जनक नेपाली
२०७३ साउन ६,जागर मिडिया सेन्टर ।
सल्यान कुपिण्डेदह गाविस ४ ज्यामिरेमा एक दलित महिला माथि बोक्सी भगाउने भन्दै कुटपिट गर्दे दिशा खुवाइएको छ । कुपिण्डेदह गाविस वडा ४ की २० वर्षिया सेती परियारलाई क्रिश्चियन धर्मका पाष्टर डल्लो सुनार (पावल) को नेत्रित्वमा रहेको रुपलाल परियार, बङज्जे थापा, पार्वति बुढाथोकी, विष्णी पुनको टोलीले परियारलाई निरघात कुटपिट गरी सिस्नोपानीले मरणासन्नहुने गरी कुटपिट गरी दिशा समेत खुवाएका हुन । सामान्य विरामी भएकी परियारलाई रोग निको पार्ने भन्दै सुनारको टोलीले चर्चमा पु¥याएर सिस्नो पानीले चुटेको स्थानिय दिपेन्द्र बस्नेतले जानकारी दिए । परियारलाई सैतानले छोएको भन्दै पिडक सुनारले (बोक्सी,भुत) भगाउन सिस्नोले हार्नु पर्छ भन्दै यातना दिएको बस्नेतको भनाई छ । परियारलाई सैतान भगाउने भन्दै जिब्रो समेत बाहिर निकाल्न लगाएर सिस्नेपानीले जिब्रामा हानेको । घटनाको सबै प्रमाण स्थानिय कृष्ण नेपालीले मोवाइलमा रेकर्ड समेत राखेको उनले जानकारी दिए । कुटपिट गरिए लगतै परियारलाई सल्यान श्रीनगरको एक स्थानिय मेडिकलमा सामान्य उपचार गरिएको थियो । यातना र दिशा खुवाएपछि पिडित परियारको मानसिक सन्तुलन विग्रिएको बाबु शीतल परियारले जानकारी बताए । छोरी पेट दुख्यो भनेर चर्चमा गइछ, सुनारले तलाई भुत लागेको छ भनेर सिस्नो पानी र दिशा खुवाए पछि अहिले सम्म छोरी अचेत अवस्थामा रहेको बाबुको भनाइ छ । सुनारले घटना सार्वजनिक गरे परियारलाई झै यातना दिने धम्की दिएको पिडितले बताए । गाउ«“मा क्रिश्चियन धर्मको प्रचार गर्नका लागि पनि गाउ«“का अन्य विरामीलाई समेत चर्चमा लगेर यातना दिने क्रम बढेको स्थानियको आरोप छ । परियारको पछिल्लो समय मानसिक सन्तुलन गुमाएको भन्दै दोषीमाथी कडा कारवाही गर्न स्थानियहरुले माग गरेका छन् । भोली विहीवार मात्र पिडकका विरुद्ध जाहेरी दिने पिडितका बाबु शीतल परियारले बताए । गत जेष्ठ २३ गते घटना घटेको भएपनि पिडित परियारको अवस्था नाजुक बन्दै गएपछि साउन ५ गते बुधबार मात्र घटना सार्वजनिक भएको हो ।
– See more at: http://dalitonline.com/archives/13277#sthash.x49IjurI.dpuf