जागरण मिडिया सेन्टर

Home » अन्य » विभेद गर्ने पुजारीलाई जरिवाना

विभेद गर्ने पुजारीलाई जरिवाना

२०७३ साउन ६,जागर मिडिया सेन्टर ।

1327749c-4846-4a73-a94a-bb4254a813a2

प्युठानको प्रसिद्ध धार्मिक तिर्थस्थल स्वर्गद्धारी मन्दिरमा जातिय विभेद भएको प्युठान जिल्ला अदालतले ठहर गरेको छ । जिल्ला अदालत प्युठानले गत बैशाख ९ गते फैसला सुनाउँदै मन्दिरका पुजारी दण्डपाणी चालिसे जातीय विभेद गरेको ठहर गरेको हो । त्रिपुर नगरपालीका ६ सिस्नेरी निवासी बसन्ता नेपाली सहित श्रीमान भिम नेपाली, छोरी सन्धा र विद्या नेपालीलाई पुजारीले मुल मन्दिर भन्दा पाँच सय मिटर उत्तरको गाईको गोठमा लगेर पुजा गराएका थिए । पुजाका सबै सामाग्री तयार बनाएर बसेका नेपालीको परिवारले आफ्नो नाम थर र गोत्र दलित भनेर भनेर बताएपछि गाईको गोठमा लगेर पुजा गराएका थिए । जातीय विभेद गर्ने दण्डपाणी चालिसेलाई प्युठान जिल्ला अदालतकाले पाँच हजार जरिवानामा गरी छाडेको सह–न्यायधिवक्ता रामप्रसाद पन्थीले जानकारी दिए । मन्दिरका २४ जना मुल पुजारी मध्यका एक पुजारी चालिसेका बिरुद्ध पिडित बसन्ता नेपालीले जिल्ला अदालत प्युठानमा २०७२ भाद्र ९ गते मुद्धा दायर गरेकी थिइन् । नेपालीले जिल्ला अदालतमा जाहेरी दिएसंगै पिडक चालिसे केही महिना फरार रहेका थिए । प्रहरीको सक्रियतामा खोज अनुसन्धान गरेपछि उनि सम्र्पकमा आएका थिए । चालिसेलाई स्वर्गद्धारी आश्रमले कारवाही स्वरुप निलम्बन समेत गरेको छ । कानुनमा कुनैपनि निजि तथा सार्वजनिक स्थानमा जातिय विभेद गरेको पाईएमा २५ हजार जरिवाना वा ३ महिना देखी ३ वर्ष सम्मको कैद हुने कानुनी व्यवस्था रहेको सह न्यायधीवक्ता पन्थीको भनाई छ । कानुनी कारवाहीका लागि प्रष्ट व्यवस्था भएपनि कानुनमै जरिवाना ‘वा कैद भन्ने शब्द उल्लेख भएका कारण पिडक चालिसेलाई कैद फैसला नभएको उल्लेख गरे । प्युठान जिल्ला संगै समग्र राप्तीमै पहिलो पटक जातिय विभेद तथा छुवाछुतको मुद्धा अदालतबाट यसरी फैसला भएको पहिलो घटना भएको सह न्यायधिवक्ता रामप्रसाद पन्थीको भनाई छ । यस्तै राष्ट्रिय दलित आयोगका सदस्य वेगम विश्वकर्माले दाङ ,प्युठानका दलित अधिकारकर्मी मानवअधिकारकर्मी प्रहरी,प्रशासन,संंचार माध्यमको सहयोगले यो मुद्धा जित्न सफल भएको जानकारी दिए । संविधानमा स्पष्ट व्यवस्था भएपनि कानुनमा उल्लेख भएका केही जटिलतका कारण घटनाका दोषी धमाधम उम्कन सफल भएको भनाई छ । बसन्ता नेपालीले छोरी सन्धाको ग्रह शान्ति गर्न भन्दै गत साउन २३ गते स्वर्गद्धारी पुगेका नेपालीको परिवारलाई दलित भन्दै मन्दिरमा पुजागर्नबाट पिडक चालिसेले रोक लगाइए थिए । पुजाका सबै सामाग्री तयार बनाएर बसेका नेपालीको दम्पतिलाई पुजारीले आफ्नो नामथर र गोत्र सोेधेपछी आफुले दलित भन्ने बित्तिकै पुजागर्न नसक्ने चालिसेले बताएका थिए । पुजारीले जात थाहा पाएपछि गाई हेरालुको काम गर्दै आएका एक व्यक्तिलाई भनेर मुल मन्दिर भन्दा झण्डै पाँचसय मिटर टाढा गाईको गोठमा लगेर पुजाआजा गराएका थिए । यसैविच संयुक्त राजनितिक दलित संघर्ष समिति दाङले एक एक विज्ञप्ती जारी गरी स्वर्गद्धारी घटानाको मुद्धामा साथ दिने सबैलाई धन्यावाद ज्ञापन गरेको छ । संयुक्त रानितिक दलित संघर्ष समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले २१ औ शताब्दीमा पनि जातका आधारमा छुवाछुत गर्नेलाई अब दलित समुदायले नछोड्ने उल्लेख गरिएको छ । यस्तै नेपाल दलित संघ दाङ, केन्द्रिय उपाध्यक्ष जोगेन्द्र विक, जातियमुक्ति केन्द्रिय समाजका केन्द्रिय सदस्य देवराज विक, मानबहादुर विक, जिल्ला अध्यक्ष चुर्णपरियार, नेपाल राष्ट्रिय दलितमुक्तिमोर्चा केन्द्रिय सदस्य राजुपरियार, राधिका परियारले जातका आधारमा कसै माथि भेदभाव गर्नु नहुने बताए ।

– See more at: http://dalitonline.com/archives/13280#sthash.LX7iCDdA.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: