जागरण मिडिया सेन्टर

Home » अन्य » पहिरोमा परि १२ जनाको मृत्यु , चार बेपत्ता

पहिरोमा परि १२ जनाको मृत्यु , चार बेपत्ता

२०७३ साउन ११,जागरण मिडिया सेन्टर ।

लगातारको बर्षापछि खसेको पहिरोका कारण विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । मध्यराती खसेको पहिरोमा परी पाल्पाको गोठादी ५ का ताम बहादुर कनोउजे, खगीसरा कनोउजे र यशोदा कनोउजेको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दोभान गाविस – १ झुम्सामा घर पुरिदा १६ वर्षिय अस्मि विकको मृत्यु भएको छ । स्थानीय कुलचन्द्र पुरीका अनुसार मृत्यु हुने विक तिलोत्तममा मावि झुम्साकी कक्षा ९ मा पढ्ने विद्यार्थी हुन् ।  यस्तै, गुल्मीका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोले बगाएर ६ जनाको मृत्यु भएको छ । ५ घर सहित ३ झोलुङ्गे पुल बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक भोला रावलले दिएको जानकारी अनुसार हस्तिचौर गाविस १ मल्दीमा आज विहान गएको पहिरोले भिमबहादुर दर्जीको घर बगाउँदा उनकी ६२ वर्षिया दिदी कालिका, ४९ वर्षिया श्रीमती तुलसी र १९ वर्षिया बुहारी अस्मिता घटनास्थलमै मृत्यु भएको छ । बिशुखर्क ९ पदमपानीमा गएको पहिरोले स्थानीय गोपाल बहादुर रानाको घर बगाउँदा उनका ९ वर्षिय छोरा सुजन र ७ वर्षिया छोरी सिमानाको मृत्यु भएको छ । यस्तै, मकवानपुरको भिमफेदी ५ सोलाभञ्याङमा पहिरो खस्दा एकै परिबारका ३ जनाको मृत्यु भएको छ । पहिरोले २७ बर्षिय तेजबहादुर रुम्बा, उनकी पत्नी पार्बती र ६ बर्षिय छोरा बिकासको मृत्यु भएको प्रहरीले जनाएको छ । थप  एक घर पुरिएको हाम्रा मकवानपुर सहकर्मीले जनाएका छन् ।  यसैबीच, प्युठानको लुङ गाबिसमा पहिरो खस्दा ४ जना बेपत्ता भएका छन् । मध्यराती खसेको पहिरोले २ वटा घर पुरिदा उनीहरु बेपत्ता बनेको प्रहरीले जनाएको छ । बेपत्ता हुनेहरुमा ३० बर्षिया शोभा रिजाल, २५ बर्षिया कालि परियार, २८ बर्षिया पबित्रा पुन र ११ बर्षिय किरण थापा छन् । प्रहरी र स्थानीयबासले बेपत्ताको खोजीको प्रयास गरिरहे पनि लगातार बर्षा भईरहेका कारण समस्या भएको प्रहरीले जनाएको छ । प्युठानको माझकाटमा आज बिहान पहिरो खस्दा ८ घर पुरिएको हाम्रा सहकर्मीले जनाएका छन् ।
http://radiokantipur.ekantipur.com/news/2016-07-26/20160726080003.html

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: