जागरण मिडिया सेन्टर

Home » अन्य » भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्रदान

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार प्रदान

२०७३ जागरण १३,साउन मिडिया सेन्टर

2

दलित मुक्ति आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको नाममा गत वर्ष स्थापित भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार  प्रदान गरिएको छ । यो पुरस्कार स्वर्गीय पदम सिंह विश्वकर्मा, पदम सुन्दास र मोदनाथ प्रश्रतिलाई प्रदान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार काठमाडौमा एक समारोह गरी  भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार  प्रदान गरिएको  हो ।   पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।

को हुन् भगत सर्वजित ?
जागरण अभियानमा पुर्णतः बन्देज लागेको जहाँनिया राणा शासनको त्यस बेलामा पनि स्वदेश र विदेशमा गहन अध्ययन, चिन्तन र मनन गरी सामाजिक एवम् राष्ट्रिय जागरणको अभियानमा निकै ठुलो योगदान पु¥याउनु भएका भगत सर्वजित विश्वकर्माको जन्म बाग्लुङ जिल्लाको मुलपानी गाउँ विकास समिति स्थित गैरा गाउँमा विःस १९५० मा भएको थियो । उनको मृत्यु भारत प्रवासमा रहँदा वि. स २०१२ सालमा भएको हो । सानैदेखी विद्रोही स्वभावका भगत सर्वजित अत्यन्तै अध्ययनशील र तार्किक थिए । स्थानिय जनतावीच रगरगेका नामबाट सुपरिचित सर्वजितले हिन्दु धर्मग्रन्धको अध्ययन पछि आफ्नो नामका अगाडी भगत र नामको पछाडि बृञ्ची लेख्न थालेका थिए । प्राप्त ऐतिहासिक दस्तावेजमा उनको नाम भगत सर्वजित विश्वकर्मा बृञ्ची लेखिएको पाईन्छ ।
 के के गरे भगत सर्वजितले ? 
समाजमा हुने कुनै पनि अन्याय र भेदभावका विरुद्ध जागरुक भइहाल्ने भगत सर्वजितले अतिजातिवादी हिन्दु वर्ण व्यवस्थाको खिलाफमा व्यवस्थित लडाई लड्नका लागि धार्मिक एव्म शास्त्रिय अध्ययन गर्ने र तर्क खोज्ने अठोट बोकेर भारतको बनारस गई हिन्दु धर्मग्रन्धका बेद,उपनिषद, स्मृति आदीको गहन अध्ययन गरेका थिए ।
उनले आफ्नो सक्रियतामा बाग्लुङ जिल्लाको हिलियापानीमा भारतबाट अध्ययन गरी बोर्ड पेन्सनमा फर्केका मास्टर हिक्मतसिंह विश्वकर्माको सहयोग लिई दलितहरुका लागि विद्यालय स्थापना गरे । जुन विद्यालय अहिले श्री विश्वकर्मा उच्च माध्यमिक विद्यालयको रुपमा रहेको छ ।
नेपालमा जातपात र छुवाछुतको उत्पीडनबाट उत्पीडित दलित समुदायलाई मुक्ति दिलाउनका निम्ति वि.स १९९७ सालमा नै विश्व सर्वजन संघ नामक संगठन स्थापना गरी उक्त आन्दोलनलाई संगठित र संस्थागत रुपमा अगाडी बढाउन उनले ऐतिहासिक महत्वको काम गरे ।

भगत सर्वजित स्मृति प्रतिष्ठान गठन
जहाँनिया राणा शासनकालमा जनताले बोल्न, लेख्ने, पढ्ने र कुनै पनि जनजागरणका काममा लाग्ने जस्ता गतिविधि गर्न कडा प्रतिबन्ध थियो । त्यस्तो कठिन परिस्थितिमा पनि शोषित पीडित र दलित जनताको हितको लागि सामाजिक एवम् राष्ट्रिय जागरणको अभियानमा निर्भिकता पुर्वक संघर्षमा उत्रने भगत सर्वजित विश्वकर्माको योगदान साँच्चिकै महान् छ । त्यस अर्थमा उनको विचार, जीवन, दर्शन र योगदानको वारेमा खोज अनुसन्धान गरी सबैमा त्यसबारे जानकारी गराउनु आवश्यक छ । यो काम उत्पीडित समुदाय संग मात्र सम्वन्धित हुन सक्दैन । यस कामलाई कार्यान्वयनमा उतार्नका निम्ति लागि पर्नु नेपाल सरकार, राजनितिकर्मीहरु, सामाजिक न्याय तथा मानव अधिकारको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाका साथै समाज सुधारका हिमायति हामी सबै नेपालीको कर्तब्य हो । विभिन्न रचनात्मक तथा सृजनात्मक क्रियाकलाप मार्फत उनको स्मृतिलाई चिरस्थायी बनाउने, उनले थालनी गरेका अधुरा कामलाई सम्पन्न गर्न पुनः योजनाबद्ध रुपमा अघि बढाउने जस्ता कामको दायित्व यस पुस्ताका लोकतन्त्र र परिवर्तनको पक्षमा पैरवी गर्ने सबै नेपाली जनताको काँधमा आएको छ । यो जिम्मेवारीलाई चुनौतीका रुपमा स्वीकार गर्दै यस कामलाई तदारुकताका साथ अघि बढाउनु पर्ने महसुस गरी भगत सर्वजित विश्वकर्माको स्मृतिमा यो प्रतिष्ठानको स्थापना गरिएको छ ।

– See more at: http://dalitonline.com/archives/13589#sthash.W9D4TJvY.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: