जागरण मिडिया सेन्टर

Home » अन्य » १२ जना दलितहरुको सामुहिक हत्या भएको १४ वर्ष : परिवार भन्छन्,‘हत्यारालाई कारवाही कहिले हुन्छ ’?

१२ जना दलितहरुको सामुहिक हत्या भएको १४ वर्ष : परिवार भन्छन्,‘हत्यारालाई कारवाही कहिले हुन्छ ’?

जनक नेपाली

२०७३ साउन १७,जागरण मिडिया सेन्टर

2

गोल्टाकुरी ८ कौवाघारी हत्या काण्डको १४ वर्ष पुरा भएको छ । २०५९ साउन १६ गते घरबाट हलोजुवा काट्न भनि जंगल हिडेका स्थानिय दलित युवाहरुलाई राजाकोट टावरको सुरक्षार्थ खटेको तत्कालीन शाही सेनाले सामुहिक रुपमा हत्या गरेको थियो । हत्या भएको लामो समय भैसक्दा पनि हत्यारालाई कारवाही नभएको आफन्तहरुले गुनासो व्यक्त गरेका छन् । सेनाले कौवाघारीका भुपाल नेपाली,रमेश नेपाली,मंगल नेपाली,सोमराज नेपाली,रमेश नेपाली,जोगबहादुर नेपाली,रामलाल नेपाली, रामप्रसाद नेपाली,देवीराम नेपाली,नीपबहादुर नेपाली,रेशम नेपाली, र फुलवारी ५ का खड्कबहादुर विक गरी १२ को युवाको सामुहिक हत्या गरेको थियो । त्यो वर्ष पानी नपर्दा अधिकासं खेत बाझै थिए, हलो फराई लिन भन्दै तीनभाई छोरा सहित १२ जना विहान ७ बजे जंगल तिर छिरे । त्यसको एकछिन पछि जंगलमा एक्कासी परररर गोली चलेको आवाज आयो सबै गाउँले त्रसित भयौ ,जंगलमा के भयो भनेर । आफन्त सबैले आ आफ्ना छोरा खोज्दै जंगल छिर्दे गर्दा जंगलका चौकीदारले सेनाले १२ जना माओवादी आतङ्कारी मरेको भन्दै हर्षबढाई गरी खसी खान खोज्न पठाउँदा परिवारलाई चौकीदारले भेटेर सबैकुरा भनेपछि बल्ल भुपाल सहित तिन भाई छोराहरुको हत्या भएको आमा बिजुलीले थाहा पाएको बताइन् तिनभाईको हत्या भएको खबर सुनेपछी बेहोस भएकी बिजुली नेपाली झण्डै १८ घण्टा पछिमात्र होस् खुल्यो । सारा गाउँनै त्रसित बन्दै गयो । गाउँभर सन्नाटा छायो ,रुवाबासी नै चल्यो तर गाउँको रुवावासी कसैले सुनेन । बरु उल्टै सेनाले आएर मर्लाकी भन्ने गाउँनै छाड्नु पर्ने अवस्था आएको बिजुलीले भनिन् । कान्छो छोरो मंगलले विवाह गरेको तिन महिना मात्र भएको थियो कलिलै उमेरमा विवाह गरेर घरजम जोड्दै गरेको छोरो मरेको पिडा अहिले सम्म पनी उत्त्तिकै छ , विजुलीले सुनाइन । तर छोराहरुको हत्या भएपनि राज्यले हत्यारालाई कारवाही नभएको विजुलीको भनाई छ । नाति नतिनाको पालन पोषण गर्ने र शिक्षादिक्षा कसरी दिने भन्ने मुख्य चिन्ता छ , उनलको । जेठो छोरो भुपालका तीन बहिनी छोरी छन् । कसरी पालन पोषण गर्ने दुखेसो गरिनन् । ‘घरको सम्पती पनि छैन ,काम नगरे खाना पुग्दैन कसरी दिन काटने बिजुलीले पीडा पोखिनन् । ‘कमाई गर्ने छोरालाई सेनाले हत्या गरिदियो ,कसरी ज्यान पाल्नु ’,उनले भनिन् । श्रीमानको हत्या संगै परिवारमा ठुलै बज्रपात परेको रमेशकी श्रीमती लक्ष्मीले बताइन् । अहिलेसम्म श्रीमान र देवर लगायतका गाउँका १२ जनालाई हत्या गर्ने माथि कारवाही नगर्नु राज्यले सिङ्गो शहिदमाथि बेवास्था गर्दे आएको उल्लेख समेत गरिन् । ‘श्रीमान गुमाउनुको पिडा हुँदाहुँदै पनि एक गाँसका लागि संघर्ष गदै आइरहेको छु , राज्यले सहिद परिवारलाई उपेक्षा गरेको छ ,’उनले भनिन् । ’लक्ष्मीको गुनासो रहेको छ ।

– See more at: http://dalitonline.com/archives/13672#sthash.sKMV4eOC.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: