जागरण मिडिया सेन्टर

Home » अन्य » अजित मिजार घट्नाको प्रतिवेदन सार्वजनिक ः आत्महत्या होइन हत्या

अजित मिजार घट्नाको प्रतिवेदन सार्वजनिक ः आत्महत्या होइन हत्या

२०७३ जागरण १२,साउन मिडिया सेन्टर

IMG_7903.JPG

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा न ६ निवासी अजित मिजारको घट्नाका बारेमा स्थलगत निरक्षण टोलीले साउन १२ गते प्रतिवदेन सार्र्वजनिक गरेको छ । घट्ना भएको ठाँउ धादिङ कुम्पुर गाविस वडा ३ परेवाटार र काभ्रेमै गएर त्यहाँका स्थानीय बासी, मृत्यकका आफन्त, प्रहरी प्रशासन, डाक्टर, अभिकारकर्मी र मृत्यकका साथीभाई, आफन्त, केटीका आफन्तहरुसँगको तिन दिन लामो स्थलगत निरक्षण पछि साउन १२ गते काठमाण्डौंमा रिपोटर्स क्लबमा प्रत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । असार २५ गते स्कुलमा सँगै पढ्ने कल्पना पराजुलीसँग सहमतिमा विवाह गरेका अजितलाई २७ गते कल्पनाका माईतीले बालविवाह भयो भनेर काभ्रे प्रहरीमा उजुरी गरेपछि प्रहरीको रोहवरमा उनीहरुको बालविवाह भयो भनेर छुटाइएको थियो । तर त्यसको तिन दिन पछि असार ३० गते विहान धादिङमा अजितको लास डोरीले झुन्डाइएको अवस्थामा फेला परेपछि त्यसको तिनदिनपछि साउन १ गते मात्र मृतकका परिवारले सामाजिक संजालमा फोटो आएपछि थाहा पाएका थिए । यो घटनाले सबैका विविभन्न प्रकारका प्रश्नहरु थिए । तर आज अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गरेपछि सबै कुराहरु बुझ्दा अजितले धादिङमा गएर आत्महत्या नगरी उसलाई कसैले मारेर लगेर झुन्डाइएको कुरा आएको छ । पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले पनि अजितको आत्महत्या नभई हत्या नै भएको दाबी गरेका छन् । अहिले सम्म पनि केटी पक्षका मान्छेहरुलाई प्रहरीले समात्न नसकेको भन्दै उनीहरुले आपति जनाएका छन् । यो घट्नाका दोषिलाई कार्वाही र पिडितलाई न्याय दिनका लागि अन्तिम समय सम्म लागिरहने दलित अधिकार कर्मीहरुले बताएका छन् ।
मिति २०७३ असार ३० गते धादिङ् जिल्लाको कुन्पुर–३, परेवाटार स्थित काठको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नंं ६ का अजित मिजारको मृत्यु आत्महत्या नभई सुनियोजित हत्या भएको दलित नागरिक समाजद्वारा गरिएको स्थलगत अध्ययनले देखाएको छ ।
दलित नागरिक समाजले साउन ६, ७ र ८ गते गरेको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै मिजार हत्याको मुख्य कारण जातीय विभेद र अन्तरजातीय विवाह भएको ठहर गरेको छ । प्रतिवेदनमा झुण्डिएर आत्महत्या गरेको भनिए पनि लासको खुट्टा भुइँमा आधा लत्रिएको, घाँटीमा प्रयोग गरिएकोे डोरी त्रिपालको छेउँको कमजोर भाग भएको, घाँटीमा डोरी राम्रोसँग नकस्सिएको, घटना प्रहरीले चौविसै घण्टा डयुटी गर्ने (पिकेट) स्थान नजिकै भएको र घटना भएको दिन उक्त पिकेटमा डयुटी बसेका प्रहरीको नाम सोध्दा स्पष्टसँग खुलाउन नचाहेकोले घटना अझ रहस्यमय र सुनियोजित भएको जनाएको छ । प्रतिवेदनमा लास गाडिनु अगावै मृतकका आफन्तले प्रहरीलाई लास लिन आउँदै गरेको खबर गरे तापनि लास हतारमा लास गाडिएको, लास गाडिएको गजुरी गाविसका गाविस सचिव र प्रहरीको राय बाझिएको उल्लेख छ । प्रतिवेदनले प्रहरीले बेवारिसे लास भएकाले गाडिएको भनेपनि सम्बन्धित पक्षको जानकरीको लागि यथेष्ठ सूचना प्रवाह नगरेको प्रति चासो व्यक्त गरेको छ ।
काभ्रे पाँचखालका अजित मिजार (१७) र काभ्रेकै ज्याम्दीकी कल्पना पराजुली (१८)बीच २०७३ साल अषाढ २५ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए । विवाह पश्चात् कानुन र संवैधानिक प्रावधान अनुसार विवाह योग्य उमेर नपुगेकाले काभ्र्रे पाँचखालस्थित इलाका प्रहरी कार्यालयलले दुवैलाई अभिभावकको जिम्मा लगाई मिलापत्र गराएको थियो । तर मिलापत्र भइसकेपछि पनि केटा तथा उनका आफन्तहरूलाई केटी पक्षका त्यसमा पनि केटीकी दिदी र कान्छी फुपुले ज्यानै मार्ने सम्मको धाक–धम्कीहरू दिने काम गरेका थिए । आषाढ २९ गते दिउँसो करिब १ बजेतिरबाट सम्पर्कमा नआएका मिजारको राति करिव ८ बजे अत्ताल्लिएको फोन आएको थियो । तर त्यसको चौविस घन्टा नबित्तै ३० गते विहान करिब ६ बजेतिर धादिङ्ग जिल्ला कुम्पुर ३, परेवाटार स्थित ठाँटीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उक्त घटना मृतकका आफन्तले सामाजिक सञ्जालमार्फत् थाहा पाएपछि घटनास्थलमा पुग्दा प्रहरीले लास गाडिसकेको थियो । आफन्तहरुले गाडिएको लास पुन उत्खनन् गरी पुन पोष्टमार्टम गर्नको लागि काठमाण्डौ स्थित टिचिङ हस्पिटलमा ल्याएका थिए । घटनाका विरुद्ध केटी पक्षका व्यक्तिहरू माथि केटा पक्षले ईलाका प्रहरी कार्यालय गजुरीमा किटानी जाहेरी दर्ता गराएपनि हालसम्म कुनै व्यक्तिहरू पक्राउ परेका छैनन् ।
प्रतिवेदनबारे एक विज्ञप्ति जारी गर्दै दलित नागरिक समाजका अगुवाहरुले अजित मिजार घटनाको गहन र निष्पक्ष अनुसन्धानका लागि दलित समुदायको समेत प्रतिनिधित्व हुने गरी तुरुन्त सर्वाधिकार सम्पन्न छानविन समिति गठन गर्न माग गरेको छ । विज्ञप्तिमा नेपाल सरकारले रणनीतिक योजना तथा कार्यक्रम सहित “अन्तरजातीय विवाह” गरेका जोडीहरूको जिउ–धनको सुरक्षाका लागि विशेष अभियान र कार्यक्रम सञ्चालन गर्नुका साथै अन्तरजातीय विवाहको मुद्दामा विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको छ ।
दलित नागरिक समाजको सक्रियता तथा समता फाउण्डेशनको संयोजकत्वमा अधिवक्ता पकाश नेपाल, गोपाल नेपाली (वादी, शिवहरि ज्ञवाली, गीता अर्याल र मैयाँ रोकायासहितको पाँच सदस्यीय स्थलगत अध्ययन टोलिले काभ्रेपलान्चोक जिल्लास्थित केटा पक्ष र केटी पक्षका अभिभावक, धादिङ्ग जिल्ला स्थित घटनास्थललगायतका स्थानमा स्थलगत भ्रमण गरी सरोकारवाला निकाय, स्थानीय बासिन्दासँग मिति २०७३ आषाढ ६, ७ र ८ गते गरिएकोे छलफल तथा स्थलगत अवलोकनका आधारमा प्रतिवेदन तयार गरेको थियो ।
विज्ञप्तिमा अजित मिजार घटना जातीय भेदभाव तथा छुवाछूतबाट अभिप्रेरित भएकाले यसले दलित समुदायको स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार, आत्म–सम्मान, मानवीय मर्यादा, अविभेद, न्याय र समानता जस्ता मानवअधिकारका मुलभूत सिद्वान्त विपरित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा दोषिलाई हदैसम्मको कानुनी कारवाही र पीडितलाई क्षतिपूर्तिका लागि राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगलगायत मानवअधिकारका क्षेत्रमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङघसंस्थाहरूलाई आब्हवान गरिएको छ ।

IMG_20160728_133346

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: