जागरण मिडिया सेन्टर

Home » अन्य » दलितबस्तीमा बाढीपीडितको बिजोग

दलितबस्तीमा बाढीपीडितको बिजोग

२०७३ साउन १८,जागरण मिडिया सेन्टर

स्थानीय चौधर खोलामा आएको बाढीले विस्थापित बनेका कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की टोलका बाढीपीडित छिमेकीको शरणमा पुगेका छन् ।

गत साउन ७ गते आएको बाढीले स्थानीय आधा दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितमध्ये केही परिवारको घर समेत भत्किएको स्थानीय बाढीपीडित दीपक भुलले बताए।

“चौधर खोलामा आउने बाढीले बस्ती डुबान पर्नुका साथै कटान समेत गर्ने गरेको छ ।” दीपक भुलले भने – “साता दिनभन्दा बढी समय बितिसक्दा पनि कुनै निकायबाट राहत पाइएन ।”स्थानीय ज्ञानज्योति बाल विकास केन्द्रको घरमा भेटिएका सार्कीपार्की टोलका बाढीपीडितले तत्काल राहत उपलब्ध गराउन र खोलाको कटान नियन्त्रण गर्न माग गरेका छन् ।

पीडित बस्तीमा नमुना अभ्यास

चौधर खोलाले विगत सात वर्षदेखि कटान गर्दै आएको सार्कीपार्की टोलमा शनिबार जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा बाढी तथा विपद्का बेला गरिने उद्धार कार्यलाई नमुना अभ्यास गरेर बाढीपीडितलाई देखाइएको छ ।

बाढी तथा विपद्का बेला उद्धारमा गाउँलेले कसरी सुरक्षित रहने तथा सुरक्षा निकायलगायत सरोकारवालाले गर्ने उद्धार तथा पहलका विषयमा नमुना अभ्यास गरिएको हो ।
नमुना अभ्यासका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म, जिल्ला प्रहरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल, जिल्ला जनस्वास्थ्य, रेडक्रसलगायतको टोली चौधर खोला पुगेको थियो ।

नमुना अभ्यास कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी, सिंहसार्दुल गुल्मका गुल्मपति सेनानी सुजन शाक्य, भीमदत्त नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गोहेन्द्र डाँगी र नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीलगायतको सहभागिता रहेको थियो ।

http://esamata.com/2016/news

Advertisements

3 Comments

  1. Sergio says:

    Hi there, the whole thing is going nicely here and ofcourse every one is sharing information, that’s genuinely good, keep
    up writing. http://findingdavid.org/groups/what-zombies-can-teach-you-about-monster-truck-games/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: