जागरण मिडिया सेन्टर

Home » अन्य » रहस्यमय अजित मृत्यु प्रकरण :घटनाको १६ दिनपछि आयोग घटनास्थलमा

रहस्यमय अजित मृत्यु प्रकरण :घटनाको १६ दिनपछि आयोग घटनास्थलमा

२०७३ जागरण १३,साउन मिडिया सेन्टर

nhrc

अन्तरजातिय विवाहपछि रहस्यमय रुपमा मृत भेटिएका काभ्रेका अजित मिजारको मृत्यु प्रकरणका सम्बन्धमा स्थलगत अनुगमनका लागि राष्ट्रिय मानब अधिकार आयोगको टोली घटनास्थलमा पुगेको छ । घटना भएको १६ दिनपछि मात्र राष्ट्रिय मानव अधिकार आयोगको टोली घटनास्थलमा पुगेको हो । अजितको मृत्यु रहस्यमय तरिकाको भए पनि राष्ट्रिय मानव अधिकार आयोग ढिलो गरी घटनास्थलमा पुगेकोमा स्थानिय आक्रोशित छन् ।

घटना यस्तो थियो…
काभ्रे जिल्लाको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित ढकाल मिजारले काभ्रेकै ५२ किलो निवासी कल्पना पराजुलीसँग २५ असारमा प्रेम विाह गरेका थिए । २७ गते घर पुगेलगत्तै धुलिखेल प्रहरीले उनीहरुलाई माइती पक्षको दवावमा जवरजस्ती छुटाएको थियो । छुटाएको दिनदेखि नै माइती पक्षले बारम्बार धम्की दिने र केटीसँग सम्पर्क भए मात्रै पनि धर्तीमा टेक्न नदिने धम्की दिँदै आएको उनको वावुले बताए । २९ असारमा दिउँसो घरबाट बाहिर निस्किएका अजितको शव धादिङको गजुरी इलाका प्रहरी कार्यालयले ३० गते विहान सुर्के खोला छेउमा मृत अवस्थामा भेटाएको थियो । सो शवलाई प्रहरीले वेवारिसे भन्दै स्थानीयको रोहवरमा गाडेको थियो । तर, मृतकका आफन्तले शवको पुन ः पोष्टमार्टम गर्न माग गरेका थिए । आफन्त र अधिकारकर्मीले पुनः पोष्टमार्टम गर्न दवाव दिएपछि भिसेरा परीक्षण गरिएको छ ।
धादिङको गजुरीमा झुण्डिएको अवस्थामा शव भेटिएपछि प्रहरीले घर परिवार नआउँदै गाडेको, नक्कली पोष्टमार्टम रिपोर्ट बनाएको र छानविनमा तदारुकता नदिएको भन्दै राष्ट्रिय दलित आयोगले प्रहरी प्रशासनमाथि नै शंका गरेको छ ।
राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले शव भेटिएपछि प्रहरीले एक हप्ता सम्म राख्नुपर्ने, मृतकको हुलिया दिएर सुचना निकाल्नुपर्नेमा त्यस्तो केही प्रक्रिया पुरा नगरी सिधैँ शव गाडेका कारण प्रहरी नै शंकाको घेरामा रहेको बताए ।‘हामीले प्रहरीलाई शंका गर्ने धेरै आधार छन्, उसले शव भेटिएपछि कुनै पनि प्रक्रिया पुरा नगरी लास गाडेको छ’ परियारले भने ।

– See more at: http://dalitonline.com/archives/13593#sthash.gyDQqDwT.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: