जागरण मिडिया सेन्टर

Home » अन्य » दलित मुक्तिका लागि दस्ता

दलित मुक्तिका लागि दस्ता

रामबहादुर सुनार

२०७३ साउन १८,जागरण मिडिया सेन्टर

देशमा लोकतन्त्रिक गणतन्त्र आएको छ । सामन्तवादको नायक मानिने राजा ज्ञानेन्द्रलाई सत्ताबाट हटाउने काम भएको छ । जसले एउटा आशाको सिर्जना गरेको थियो, देशमा परिवर्तन हुनेछ, यहाँका दलित, महिला, लगायत उत्पिडनको शिकार भएका समुदायले मानव भएर बाँच्न पाउने अधिकारको सु–निश्चित हुनेछ तर त्यो आभास गर्न पाएनन् नेपाली समाजका दलितहरुले । त्यसकारण पनी समाज परिवर्तन र दलित मुक्तिको निम्ति आन्दोलन अनिवार्य भएको छ । कृत्रिम र औचित्यहीन जातीय विभेद पूर्णरुपमा उन्मुलन नभएसम्म देशको सम्पूर्ण गतिविधि अवरुद्ध हुनसक्छ । त्यसबाट मुक्त बनाउन प्रथमतः साझा अवधारणा, साझा सहमति जुटाई दलित वर्गलाई अधिकार सम्पन्न बनाउनु पर्दछ । दलितहरुले बाँच्न पाउने अधिकारको सुनिश्चित हुनुपर्छ ।
वर्तमान दलितको अवस्था ः
देशमा  राणाशासन, पञ्चायती शासन र राजतन्त्रको अन्त्य भयो, तर सदियौ देखि शोषण, दमन, अन्याय, अत्याचारको पिडाबाट पीडित दलितहरुको मुक्ति कहिल्यै भएन । फेरी दलितहरु सांसद, मन्त्री भए । त्यसलेपनि दलितहरुको मुक्ति भएन । अन्तिम पटक देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । त्यसवेला तीन जना दलितहरुले वलिदानी दिए, कयौ घाइते, अंगभंग भए त्यही २०६२÷६३ को जन आन्दोलन पछि दलितहरुले झनै धेरै पीडा भोग्न परिरहेको छ ।
२०६३ जेष्ठ २१ गते देशमा पूनस्थापित संसदले देशलाई छुवाछूत मुक्त घोषणा ग¥यो । त्यो घोषणाले पूर्व पश्चिममा समाचार सम्प्रेषण हुन नपाउदै राजधानीकै कल्लीदेवीलाई बोक्सीको निहुँमा कुटीकुटी दिशा खुवाउने काम ग¥यो । फेरी २०६७ चैत्र १९ गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन पास गरियो । सो समाचार प्रवाह हुन नपाउदै कालिकोटमा एक सार्वजनिक होटलमा चुरोट सल्काएको निहुँमा मनवीर सुनारलाई स्थानीय शाही परिवारले कुटीकुटी सामूहिक हमला गरि हत्या गरे  । त्यस वीचमा दैलेखमा अन्र्तजातीय विवाह गरेको निहुँमा केटाका वाउ सेते दमाईलाई खुकुरी प्रहार गरि हत्या गरियो । हुम्लामा गैरदलित केटीलाई माया गरेको निहुमा युवकलाई लखेटीलखेटी भीरबाट खसाली हत्या गरियो । कास्कीमा स्थानीय गुरुङहरुले अन्र्तजातीय विवाह गरेकै निहुँमा हातखुट्टा भाँचीदिए । रौतहटमा ७० वर्षीय दलित महिलामाथि सामूहिक बलत्कार भयो । तनहुँमा पनि माया विश्कर्मामाथी पँधेराको पानी उघाएको निहुमा पँधेरामा नै आक्रमण गरियो । २०७० सालमा सिन्धुपाल्चोकको सिपापोखरे स्थीत राजेश्वरी उ.म.वि. बाट छिमेकी गाविस भोटसिपामा रहेको चण्डेश्वरी उ.मा.वि.मा एस.एल.सी दिनगएका धनबहादुरल रोक्कालाई दलित भन्ने थाहाँपाएपछी दिएको कोठाबाट समेत निकालियो । हालैमात्र काभ्रेका दलित युवा अजित मिजारलाई अन्तरजातीय विवाह गरेको निहूमा रहस्यमहि तरिकाले हत्या गरिएको छ । यी प्रतिनीधि घटनामात्र हुन । यस्ता अनगिन्ती घटनाहरु दलितमाथि घटाईदै आएका छन् ।
वर्तमान सन्दर्भ ः
केही वर्ष अगाडिदेखि दलितहरुले फोर्स अथवा दस्ता बनायर दलितहरुको मुक्तिको लागि अगाडि बढनुपर्छ, राजनीतिक लडाई लडनुपर्छ भनेर समाजिक संजाल र पेपर मिडियाहरुमार्फत बहसको सुरुवात गर्दा कुना कोठरीमा बसेका इन्टेलेक्चुअलहरु यो अराजक काम हो । हामी इन्टेलेक्चुअलहरुले गर्ने काम हैन भनेर अर्ती उपदेश दिदै बस्थे । यसको लागि झिनो समर्थन जुटाउन त परै जावस वहसमा सहभागिहुने मान्छेपाउन गाह्रो थियो । र त्यो बहस त्यही अल्झीयो ।
तर ति इन्टेलेक्चुअलहरु आजपनी वौद्धिकताका शव्द कोरल्न छाडेका छैनन्, भाषण भट्टीईनै रहेका छन् र पनी दलितहरुमाथि हुने विभेद घटेको छैन । वरु पहिले कुटपिट र वहिष्कार मात्र हुन्थ्यो । तर अहिले दलितहरुमाथि निर्मम हत्यानै हुन थालेको छ । त्यसको अन्तीम तथ्य काभ्रेका दलित युवा अजित मिजारलाई अन्तरजातीय विवाह गरेको निहूमा रहस्यमहि तरिकाले हत्या गरिएको छ । यस पछी पूनः समाजिक संजालहरुमा दलितहरुको दस्ता आबश्यक भएको भन्दै आक्रोसका स्वरहरु गुन्जनथालेका छन् । कतीले त तत्काल एक्सन टिम बनाउने भन्दै फेसबुकबाटै जनमत संकलन गर्दै आएका छन् । यो खुशीको कुरा हो । हिजो देखि यसको पक्षमा आवाज उठाउदै आएक ाहामीहरु खुशी नहूने कुरा भएन । यद्यपि यो आवेश उत्यजना र भावनामा डुबेर हुदैन त्यसकालागि निश्चित उदेश्य हुनुपर्छ । भावनामा हराएर बास्तविकतामा डराउन पुगियो भने त्यसको परिणाम के हुन्छ ? ख्याल गर्नुपर्छ । हो आज अजित मिजारको घटनाले यी विषयको उठान गरेको छ । यस्तो किन भईरहेको छ ? यसको ख्याल गर्दै हामी अभियानकर्ताहरु जुटनुको विकल्प छैन् । यसका लागि निश्चित उदेश्य सहितको दस्ता आबश्यक छ । निषेध गर्दा विशेष कुरा श्रृजनाहुन जान्छ । तसर्थ अजित मिजारको घटनाले एउटा बहसको सुरुभएको छ अब एक्सनमा जान जरुरी छ । नत्र यस्ता अजित मिजारहरु थुप्रै मरिरहनेछन ।
जातीय मुक्तिको लागि दलित दस्ता ः
यी सवै घटना घट्नुको कारण दलित आन्दोलन कमजोर हुनु हो । जब दलित आन्दोलन कमजोर हुँदै जान्छ, तव दलितहरुमाथि यस्ता प्रकृतिका घटनाहरु घटी नै रहन्छन् । त्यसकारण दलितहरुले मोर्चावन्दी गर्नु आवश्यक छ र दस्ता बनाएर युद्ध लड्नु आवश्यक छ । विजयको यात्रामा सँधै सहयोग गर्ने दलितहरु फेरि एकपटक आफैले हतियार उठाउनुपर्ने वेला आएको छ । खुकुरी वनाउने हातहरुले बन्दुक बनाउने वेला आएको छ । जिरा पिस्ने हातहरुले बारुद पिस्ने वेला आएको छ भने सहयोगी हातहरु बन्दुक समाउन तयार हुनपर्ने बेला आएको छ । तबमात्र मुक्तिको प्रारम्भ हुनेछ ।
जबसम्म अन्यायको विरुद्धमा मर्न र मार्न तयार हुँदैनौ, तबसम्म दलितहरु मरिनै रहनेछन् । अव दलितहरुले दस्ता तयार गरेर रणनीतिसहित युवा पंक्तिकासाथ शसक्त युवा दस्ता तयार पारेर दलितहरु लड्न आवश्यक छ । यस्तो दस्ता कुनै दलको हुनुहुँदैन नितान्त दलितहरुको हुनुपर्दछ । कुनै पनि आग्रह पूर्वाग्रह नराखिकनै दलितहरुको हितमा दलित माथि हुने हत्या, हिंसा, शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध दलितहरुलाई सुसुचित गर्ने दलितका नीम्ति भएका स्रोत र साधनलाई सही सदुपयोग गराउन परिचालित हुने र स्रोत र सेवा सुविधाहरुको स्थलगत निरिक्षण गर्ने र दलितका नाममा हुने गलत कामको भण्डाफोर गरि त्यस्ता अपराधिहरुलाई कानूनको कठघरामा ल्याई कानूनी उपचार गराउने काम दलित फोर्सले गर्नुपर्दछ । हरेक सचेत नागरिक विचारविहिन हुँदैनन् । त्यसकारण त्यो फोर्सको सदस्यहरु आ–आफ्नो विचारको आधारमा पार्टीगत हिसाबमा परिचालन हुन सक्दछन तर जातिगत लडाँई भने एकजुट भएर लड्नुपर्दछ । यो प्रत्यक्ष हुनुपर्दछ पर्दाभित्रबाट होइन ।
विचारको लडाँइ लड्न भौतिक सक्रियता पनि उत्तिनै अपरिहार्य हुन्छ तसर्थ  भौतिक सक्रियताले विचारको लडाँइ लड्न पनि अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने छ । त्यसकारण पनि सदियौदेखि पछाडि पारिएको यो समूदायले एकपटक हिम्मत गर्नैपर्दछ । हतियार बनाउन जान्नेले चलाउन पनि जानेको हुन्छ भनि देखाउने बेला आएको छ त्यसकारण पनि एकपटक हामी सवैले हिम्मत गरौ, मोर्चावन्दी गरेर मुक्तिको आन्दोलन लडौँ ।
अन्त्यमा,
दलित मुक्ति कुनै दलित वा गैर दलितको मात्र सवालको विषय हैन । यो समग्र राष्ट्रको समस्या हो यसलाई निराकरण गर्न राष्ट्र र राष्ट्रको नेतृत्व गर्ने नेतृत्वहरु जिम्मेवार हुनु पर्दछ । दलित मात्र हैन गैर दलितको भूमिका महत्वपूर्ण हुन्छ । यो धनि गरिव, उच्च निच, दलित गैरदलित सबैको सवाल हो । तसर्थ यो राष्ट्रको समस्या हो । यसलाई समाधान नगरेसम्म न देशले गतिलिन सक्छ, न सान्ती सुव्यस्थानै कायम हुन सक्छ त्यसकारण दलित समस्या समाधान गर्न तँ हैन म भनेर अगाडिबढनु आवश्यक छ । अन्यथा ढीला वा चाडो हतियार बनाउन जान्नेले चलाउन पनि जानेको अवगत गराउँदै कुच्चाले बढारिएन भने सबै दलित र दलितका शुभचिन्तकहरु मिली डोजर लगाउन नै तयार हुनुपर्छ । नत्र समानता, समावेशी, शान्ति तथा गरिबी निवारण र जातिय भेदभाबको नाममा वर्गीय दूरी बढ्दै जाने कुरामा दुई मत छैन र अजित मिजारहरु मारिरहने छन । अन्ततः एक–एक दस्ताको जन्म भई मुलुक नै वर्गीय युद्धमा फस्नेछन् र भविष्यमा दलितका सिर्जनशीलहातहरु हतियार उठाउन र एकअर्काको खोलो बगाउन बाध्य हुनेछन् ।

http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=20434&catId=9

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: