जागरण मिडिया सेन्टर

Home » अन्य » अन्तरजातीय विवाह : दुई वर्षे प्रेमको दुखद अवसान

अन्तरजातीय विवाह : दुई वर्षे प्रेमको दुखद अवसान

लिला बहादुर टमाटा

२०७३ साउन १८,जागरण मिडिया सेन्टर

1

अन्तरजातिय विवाहलाई सहज रुपमा स्वीकार गर्न नसक्ने सामाजिक दवावका कारण धेरै जोडीले आफ्नो प्रेमलाई तिलाञ्जली दिन बाध्य भएका छन । हालै मुगुको एक अन्तरजातिय विवाह गर्न खोजेको जोडीेले पारिवारीक दवावका कारण आफ्नो दुई बर्षदेखीको प्रेम सफल बनाउन सकेन् । मुगु जिल्लाको सदरमुकाम गमगढी देखि २ दिन को पैदल हिडेर पुगिने खत्याड भेगको कोटडाँडाँ गाउँका २० बर्षिय बाँचु ओड र शर्मिला कार्कीले गर्न लागेको अन्तरजातिय विवाह परिवारका कारण असफल भएको हो । बिगत दुइ वर्ष देखि चलेको प्रेम सम्बन्धलाई विबाहरमा परिणत गरी ओड र कार्कीले सुखी जिन्दगी बाच्न चाहन्थे तर समाजमा रहेको जातिय विभेदका कारण उनीहरुको सपना चकनाचुृर भएको छ ।
कोटडाँडाँ गाउँको महादेब मष्टा उ।मा।बि।रातापानीमा कक्षा १० मा अध्ययनरत कार्की र ११ कक्षाको पढाईका लागि तयारी अवस्थामा रहेका ओडले आफुहरु बिच रहदैँ आएको प्रेमलाइ बैवाहिक जिवनमा परिणत गर्ने सहमतिका साथ अन्तरजातिय बिवाह गर्न खोजे । तर आफ्नो प्रेमलाई विवाहमा परिणत गर्नको लागि गाउँमा बसेर साकार हुन नदिने पक्का भएपछि यो जोडीले भारत जाने निधो ग¥र्यो । सोही योजना अनुरुप ओड र कार्की असार १५ गते जङगलको बाटो हुदैँ ५ दिनपछि कैलाली जिल्लाको अत्तरिया पुगे । एकै गाउँका ओड र कार्की बिवाह गर्न भारत हिडेको शर्मिलाका बुबा आमाले जानकारी पाएपछि काठमाण्डौमा बस्दै गरेका छोरा नवराज कार्की र दल ब।कार्कीलाइ खवर गरे ।

उनका परिवारले डुम सँग पोइल जान नदिन उर्दि गरेपछि शर्मिलाका दाईहरुले अत्तरियामा आउने सबै गाडिहरू चेकजाँच गर्दा ओड र कार्कीलाई फेला पारेका थिए । दुबै जनालाइ शर्मिलाका दाइहरूले आफ्नो कब्जामा लिएर बिवाह गर्न हिडेका ओडलाई पिट्ने, धम्क्याउने गरी होटेलमा खाएको खाना लगाएत काठमाण्डौ बाट आउन जान लाग्ने खर्च समेत असुले । असार २१ गतेका दिन शर्मिलाका दाईहरु नबराज र दल बहादुर कार्कीले प्रहरीलाइ आफ्नो बहिनिलाइ भारतमा बेचबिखन गर्न लैजान खोजेको आरोप लगाएर इलाका प्रहरी कार्यालय अत्तरीयाको रोहोबरमा कागज गराए । ओडलाई कम्प्यूटर सिक्नका लागी कैलाली टिकापुर झरेका मामा नाता पर्ने पदम लावडलाइ धम्क्याएर जिम्मा लगाए भने बहिनी आफुहरुको साथमा लगेर फर्किए । केही दिन मामा संगै बसेका ओड मानसिक रुपमा आफुहरुको प्रेम सफल नभएपछि तनाबमा थिए । गाउँ फर्कदा अप्ठ्यारो हुने डरले उन यतै जान्छु भन्ने ठेगानमा थिएनन तर त्यसपछि भारत जानका लागि हिडेका ओड परिवारको सम्पर्कमा छैनन । घरपरिवारको सम्पर्कमा नआएका उनी कहाँ छन भन्ने अभिभावकलाई अत्तोपत्तो छैन । छोरो बेपत्ता भएको चिन्ताले अभिभावकले खोजीदिनका लागि प्रहरीलाई आग्रह गरेका छन् ।

– See more at: http://dalitonline.com/archives/13681#sthash.QrNqAZVd.dpuf

Advertisements

1 Comment

  1. Curso fórmula alpha 3f funciona sim e está no mercado para tirar qual quer prova viva, verdadeiramente se trata de uma técnica capaz de ocupar até mesmo sexo kkkkk brincadeira mas falando severo a vestir essa
    fórmula alpha use com moderação porque não irá presentear conta de tantas mulheres nota
    9. http://Byzblog.com/hattrail7/p/65279curso-formula-alpha-3f-funciona/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: