएन छ । ’ उनले भने ।
आरोपीलाई पक्रेर छानविन गरोस  : आफन्त
मृतकका आफन्तले किटानी जाहेरी दिईएकोले आरोपीलाई पक्राउ गरेर छानविन गर्न माग गरेका छन् । गृह प्रवक्ता कोईराला संग उनीहरुले यस्तो माग गरेपनि कोईलालाले सत्यतथ्य सार्वजनिक नहुँदा सम्म पक्राउ गर्न नमिल्ने बताए । ‘सामान्य ठाडो उजुरीमा त प्रहरीले पक्राउ गरेर छानविन गर्छ भने किटानी जाहेरी गरेकोलाई पक्राउ गर्न के समस्या भयो’ दलित महिला संघ काभ्रेका अध्यक्ष मैया रोक्काले भनिन् ।

अन्तरजातिय बिबाहकै कारण मारीएको हो :  दलित आयोग
राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले काभ्रेको होक्सेका अजित मिजारले अन्तरजातीय विवाह गरेकै कारण मारिएको देखिएकाले दोषीलाई कारवाही गर्न र पीडितका परिवारलाई उचित क्षतिपूर्ती दिन माग गरे । उनले भने, ‘घटनाको प्रकृति हेर्दा मिजारले आँफैले आत्महत्या गरेको नदेखिएकाले यसको निष्पक्ष छानविन हुनुपर्छ ।’
आफन्तले दिएको जानकारी अनुसार काभ्रे जिल्लाको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित ढकाल मिजारको काभ्रेकै ५२ किलो निवासी कल्पना पराजसलीसँग २५ असारमा प्रेम विाह गरेका थिए । २७ गते घर पुगेलगत्तै धुलिखेल प्रहरीले उनीहरुलाई माइती पक्षको दवावमा जवरजस्ती छुटाएको थियो । छुटाएको दिनदेखि नै माइती पक्षले बारम्बार धम्की दिने र केटीसँग सम्पर्क भए मात्रै पनि धर्तीमा टेक्न नदिने धम्की दिँदै आएको उनको वावुले बताए । २९ असारमा दिउसो घरबाट बाहिर निस्किएका अजितको शव धादिङको गजुरी इलाका प्रहरी कार्यालयले ३० गते विहान सुर्के खोला छेउमा मृत अवस्थामा भेटाएको थियो । सो शवलाई प्रहरीले वेवारिसे भन्दै स्थानीयको रोहवरमा गाडेको थिो । तर, मृतकका आफन्तले शवको पुन ः पोष्टमार्टम्स गर्न माग गरेका थिए । शवलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

– See more at: http://dalitonline.com/archives/13285#sthash.mbhSiWrH.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: