जागरण मिडिया सेन्टर

Home » अन्य » अजित प्रकरण : मुक्ति समाज नेपालद्धारा न्यायाधिशको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने माग

अजित प्रकरण : मुक्ति समाज नेपालद्धारा न्यायाधिशको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने माग

२०७३ साउन १७,जागरण मिडिया सेन्टर

govardhan1

नेकपा एमाले निकट राजनीतिक भातृ संगठन मुक्ति समाज नेपालले अजित घटनामा प्रहरीहरुमाथि शंका लागेको भन्दै केन्द्रीय स्तरबाट न्यायाधिशको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति गठन गर्नुपर्ने माग गरेको छ ।
मुक्ति समाजले घटनास्थलको अनुगमन गरी अजित मिजारको आत्महत्या नभएको भन्दै न्यायाधिशको नेतृत्वमा उच्चस्तरीय छानवीन समिति गठन गर्नु पर्ने माग गरेको हो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आएको भन्दै घटनाका अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही र पीडीतलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेको मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले बताए । ‘यो घटनाको स्थलगत अनुगमन गर्दा धेरै कुरामा शंका उब्जिएको छ , हामी संगठनात्मक ढंगबाट अगाडि बढ्छौं , ’उनले भने,‘ संघर्षका कार्यक्रम समेत लैजान्छौं । ’

अजित मिजार घटनाको अनुगमन रिपोर्टको पूर्ण पाठ

मुक्ति समाज नेपालद्धारा अजित ढकाल मिजार घट्ना प्रकरणको घटनास्थल अनुगमन :

पृष्ठभूमि  :
१. मिति २०७३ असाढ २५ गतेको दिनमा काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं. ६ का अजित ढकाल मिजार (१८) र काभ्रे जिल्ला ज्याम्दी गाविस वडा नं.८ (५२ किलो) की कल्पना पराजुली (१८) बीच स्थानीय मन्दिरमा अन्तरजातीय प्रेम विवाह गरी चुडापोते सहित सिन्दूर हालेर बेलुका आफ्नो केटाले दिदिको घरमा ल्याएका थिए ।
२. मिति २०७३ असाढ २६ गतेको दिनमा बेलुका दिदिको घरबाट केटाले आफ्नो घरमा भित्तयाएका थिए र सो रात अलग कोठामा बसेका थिए ।
३. मिति २०७३ असाढ २७ गतेका दिन केटी पक्षको उजूरीका आधारमा प्रहरी चोकीमा दुबै पक्षलाई बोलाएर सोधपुछ गर्दा इलाका प्रहरी कार्यालयमा केटाकेटी दुबैले दृढतापूर्वक विवाह गरेको निर्णय सुनाएका थिए । यसरी सोधपुछ गर्दा केटा पक्षका मान्छेहरुलाई बाहिर पठाइएको थियो । सो चौकी प्रमुखले टेलिफोन मार्फत जिल्ला प्रहरीका एसपिलाई जानकारी गराएपछि एसपिको निर्देशन अनुसार विद्यमान ऐनकानून अनुसार विवाह गर्न योग्य उमेर नभएकोले प्रहरीले केटाकेटीलाई आफ्ना आफ्ना अविभावकलाई बुझाई मिलापत्र गराएको थियो । मिलापत्र पश्चात पनि केटीको दिदि र कान्छी फूपुले टेलिफोन मार्फत ज्यान मार्ने धम्की दिएको र केही मोटरसाइकलमा आएका व्यक्तिहरुले केटाको घरमा आई धाकधम्कीका भाषा बोल्ने काम गरेका थिए ।
४. मिति २०७३ असाढ २९ गतेका दिन दिउसो १ः३० बजे अमितले आफूसंग भएको रु.१०० मध्ये रु.५० को रिजार्ज कार्ड किनेर आफ्नो बहिनीलाई दिएर नगद रु. ५० लिएर गएका थिए । उनी दिनभरि सम्पर्कबाट बाहिर थिए । तर एक्कासी सोही दिन बेलुका अन्दाजी ८ बजेतिर आत्तिएर आफ्नी ठूली आमालाई फोन गरेका थिए । तर सो फोन काटियो र अर्कैले गाना सुनाइयो ।
५. मिति २०७३ असाढ ३० गते विहान ६ बजेतिर धादिंङ्ग जिल्ला कम्पुर ३ स्थित परेवाटारमा काठको ठाँटीमा अमित झुण्डिएको अवस्थामा छ भन्ने जानकारी मेची काली अनलाईनबाट प्राप्त भयो । त्यसपछि अमितका आफन्तहरुले सो समाचारका आधारमा घट्नास्थलमा गई सोधखोज गर्दा गजूरीमा कार्यरत आफूलाई काभ्रेवासी भन्दै भूपेन्द्र काफ्ले नाम बताउने प्रहरीले हामीले वेवारिशे लाश झुण्डिएको अवस्थामा फेला पारेको, पोष्टमार्टम गरेर स्थानीय गाविस सचिव तथा अन्य व्यक्तिहरुको रोहबरमा दाहसंस्कार गरी खाल्डोमा गाडिसकेको जानकारी दिए । निज प्रहरीका अनुसार खाल्डो ७ फिट गहिरो छ, पोष्टमार्टम गर्दा शरीर काटेर छियाछिया पारेको हुनाले गन्याएको हुन सक्छ, ननिकाल्नुहोस भनेको तर अमितका आफन्तले हामी लाश निकाल्छौं भनेर जिद्धी गरेपछि ७ फिट गहिरो भनेको खाल्डो एक डेढ फिटमै लाश भेटिएको, शरीरमा सबै लुगा लगाएको, शरीरबाट माटो पखालेर हेर्दा कतै पनि घाउ नभएको देखेपछि अमितका आफन्तले के मा पोष्टमार्टम गरेको भनि सोद्धा जिब्रोमा भन्ने जवाफ आएको । एक्लै व्यक्ति अमितले यो पाल कताबाट ल्याएको होला भनि प्रश्न गर्दा हस्पिटलबाट भन्ने जवाफ दिएको । आफन्तहरुले विना पोष्टमार्टम गाडिएको रहेछ भनेपछि प्रहरी तथा त्यहाँका व्यक्तिहरु भागेर गएका थिए । पछि प्रहरी अंचल कार्यालयमा फोन मार्फत दवाव दिएपछि अंचल कार्यालयबाट धादिंगमा फोन गरेर आवश्यक पर्दा चिताबाट समेत लाश ल्याएर पोष्टमार्टम गर्न सकिन्छ । त्यसैले लाश झिकेर टिचिंगमा ल्याउन दिएको आफन्तहरुको भनाई छ । त्यसअघि किटानी जाहेरी दिदा प्रहरीले शुरुमा लिन नमानेको तर दवाव दिएपछि उक्त निवेदन लेखेर दिदा तोकिएको फर्मेटमा लेख्न लगाएको तर दर्ता गर्न मिल्दैन भन्ने जवाफ दिएको बुझियो । त्यसपछि धादिंङ्ग जिल्लाका दलित अगुवा कुमार वि.क र श्याम मग्रातीले हामी दर्ता गर्छौ भनेपछि उहाँहरु काठमाडौंतिर लागेको अवस्था देखिन्छ ।

घट्नाका विषयमा हाल के भइरहेको छ ?

ड्ड संयुक्त दलित आन्दोलन पश्चात टिचिंग हस्पिटलमा पुनः पोष्टमार्टम भएको । तर प्रतिवेदन आउन बाँकी । प्रारम्भिक रिपोर्ट अनुसार आत्म हत्या नभई हत्या हुन सक्ने भएको ।
ड्ड धार्दिङ्गको पोष्टमार्टम भनिएको रिपोर्टमा झुण्डिएर आत्म गरेको भन्ने भएको हल्ला ।
ड्ड केन्द्रको दवाव पश्चात धादिंङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा धादिंङ्ग जिल्लाका पहरी डिएसपी र अनुसन्धानका डिएसपि रहेको तीन सदस्यीय अनुसन्धान समिति गठन भएको । सो समितिले केटा पक्ष (अमित) को घरमा गई केही सूचना संकलन गरिसकेको ।
ड्ड राष्ट्रिय दलित आयोग तथा राष्ट्रिय मानवअधिकार आयोगले घट्नाको विषयमा गम्भिर ध्यान लिएको अवस्था देखियो ।
ड्ड हालसम्म अनुगमनका काम प्रायाप्त भएका तर अनुसन्धानको काम नभएको ।
ड्ड केन्द्र र जिल्लास्तरमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले दवाव दिइरहेको र दलित नागरिक समाजले प्रतिवेदन लिने गरेको ।

– See more at: http://dalitonline.com/archives/13668#sthash.N36ZYWPn.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: